युगान्डालाई पाखा लगाएको नेपाल दोस्रो जितको खोजीमा

२५ फागुन ८१, सोमबार

२६ फागुन , काठमाण्डौ ।

युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्दैछ । नेपाली समय अनुसार यो खेल दिउँसो ४ः४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई पराजित गरेको थियो । हिजो भएको खेलमा नेपाल एक विकेटले विजयी भएको हो ।

Advertisement

युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा नौ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालकी ओपनर सना प्रविणले सर्वाधिक १७ रन बनाइन् । उनले यही खेलमार्फत सिनियर टोलीमा डेब्यु गरेकी हुन् ।

नेपाली यु–१९ महिला टोलीलाई एसिया कप र आइसिसी यु–१९ विश्वकप खेलाएकी ओपनरलाई यसैपल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको थियो । नामिबियासँग पहिलो खेलमा ६ विकेटले हार्दा उनी बेन्चमा थिइन् । तर, अर्को खेलमै उनले डेब्यु गर्ने अवसर प्राप्त गरेकी हुन् ।

Advertisement

उनी नेपाली महिला टोलीबाट डेब्यु गर्ने ३८औं खेलाडी हुन् । पूजा महतो १६ र रुविना क्षेत्री बेलबासेले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसअघि नेपालकी पूजा महतोले तीन र कप्तान इन्दु बर्माले दुई विकेट लिएका थिए ।

नेपाल युगान्डा वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको थियो । शनिबार भएको पहिलो खेलमा नामिबियासँग नेपाल डकवर्थ लुइस (डिएलएस) मा ६ विकेटले पराजित भएको हो।

नेपालले दिएको ९३ को लक्ष्य पछ्याएको नामिबियाले १४.५ ओभरमा चार विकेट गुमाउँदै ७१ रन बनाएको थियो। तर, वर्षा नरोकिएपछि डिएलएसमा नामिबिया विजयी भएको हो। उता पहिलो खेलमा युगान्डासँग पराजित हङकङले दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

नेपाल र हङकङबीचको पछिल्लो ५ खेलमा ३ मा नेपाल विजयी हुँदा १ खेल हङकङले जितेको छ । जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् ।

लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

नेपाल २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेपनि रनरेटमा पछि रहेकोले हङकङ चौथो स्थानमा छ । नेपाल र हङकङ महिला क्रिकेट टोलीहरूको तुलनामा, हालको प्रदर्शन र उपलब्ध तथ्याङ्कहरूका आधारमा, हङकङको टोली नेपालको भन्दा केही कमजोर देखिन्छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला टी–२० टोलीहरूको वरियतामा हङकङ २२औं स्थानमा छ भने नेपाल २१औं स्थानमा। तथापि, क्रिकेट खेलमा टोलीहरूको प्रदर्शन समयसँगै परिवर्तनशील हुन्छ र कुनै पनि खेलमा नतिजा अप्रत्याशित हुन सक्छ। त्यसैले, दुवै टोलीबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top