प्रदेश राजधानीबारे विराटनगरबासीको चेतावनी : विकल्प खोजे संघर्ष

विराटनगर, असोज १५
प्रदेश नं १को अस्थायी राजधानी विराटनगरबाट सार्ने तयारी भईरहेको भन्दै मोरङ जिल्लाका संघीय र प्रदेश सांसदहरुले ख्बरदारी गरेका छन् ।प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले अस्थायी राजधानी विराटनगरबाट सार्नका लागि भित्री रुपमा तयारी गरेको संकेत सार्वजनिक भएपछि संघीय र प्रदेश सांसदहरुले खबरदारी गरेका हुन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाईमा आयेजना गरिएको छलफल कार्यक्रममा स्थायी राजधानीका लागि आवश्यक पूर्वधार समेत प्रयाप्त रहेको विराटनगरलाई स्थायी राजधानी बनाउन उनीहरुले प्रदेश सरकारकालाई खबरदारी गरेका छन् ।

छलफल कार्यक्रममा पुर्व आपुर्ति मन्त्री एवम् संघीय सांसद शिवकुमार मण्डलले संघीय फलदायी हुनपर्छ,सुरक्षालाई बहाना बनाएर अन्यन्त्र सार्ने कुरा मान्य नहुने बताए ।

Advertisement

उनले भने ‘राजधानीको बिषयमा दलको अल्पमत र बहुमतको गुणन भन्दा विराटनगरको अधिकारको कुरा हो’।संघीय सांसद अमनलाल मोदीले राजधानी निर्णय गर्ने बेलामा फेरी चलखेल हुन सकारात्कम नभएको बताए। सांसद मोदीले भने ‘विभिन्न अलग अलग स्थानमा मन्त्रालय राख्नु संघीयताको मर्म होइन’। राजधानी बिराटनगरको बिकल्प छैन ।

Advertisement

नेपाली काग्रेसका केन्दीय सदस्य डा शेखर कोइरालाले आर्थिक,व्यपारिक ,सामाजिक र सस्कृति पृष्टभूमी बोकेको विराटनगर राजधानीका लागि उपयुतm भएकैले काग्रेस सरकारले बिराटनगरलाई राजधानी घोषण गरेको बताए ।उनले भने‘राजधानीको निर्णयमा काग्रेस एकठिक्का हुने छ मत विभाजन हुने छैन ’।

नेकपाका तर्फबाट प्रदेश सांसद रहेका सावित्राकुमार रेग्मी,कुलप्रसाद साम्बा र योशदा अधिकारीले विराटनगर राजधानी नबनाउने योजना बनाएमा आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताएका थिए ।संघीय समाजबादी फोरमका प्रदेश सांसद जयराम यादवले पनि स्थायी राजधानी बिराटनगरको बिकल्प हुनै नसक्ने बताए ।उनले बिराटनगरको बिकल्प खोजिएको खण्डमा त्यस्तो निर्णयलाई अल्पमतमा पर्ने पक्षमा आफु क्रियाशिल हुने जानकारी दिए ।

नेपाली काग्रेसका संसदीय दल नेता केदार कार्कीले प्रदेश संरचना नयाँ बनाउने होइन, भएका संरचनाहरूलाई नै प्रयोग गरेर विराटनगरको विकल्प सोच्नु हुँदैन । तर केही मन्त्रीज्यूहरू पनि विराटनगरबाट बाहिर लैजान खोज्दै हुनुहुन्छ। ‘स्थायी राजधानी राख्ने बिषयमा बिराटगरको बिकल्पमा काग्रेस उभिने छौन’उनले भने ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्यद्धय डा शेखर कोइराला, अमृत अर्याल, नेकपाका केन्द्रिय सदस्यहरु बिनोद ढकाल,महेश रेग्मी,संघीय समाजबादी फोरमका पार्टी अध्यक्ष राजकुमार यादव,राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष मोहमद कादिर लगायतको सहभागीता रहेको थियो।

केन्दीय नेता तथा जिल्ला तहका नेतालेपनि बिराटनगर सामाजिक र आर्थिक रुपमापनि बिराटनगर छुटै पसिहचान रहेकाले प्रदेश १ को राजधानी सबै कुराले उपयुतm हुनेमा जोड दिए ।उनीहरुले बिराटनगरको बिकल्प खोजिएमा आफुहरु जस्तो सुकै अबरोध पार गर्नपनि तयारी रहेकोमा जोड दिएका थिए ।

प्रदेश नं १ को स्थायी राजधानीको बिषयलाई टुङ्ग्याउन सोमवार नेकपाले संसदीय दलको बैठक समेत राखेको छ ।तत्काललाई नाम नटुगिएको खण्डमा स्थायी राजधानीको बिषय भने टुग्याएर अगाडी बढन नेकपाले संसदीय दलको बैठक आब्हान गरेको हो ।

यसैबीच विराटनगरमा स्थायी राजधानी निर्माणका लायि आवश्यक भौतिक पुर्वाधार प्रयाप्त रहेकाले अनेत्र राजधानी सर्ने बिषय आफुहरुलाई मान्य नहुनेमा विराटनगरका नागरिक समाजका अगुवाहरुपनि एकमत देखिएका छन् ।

उनीहरुलेपनि प्रदेश सरकारका लागि ठूलो धनराशि खर्च गरेर भौतिक संरचना मर्मत गरिएकाले उनीहरुले विराटनगरबाट राजधानी सार्न खोजिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले विराटनगर ऐतिहासिक र पौराणिक महत्व बोकेको सहर भएकाले केन्द्र सरकारले अस्थायी राजधानी तोकेको विराटनगरलाई प्रदेश सरकारले स्थायी राजधानी तोक्नु पर्नेमा जोड दिएका छन् ।उनले विकेन्द्रीकरणका बहानामा प्रदेश सरकारले राजधानी सार्न खोजिरहेको आशंका बढेको बताए ।

हिजो प्रदेश सरकारका संरचनाहरू राख्दा राज्यकोषको ठूलो धनराशी खर्च भएको भन्दै अध्यक्ष घिमिरेले फेरि त्यसको विकल्प खोजे अझ बढी खर्च हुने बताए ।उनले विराट राजाको दरबार क्षेत्र भएको विराटनगरको ऐतिहासिक महत्वलाई सम्बोधन गर्नकै लागि पनि राजधानी बिराटनगरमा राखिनु पर्ने बताए ।

मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले विराटनगर देशको दोस्रो ठूलो सहर भएकाले राजधानी सार्दा विराटनगर र नगरबासीलाई ठूलो अन्याय हुने बताए ।उनले विराटनगरबाट राजधानी सार्ने षड्यन्त्रलाई निरूत्साहित गर्न सडक र सदन दुवैतर्फबाट आन्दोलन गर्ने बताए ।

विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्कीले प्रदेश राजधानीका लागि विराटनगरमा पर्याप्त भौतिक पूर्वाधार भएकाले स्थायी राजधानी बिराटनगरको बिकल्प नखोज्न प्रदेश सरकारलाई आग्रह गरिन् ।उनले राजधानीका लागि महानगरले सम्भव भएसम्म सबै प्रयास गरेको स्मरण गराउदै भविष्यमा पनि जस्तोसुकै सहयोग गर्न महानगर तयार रहेको बताइन् । उनले स्थायी राजधानी विराटनगरबाट सार्न खोजिए हामी सडक संघर्षमा उत्रिने चेतावनी समेत दिइन् ।

उद्योग संगठन र मोरङ ब्यपार संघको अगुवाईमा भएको छलफलमा सामाजिक क्षेत्रका अगुवाईहरुको सहभागी रहेको थियो ।उनीहरुलेपनि बिराटनगरको बिकल्प नखोज्न प्रदेश सरकालाई आग्रह गरेका थिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top