१९ फागुन , एजेन्सी ।
यतिबेला विश्वमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भएको भनाभनबारे चर्चा परिचर्चा छ । यसमा विश्व नै दुई कित्तामा बाँडिएको छ, कोही ट्रम्पको पक्षमा कोही जेलेन्स्कीको पक्षमा आफ्ना तर्क राखिरहेका छन् ।
कसैले ट्रम्पले पाहुनालाई बोलाएर विश्व कुटनीतिकै धज्जी उडाएको बताइरहेका छन् भने, कसैले जेलेन्स्कीको हिम्मत भन्दै प्रशंसा, संगै उनले सबैभन्दा ठूलो कुटनीतिक गल्ती गरेको पनि तर्क गरेका छन् ।
यद्यपि अहिले सिंगो यूरोप उनको साथमा उभिएको छ । यसबीच जेलेन्स्कीले पनि ट्रम्पसंग पुनः वार्ता हुनसक्ने बताएका छन्, र त्यो बन्द कोठामा हुनुपर्ने उनको माग छ । साथै अझै आफू अमेरिकासंग खनिज सम्झौताका लागि पनि तयार रहेको बताएका छन् ।
उता यसै मौका छोपेर रुसले पनि अमेरिकालाई बहुमुल्य खनिजमा अमेरिकासंग सहकार्य गर्न चाहेको बताएको छ । यी सबका बीच, विशेषगरी जारी युद्धकाबीच अहिले एकाएक रेयर अर्थ मिनरल अर्थाथ बहुमूल्य खनिजले विश्वको ध्यान खिँचेको छ ।
जुन विश्वकै सबैभन्दा धेरै चीनमा, यस्तै भारत, रुस, युक्रेन लगायतका देशहरुमा ठूलो परिमाणमा रहेको छ । यी मध्ये युक्रेनको कुरा गरौं । युक्रेन निश्चितरुपमा रूसी हमलामा नराम्रो गरी ध्वस्त भएको छ तर यो देश प्राकृतिक सम्पदाहरु संपन्न देश हो ।
यस मामिलामा बास्तवमै ईश्वरले नै यो सुन्दर देशको पोल्टा खनिजले भरिदिएका छन् । एक रिपोर्टका अनुसार यूक्रेनमा विश्वकै सबैभन्दा मूल्यवान खनिज पदाथहरुको अकूत भंडार छ । यसमा ग्रेफाइट, म्याग्नेसियम, फलाम, बेरिलियम, लिथियम, यूरेनियम र टिट्यानियम रहेका छन् ।
यी यस्ता खनीज पदार्थ हुन जुन अहिलेको समयमा कुनै पनि देशको भाग्य बदल्न सक्छन् । यसमध्ये लिथियम, यूरेनियम र टिट्यानियमका मामिलामा त युक्रेन यूरोपकै राजा हो । युक्रेनको भन्दा धेरै यी तिन खनिजहरु यूरोपका कुनै पनि अन्य देशमा छैनन ।
भिजुवल क्यापिालिस्ट डट कमका अनुसार यी खनिजहरुको कुल मूल्य करीब १५ ट्रिलियन डलर छ । अर्थात छिमेकी देश भारतको उदाहरण लिने हो भने यसको अर्थव्यवस्थाको आकार करीब ३.५ ट्रिलियन डलर छ, अर्थात यूक्रेनको यो भंडार भारतको इकोनमीभन्दा तीन गुना ठूलो छ ।
अमेरिका सहित रूस र विश्वका अन्य देशहरुको नजर यूक्रेनको संपत्तिमा छ । रिपोर्टका अनुसार यूक्रेनसंग कयौं रेयर अर्थ मिनरलको अकूत भंडार छ । यी खनिजहरु लाउड स्पीकर र कम्प्यूटर हार्ड डिस्क जस्ता हाईटेक प्रोडक्ट्स बनाउन प्रयोग गरिन्छ ।
यूक्रेनको जियोलोगिकल सर्भेका अनुसार उसंग करीब १५ ट्रिलियन डलरको मिनरल्स छन् । यो मामिलामा युक्रेन यूरोपको एक सबैभन्दा धनी देश हो । यसमा पनि के मानिन्छ भने, विश्वको ५० सबैभन्दा दुर्लभ खनिजहरुमध्ये २३ वटाको भंडार यूक्रेनमा छ ।
जसमा टिट्यानियमको प्रयोग सैन्य र एयरस्पेस उद्योगका उपकरण बनाउनमा प्रयोग हुन्छ । ग्रेफाइट– ब्याट्री उत्पादनमा प्रयोग हुन्छ । लिथियम– लिथियम आइरन ब्याट्री बनाउनमा यो खनिज सबैभन्दा आवस्यक छ ।
बेरीलियम– रक्षा र टेलीकम्यूनिकेशन उद्योगका लागि निकै महत्वपूर्ण छ । रेयर अर्थ इलेमेन्ट्स– इलेक्ट्रोनिक्स, रिन्यूएबल एनर्जी र डिफेन्स इन्डस्ट्रीका लागि निकै आवस्यक छ । युक्रेनका धर्तीमा लुकेका यी बहुमूल्य खजानाकै लागि नै अमेरिकाले अहिलेसम्म उसलाई सहयोग गरिरहेको कम्तीमा पनि अहिले आएर पुष्टि भएको छ ।
यसैका लागि उसले युक्रेनमा पैसाको खोलो बगाएको थियो । यदी सम्झौता भयो भने यूक्रेनकाका यी खनिज सम्पदाले अमेरिकाको सप्लाई चेनलाई बलियो बनाउने छ । उनको चीनमा निर्भरता कम हुनेछ । किनभने यो समयमा रेयर अर्थका मामिलामा चीन सबैभन्दा ठूलो ग्लोबल खेलाडी बनेर उदाएको छ ।