‘केही भन्न नहुने हो प्रधानमन्त्रीज्यू,मान्छे कुट्न पाइन्छ ?’

२० फागुन ८१, मंगलबार
Share this
744shares

२० फागुन ,काठमाण्डौ।

Advertisement

केही वर्ष अघिसम्म प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जहाँ जान्थे, उनलाई हेर्ने र सुन्नेहरुको लाम लाग्थ्यो । भारतले लगाएको अघोषित नाकाबन्दीमा ओलीले उठाएको कदम र उनका अभिब्यक्तिले नेपाली आमजनतामाझ पनि उनलाई सबैभन्दा ठूलो राष्ट्रवादी नेताको रुपमा उभ्याएको थियो ।

ओली कही पुग्नै बित्तिकै भीडबाट उनको नाममा हुटिंग हुन्थ्यो । केपी बा आइ लभ यु, केपी ओली वी वान्ट यु जस्ता नारा घन्किन्थे । ओलीका हरेक बोलीलाई भीडले समर्थन जनाउँथ्यो । उनका हरेक उखानटुक्काहरुले समर्थन जनाउँदै तालीको गडगडाहट पाउँथ्यो ।

Advertisement

हरेक उमेरका, विशेषगरी युवाहरुको ओलीको ठूलो फ्यान थिए । सामाजिक संजालमा पनि ओलीका हरेक स्टाटसमा केपी बा आइ लभ यु लेखिएका कमेन्ट नै धेरै आउने गर्दथे । एमालेजनहरुका मात्रै होइन अन्य दलहरुमा आस्था राख्ने युवाहरु पनि ओलीका डाईहार्ट फ्यान थिए ।

तर समयसँगै अहिले उनका लागि आउने युवाका आवाजहरु परिवर्तन हुन् थालेका छन् । पछिल्लो समय चौथो पटक देशको प्रधानमन्त्रीमा आसिन भइयता ओलीले भीडबाट विरोध र आलोचनाको समाना गर्नुपरेको छ । अहिलेको भीडले ओली बा आइ लभ युसँगै केपी बाका नाममा अपशब्द प्रहार गर्छ ।

Advertisement

उनलाई भाषण गर्नै असहज हुनेगरीको विरोधको नारा घन्काउँछ । पहिला तालीको गडगडाहट सुनिने ठाउँमा अहिले सुन्नै नसकिने गाली आउँन थालेको छ । पहिला फुलको गुच्छाले स्वागत खाने ओली अहिले परै देखि कालो पट्टी, कालो झण्डा देख्दा हैरान छन् ।

यस्तै अवस्था हिजोको केपी ओली कपको फाइनल खेलको क्रममा दशरथ रंगशालामा देखियो । केही युवाहरुले ओलीविरुद्ध नारा लगाएपछि उनीहरु रंगशालामा नै एमालेकार्यकर्ताबाट कुटिएका छन् । सार्वजनिक भिडिओमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी लगाएपछि दुई युवा रंगशालाको स्टेडियमै ती युवाविरुद्ध जाइलागे ।

तर ती युवा बारम्बार भनिरहेका छन्, केही बोल्न नहुने हो ? मान्छे कुट्न पाइन्छ । त्याहा प्रहरीले संयमता अपनायो । तत्कालले अवस्थालाई नियन्त्रणमा लिन माइकिङ समेत गर्याे । तर अर्काे समूहले स्टेडियम भित्रै युवाहरुलाई लात्ती र घुस्साले निर्धात कुटपिट गरेको देखिएको थियो ।

जहाँ प्रहरी पनि देखिन्छ तर ती युवाले भने कुटाई खाईरहन्छन् । यसअघि पनि ओलीविरुद्ध दशरथ रङ्गशालामा नै मुर्दावादको नारा लागेको थियो । साफ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग नेपाल पराजित भएपछि आक्रोशित भएका दर्शकले दर्शकका रुपमा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाएका थिए ।

आक्रोशित दर्शकले केपी ओली मुर्दावाद, केपी ओली पनौती लगायतका नारा लगाएका थिए । यस्ता भीडभाड हुने धेरै कार्यक्रममा ओलीले जान पनि कटौती गर्दै आए पनि आफ्नै नामको ओली कपमा विशेष पाहुना बनेका इटालियन स्टार बुफोनसँगै फुटबल हेर्न उनी सपत्नी रंगशाला पुगेका थिए ।

तर त्याहा पनि प्रधानमन्त्रीले आफूविरुद्धको नाराको समाना गर्नुपर्याे । अचेल ओली जाने कार्यक्रममा हुनसक्ने विरोधलाई पहिला नै दबाइन्छ, विरोध गर्ने आशंकामा नै युवाहरु पक्राउ पर्न थालेका छन् ।

गएको १३ फागुनमा काठमाडौंमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसअघि काठमाडौंको टुंडिखेलमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित गौरा पर्वको कार्यक्रममा पनि युवाहरुले दुवै नेताविरुद्ध नारा लगाएका थिए ।

नेपाल डे मनाउने क्रममा पनि ओलीविरुद्ध नारा लगाउने आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । इन्द्र जात्राका अवसरमा ओलीका अघि बालेन शाहको टीसर्ट लगाएको आरोपमा केही युवालाई पक्राउ गरिएको थियो ।

अन्य जिल्लामा गएका बेला कालो झण्डा देखाउनेहरुलाई पनि प्रहरीले पक्राउ गर्ने गरेको छ । स्वदेशमा मात्रै होइन प्रधानमन्त्री ओलीले अमेरिका पुग्दा समेत विरोधको समाना गर्नुपरेको छ । विरोधकै आशंकामा उनको अमेरिकामा रहेका नेपालीहरुसँगको कार्यक्रम नै स्थगित गरिएको थियो ।

प्रधानमन्त्रीमाथिको विरोधको श्रृखंला भने काठमाडौंको टुंडिखेलबाटै सुरु भएको थियो । जहाँ गौरा पर्वमा प्रमुख अतिथि भएर पुगेका ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध भदौ ११ गते हुटिङ भएको थियो ।

त्यो हुटिङमा सहभागि भएको आरोपमा ३ जना युवालाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि ठूलो युवा समूह सरकारको कदमको विपक्षमा उभियो । त्यसको असर प्रधानमन्त्रीले धेरै सार्वजनिक समारोहहरुमा विरोधको स्वर सुन्नु पर्याे ।

पछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँगको सामाजिक संजालको वार र रास्वपा सभापति रवि लामिछाने पक्राउ परेको घटनापछि सामाजिक संजाल र सार्वजनिक समारोहहरुमा ओलीविरुद्ध आउने युवाका स्वरहरु बढेको देखिएको छ ।

बालेनका समर्थकहरुले त ओलीविरुद्ध अनफलो अभियान नै चलाएका थिए । तर एमाले नेताहरु भने यी स्वरहरुलाई प्रधानमन्त्रीविरुद्धको असन्तुष्टिका रुपमा लिन तयार छैनन् । हिजोकै रंगशालाको घटनालाई लिएर पूर्व मन्त्रीसमेत रहेका एमाले नेता महेश बस्नेतले लेखेका छन्, केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा हिजो साँझ दशरथ रंगशाला मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिडेका थिए।

तर खेलअघि रंगशालामा दर्शक प्रवेश अस्तव्यस्त बनेको थियो। खेल सुरू हुनुभन्दा दुई घन्टाअघि नै रंगशाला सिट भरिँदा पास र टिकट भएका कतिपय दर्शक रंगशाला बाहिर रोकिएका थिय।

सोसल मिडियामा नियोजित ढङ्गले नेतृत्वको विरोध गर्ने एउटा पंक्ति सक्रिय रहिरहेको बेला हिजो आयोजित केपी ओली फुटबल कपमा देखिएको दर्शकहरूको आकर्षण र प्रधानमन्त्री केपी ओलीप्रतिको सद्भाव हेर्दा परिचालित समूह बाहेक आम जनसमुदाय नेतृत्वसँग असन्तुष्ट छ भन्ने आधार देखिँदैन। उनले रंगशालामा ओलीको क्रेज देखिएको समेत दाबी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top