भारत भर्सेस न्युजिल्याण्डः च्याम्पियन्स ट्रफी कसको ?

२४ फागुन ८१, आइतबार

२५ फागुन ,काठमाण्डौ ।

आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि दुबईमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । यस्तै भारत र न्युजिल्याण्ड २५ वर्षपछि कुनै उपाधि भिडन्तका लागि एकअर्काविरुद्ध खेल्दै छन् ।

Advertisement

नैरोबीमा भएको सन् २००० को आइसिसी नकआउट ट्रफीको फाइनलमा न्युजिल्यान्ड विजयी रहेको थियो । यो प्रतियोगितामा न्युजिल्यान्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराएको थियो ।

त्यसमा न्युजिल्यान्डको ब्याट र बल दुवै चम्केको थियो । त्यसैले न्युजिल्यान्डसामु एउटा अर्को अवसर आएको छ भारतलाई हराउने । त्यो पनि उत्साह र आत्मविश्वासपूर्ण प्रदर्शनका कारण । आइसिसीको आधिकारिक प्रतियोगितामा यसअघि दुईपल्ट भारत र न्युजिल्यान्ड फाइनलमा भिडेका छन्

Advertisement

यही प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई ४४ रनले हराइसकेको छ । लिग चरणमा दुवै एउटै समूहमा थिए । त्यसमा भारत न्युजिल्यान्डमाथि हाबी भएको थियो । भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएको थियो ।

पछिल्लो फाइनल सन् २०२१ को टेस्ट च्याम्पियनसिप हो । त्यसमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले सजिलै पराजित गरेको थियो । त्यसैले आज भारतले पनि फाइनल हारको बदला लिन सक्छ । न्युजिल्यान्डले सन् २०१५ र २०१९ को विश्वकप फाइनल खेलेको थियो ।

तर, दुवै अवसरमा पराजित रह्यो । यस्तोमा न्युजिल्यान्डसामु त्यो हारको क्रमलाई पूर्णविराम लगाउने अवसर पनि छ भारत अघिल्लो संस्करणमा पनि फाइनल पुगेको थियो । २०१७ मा भएको पछिल्लो संस्करणको फाइनलमा भारत पाकिस्तानसँग पराजित भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top