×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

टेलिकममा बसेर ब्रम्हलुट, २० करोड विगो र जरिवाना

२३ फाल्गुन २०८१

२३ फागुन , काठमाण्डौ।

नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो ।

Advertisement
Advertisement

एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएकामा पूर्वअध्यक्षद्वय झा र खनाल बाहेक प्राधिकरणका अरु कर्मचारीहरुले भने सफाइ पाएका छन् । अदालतले दिगम्बर झालाई एक वर्ष एक महिना कैदसजायसहित ५ करोड ८० लाख बिगो र त्यतिनै जरिवाना तोकेको छ ।

यस्तै पुरुषोत्तम खनाललाई पनि एक वर्ष एक महिना जेल जेल सजायसहित ५ करोड ८० लाख बिगो र त्यतिनै जरिवना तोकेको छ । यस्तै कविन्द्रलाल मल्लनमस्ते ग्लोबल, निर्देशक कम्पनी , मोहम्बद नुर अमिन न्यूमेरा मलेसियाका ग्रुप चेयरम्यान कम्पनी , अनुज सिंह न्यूमेरा मलेसियाका सीओओ कम्पनी, जमिल अहमद न्यूमेरा मलेसियाका प्रडक्ट स्पेसलिष्ट कम्पनीलाई दोषी ठहर गरिसकेकाले थप केही भनिरहनु नपर्ने अदालतले फैसला गरेको छ ।

यसबाहेक दातुक मोहम्बद ग्रुप चेयरम्यानलाई एक वर्ष कैद र ५ करोड ८० लाख जरिवाना र विगो तोकिएको छ । यस्तै न्यूमेरा नमस्ते ग्लोभल र ओएसआई जेभी ठेक्का पाउने संयुक्त उपक्रमलाई ५ करोड ८० लाख विगो र जरिवना तोकिएको छ ।

अख्तियारले पुस, २०८० मा भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्कृय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले ठेक्का भएको रकम ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दावी गरे पनि विशेष अदालतले भुक्तानी भएको रकम २३ लाख २० हजार रुपैंयालाई मात्रै भ्रष्टाचार ठहर गरी त्यसै अनुसार विगो कायम गरेको हो ।

अख्तियारले एमडीएमएस उपकरण खरिदमा संलग्न कम्पनीहरु मलेसियाको न्यूमेरा कम्पनी, नमस्ते ग्लोबल सिंगापुर, ओएसआई डिजिटल इण्डिया विरुद्ध पनि मुद्दा दायर गरेको थियो । उक्त कम्पनी बाहेक अरुमाथिको आरोप स्थापित हुन सकेन ।

विशेष अदालतले बरिष्ठ निर्देशक आनन्दराज खनाल , निर्देशक दिपेश आचार्य, निर्देशक सुरेन्द्रलाल हाडा,निर्देशक मिनप्रसाद अर्याललाई सफाइ दिएको छ । यस्तै उपनिर्देशकहरु अच्यूतानन्द मिश्र, रेवतीराम पन्त, सन्दिप अधिकारी , विनोदचन्द्र श्रेष्ठ , सूर्यप्रसाद लामिछानेलाई पनि सफाइ दिएको छ ।

सहायक निर्देशकहरु प्रतिक्षा पौडेल , विजयकुमार राय यादव र निराजन कोइरालालाई पनि सफाइ दिएको छ। लागत अध्ययन नगरी खरिद प्रक्रिया अघि बढेको, अस्वभाविक बढी लागत देखाएको अख्तियारको आरोप थियो ।

अख्तियारको दावी अनुसार, यतिसम्म कि प्राधिकरणले त्यो प्रणाली कहाँ स्थापना गर्ने तय नै नभई ठेक्का प्रक्रिया अघि बढाएको थियो । अख्तियारले गोपनीयताको हक प्रतिकूल हुने गरी विदेशी कम्पनीहरुलाई ‘अपरेशनल’ रुपमा पूर्ण जिम्मेवारी दिएकोमा समेत प्रश्न उठाएको थियो ।

त्यसले तथ्यांकको गोपनियतामा ध्यान नदिएको भन्दै उसले प्रचलित कानून मिचेर प्रणाली खरिद गरेको दावी गरेको थियो । पाँच वर्षको अवधिमा प्राधिकरणले उपकरण तथा सफ्टवेयर खरिद र सञ्चालन खर्च समेत गरेर करिव ३ अर्ब ४९ करोड रुपैंया भुक्तानी गनुपर्ने थियो ।

उक्त रकम लागत अनुमानको तुलनामा करिव २ अर्ब २५ करोड रुपैंयाले बढी हो । तर त्यसको नगन्य रकम मात्रै भुत्तानी भएको थियो । भ्रष्टाचारमुद्दा दायर गर्दा अख्तियारले पाँच वर्ष सञ्चालनको खर्चलाई विगोमा हिसाब नगरी उपकरण खरिद र सफ्टवेयरको ठेक्कालाई मात्रै विगो कायम गरेको थियो ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top