NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

पर्यटन दूत बने विश्व विजेता बुफोन,अब के काम गर्छन ?

मङ्लबार फाल्गुन २० , २०८१
Reading Time: 1 min read
A A
पर्यटन दूत बने विश्व विजेता बुफोन,अब के काम गर्छन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० फागुन , काठमाण्डौ ।

विश्व फुटबल जगतका लिजेण्ड इटालियन फुटबल स्टार जियानलुइगी बुफोनलाई सन् २०२५ को लागि नेपाल सरकारले पर्यटन दूत नियुक्त गरेको छ । केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रूपमा नेपाल आएका बुफोनलाई सरकारले सन् २०२५ को पर्यटन प्रवद्र्धनको लागि पर्यटन राजदूत नियुक्त गरेको हो ।

केपी ओली कपको फाइनल पछि भएको पुरस्कार वितरण समारोहमा बुफोनलाई पर्यटन राजदूत नियुक्त गरिएको घोषणा गरिएको थियो । सन् २००६ मा इटालीलाई विश्वकप जिताउँदाका गोलरक्षक बुफेनलाई पर्यटन राजदूत घोषणा गर्नुले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजक राष्ट्रिय युवा संघ नेपालले गरेको छ ।

तेस्रो संस्करणको प्रतियोगिताको फाइनलमा आइपुगेका बुफोनलाई हेर्न काठमाडौँको दशरथ रंगशाला भरिभराउ भएको थियो । पत्नीसहित नेपाल आएका बुफोनले नेपाल आएलगत्तै बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

नेपाल सरकारले बुफोनलाई सन् २०२५ का लागि पर्यटन दूत नियुक्त गरेपछि अब उनले नेपाल पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्नेछन्। बुफोनले आफ्नो लोकप्रियता र प्रभावशाली छवि प्रयोग गर्दै नेपाललाई एक उत्कृष्ट पर्यटन गन्तव्य का रूपमा प्रचार गर्नेछन्।

विशेषगरी, उनले युरोप, इटाली र फुटबलप्रेमी मुलुकहरूमा नेपाल भ्रमणको सन्देश फैलाउने काम गर्नेछन्। नेपाल पर्यटन बोर्ड तथा अन्य सरकारी संस्थाहरूले तयार पार्ने प्रचार सामग्री, भिडियो, विज्ञापन र क्याम्पेनहरूमा बुफोनको सहभागिता रहन सक्नेछ ।

सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियाहरूमा नेपाल भ्रमणलाई उनले बढावा दिनेछन् । उनले उनले नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक पर्यटनका विशेषताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा उठान गर्ने छन्।

बुफोनजस्तो विश्व प्रसिद्ध खेलाडीलाई पर्यटन दूत नियुक्त गर्नु नेपालका लागि ठूलो अवसर हो। यो निर्णयले युरोपेली पर्यटक भित्र्याउने, खेल पर्यटनलाई प्रवद्र्धन गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा अझ परिचित गराउने विश्वास गरिएको छ।

सन् २००६ को फिफा विश्वकप विजेता बुफोन इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटालीका लागि कीर्तिमानी १७६ खेल खेलेका छन् । इटालीबाट ८० खेलमा कप्तानीसमेत गरेका उनले ५ वटा विश्वकप खेलेका थिए ।

हाल ४७ वर्ष पुगेका बुफोनले १० पटकका इटालियन सिरी ‘ए’को उपाधि जितेका छन् । सन् २०१८ मा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । व्यावसायिक खेल जीवन भने उनले सन् २०२३ मा सकेका थिए ।

बुफोन विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक हुन् । बुफोन इटालीको टस्क्यानीमा सन् १९७८ को जनवरी २८ मा जन्मिएका थिए । उनको परिवार नै इटालीका खेल क्षेत्रमा थियो । बुबा एड्रआनो भारत्तोलनमा थिए ।

आमा मारिया स्टेला डिस्क थ्रोअर र उनका दुई दिदी भेरोनिका र ग्युअनडालिना इटालियन भलिबल टोलीमा थिए । १३ वर्षको उमेरमा उनले मिडफल्डरका रूपमा पार्माबाट खेलेका थिए । सन् १९९५ सम्म उनी मिडफिल्डरकै रूपमा रहे ।

त्यसपछि उनले आफ्नो भूमिका परिवर्तन गर्दै गोलकिपर बने । पार्माबाट गोलकिपरका रूपमा उनले दुई सयभन्दा बढी खेल खेलेका थिए । पार्माबाट उनले ‘सिरी ए गोलकिपर अफ द इयर’को उपाधि दुईपटक पाए ।

यस्तै, २३ वर्षमुनिका खेलाडीहरूलाई युरोपमा दिइने ‘ब्राभो अवार्ड’ पनि उनले पाएका थिए । युवा संघ नेपालका अनुसार १ लाख डलर अर्थात नेपाली १ करोड ३८ लाखसम्ममा नेपाल आउन उनी राजी भएका हुन् ।

बुफोनलाई नेपाल ल्याउन हवाइ टिकट तथा बस्ने खर्चसहित करिब डेढ करोड रूपैयाँ खर्च हुनेछ । युवा संघ नेपालका सचिव निरोज पौडेलका अनुशार बुफोनले माउन्टेन फ्लाइटमार्फत सगरमाथाको अवलोकन गर्नेछन् भने समय मिलेसम्म लुम्बिनी र पोखराको भ्रमण पनि गराउने तयारी छ ।

Tags: #नेपालको पर्यटन दूत#फुटबलका महान गोलकिपर बुफोन#विश्व फुटबल

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.