×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

उर्जामन्त्रीलाई नराम्रो काम नगर्न गगनको सुझाव

२५ फाल्गुन २०८१

२५ फागुन , काठमाण्डौ ।

तीन दिनको समय दिएर सरकारले सोधेको छैटौँ स्पष्टीकरणको जवाफ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले आज बुझाउने तयारी गरेका छन् । यसअघि नै कार्यसम्पादनमा शून्य नम्बर दिइसकेको सरकारले सम्भवतः आज स्पष्टीकरणको जवाफ पनि चित्त नबुझेको भन्दै कुलमानलाई पदबाट हटाउन सक्ने सम्भावना छ ।

Advertisement
Advertisement

किनभने उर्जामन्त्रीले संसदको रोष्टममै उभिएर कुलमानले सरकारले भनेको नटेरेको, उनका थुप्रै कमजोरीहरु रहेको, सरकारलाई नै काम गर्न अप्ठेरोमा पारेको आरोप लगाइसकेका छन् ।

उनले सरकारले चाह्यो भने कसैलाई नियुक्त गर्न वा कसैलाई बर्खास्त गर्न सक्ने पनि बताएका छन् । त्यसो हुँदा यसपटकको स्पष्टीकरण कुलमानलाई हटाउने अन्तिम प्रक्रिया रहेको बुझ्न सकिन्छ ।

यसबीच माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका प्रतिपक्षी दलहरुले कुलमानलाई हटाए प्रतिवाद गर्ने चेतावनी सरकारलाई दिएका छन् । उता सडकमा पनि सर्वसाधारणहरु कुलमानको पक्षमा निस्कन थालेका छन् ।

यसबीच एकातिर कुलमानको समर्थनमा प्रदर्शन बढ्दै जाँदा र अर्कातिर प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले उनलाई बर्खास्त गर्नै लाग्दा बल्ल सत्तासाझेदार कांग्रेस महामन्त्री गगन थापाले पनि यस विषयमा बोलेका छन् ।

प्रधानमन्त्री ओली र आफ्नै पार्टीबाट ऊर्जामन्त्री बनेका खड्काले पटक–पटक अनावश्यक विवरण माग्ने र स्पष्टीकरण सोध्ने गरेर दुःख दिँदै आए पनि कांग्रेस मौन रहेकोमा शनिबार महामन्त्री गगन थापाले विरोध गरेका हुन् ।

सिन्धुली– १ को पार्टी क्षेत्रीय सम्मेलनलाई बेलघारीमा सम्बोधन गर्दै थापाले सेवानिवृत्त हुन लागेका कुलमानलाई हटाउन भनेर नचाहिने काम गरिरहेका मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्नुपर्ने बताए ।

कुलमान हटाउन भइरहेको गलत कामका कारण सरकारका अन्य राम्रा काम पनि ओझेलमा परेको उनको भनाइ छ । ‘तपाईं कि राम्रो गर्नुस्, राम्रो गर्न सक्नुहुन्न भने कम्तीमा नराम्रो नगर्नुस् ।

५० वटा राम्रो काम गरेको वेलामा एउटा नराम्रो काम भयो भने त्यो नराम्रो कामको हल्लाले सबै राम्रो काम छोपिन्छ,’ उनले भने, ‘हामी अहिले सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयमा । ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ ।

प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण सुनिरहेका छौँ । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ढंग नपुगेको बेढंग हो । तीन–चार महिनामा सेवानिवृत्त हुने । तीन–चार महिनापछि सेवानिवृत्त भइसकेपछि उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने ।’

तर, सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको र किचकिच गरिरहेकोमा उनले असन्तुष्टि पोखे । गलत गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले रोक्नुपर्ने उनको माग छ । नत्र, गलत कामको अपजस प्रधानमन्त्रीले नै लिनुपर्ने महामन्त्री थापाले बताए ।

‘सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको, किचकिच गरिरहेको देखिन्छ । यस्ता कुराहरू ठिक होइन, उपयुक्त हुँदैन । यस्तो नचाहिने काममा कोही पनि मन्त्रीहरू पनि लाग्नुहुँदैन । मन्त्री नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको हो,’ उनले भने, ‘प्रधानमन्त्री भनेको सरकारको, क्याबिनेटको मास्टर हो ।

उसले राम्रो कामको श्रेय पनि पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ । हामीहरू सहयोगी हौँ । यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सेवनिवृत्त हुन लागेका कुलमानको पछाडि लागेर सरकारले गलत गरिरहेको बताएका छन् ।

यसबारे ऊर्जामन्त्री खड्कालाई सुझाव दिँदा पनि सकारात्मक नदेखिएको शर्माको भनाइ छ । मन्त्रीलाई प्रधनमन्त्रीले साथ दिएको देखिएकाले मन्त्रिपरिषद्बाटै यसलाई रोक्नुपर्ने उनले बताएका छन् ।

यसअघि काँग्रेस नेता एवं ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले भने कुलमानलाई हटाउन खोजेर मन्त्री खड्का र सरकारले गल्ती गरेको पटक–पटक बताउँदै आएका थिए । त्यस्तै, इतर समूहका नेता डा. शेखर कोइरालाले पनि कुलमान हटाउन लागेर सरकारले गलत गरेको बताउँदै आएका छन् ।

मन्त्रीस्तरीय निर्णयमा ऊर्जा मन्त्रालयबाट तीनपटक स्पष्टीकरणकै शैलीमा विभिन्न विवरण माग र दुईपटक स्पष्टीकरण सोधे पनि कुलमान हटाउने आधार नभेटेपछि सरकारले गत बुधबार (२१ फागुन) मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट बिहीबार मन्त्रालयले ‘बक्यौता नउठाएको’लगायत चारबुँदे आरोप लगाएर ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो । जबकि कुलमानले वर्षौँसम्म अर्बौँ महसुल नबुझाउने उद्योगमा लाइन काटेर बक्यौता उठाउन खोज्दा सरकारले नै प्रत्यक्ष हस्तक्षेप गरेर रोक्दै आएको छ ।

सरकारी स्वामित्वका संस्थानहरूमा विद्युत् प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने संस्थान बनाएकै वर्ष (०८०÷८१)को कार्यसम्पादन मूल्यांकनमा समेत मन्त्रालयले शून्य अंक दिएर कुलमानप्रति प्रतिशोध साँधेको छ । यही कार्यसम्पादनलाई समेत एउटा आधार बनाएर ‘किन पदबाट नहटाउने’ भन्दै प्रश्न गरेको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top