×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

ट्रम्पका विरोधी कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री

२६ फाल्गुन २०८१

२६ फागुन,एजेन्सी ।

क्यानडामा अबको नयाँ प्रधानमन्त्री मार्क कार्नी बन्ने भएका छन् । लिबरल पार्टीको नेता चयनका लागि भएको निर्वाचनमा ८५.९ प्रतिशत मत पाएसँगै कार्नीले जस्टिन ट्रुडोको स्थानमा देशको नेतृत्व सम्हाल्ने भएका हुन् ।

Advertisement
Advertisement

कार्नीले दलको नेता तथा प्रधानमन्त्री पदका लागि भएको प्रतिस्पर्धामा पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्ड, करिना गोल्ड र फ्र्यांक बेलिसलाई हराएका हुन् । उनी क्यानडाको इतिहासमा कुनै विधायकी वा क्याबिनेटको अनुभव नभएका वा राजनीतिक पृष्ठभूमि नभएका पहिलो प्रधानमन्त्री बन्नेछन् ।

यसबीच वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएका छन् । उनले आफ्नो आधिकारिक एक्स खातामा पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् । निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले पार्टी र आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए ।

उनले भने, ‘मलाई गलत नसम्झिनुहोस्, पछिल्लो १० वर्षमा हामीले जे गरेका छौँ, त्यसमा हामीलाई गर्व छ । तर, आजको रात एक पार्टी र देशका रूपमा हाम्रो भविष्यको बारेमा छ ।’ उनले समर्थकहरूलाई सक्रिय रहन आग्रह गर्दै पहिलेभन्दा बढी देशलाई आवश्यकता रहेको बताएका छन् ।

लिबरल पार्टीले यो ‘नेसन डिफाइनिङ्ग मुमेन्ट’ को सामना गर्ने पनि उनले विश्वास व्यक्त गरे । लोकतन्त्र र स्वतन्त्रताका लागि निरन्तर प्रयासको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि साहस, बलिदानी, आशा र कडा मिहिनेत गर्नुपर्नेमा जोड दिए ।

मार्क कार्नी अर्थशास्त्री र केन्द्रीय बैंकका पूर्वगभर्नर हुन् । कार्नी २००८ मा बैंक अफ क्यानडाको गभर्नर भएका थिए । क्यानडालाई आर्थिक मन्दीबाट बाहिर निकाल्न चालेको प्रभावकारी कदमका कारण सन् २०१३ मा बैंक अफ इंग्ल्याण्डले उनलाई गभर्नर बनाएको थियो ।

बैंक अफ इंग्ल्याण्डको ३ सय वर्षको इतिहासमा गभर्नरको जिम्मेवारी पाउने उनी पहिलो गैरब्रिटिस नागरिक थिए । उनी सन् २०२० सम्म बैंक अफ इंग्ल्याण्डको गभर्नर बने । कार्नी क्यानडाको लिबरल पार्टीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरोधी मानिन्छन् ।

उनले देशको अहिलेको अवस्थामा जिम्मेवार ट्रम्प भएको आरोप लगाएका छन् । गत मंगलबार एक बहसका क्रममा उनले ट्रम्पको धम्कीभन्दा पहिलेदेखि नै देशको हालत खराब रहेको भन्दै धेरै क्यानडाली जनताले कठिन जीवन बिताइरहेको बताएका छन् ।

उनले आप्रवासीको संख्या बढ्दा देशको अवस्था थप खराब भएको बताएका छन् । कार्नी प्रतिस्पर्धीको तुलनामा पार्टी नेता बन्ने अभियानका बढी सतर्क देखिए । प्रधानमन्त्री पदको उम्मेदवार बनेपछि उनले हालसम्म एउटा पनि अन्तर्वार्तासमेत दिएका छैनन् ।

ट्रम्प विरोधी भए पनि उनले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउनेदेखि कर लगाउने ट्रम्पको अभिव्यक्तिबारे उनले कडा प्रतिक्रिया दिएका छैनन् । गत वर्ष जुलाईमा जस्टिन ट्रुडोको स्थान लिन सक्ने सम्भावित उम्मेदवारबारे गरेको सर्वेक्षणमा सहभागी २ हजारमध्ये १४० जना अर्थात् करिब ७ प्रतिशतले मात्रै मार्क कार्नीको नाम लिएका थिए ।

तर, जनवरीमा ट्रुडोको राजीनामा पछि उनले लिबरल पार्टी नेताको उम्मेदवारका रुपमा आफूलाई उभ्याएपछि केही मन्त्री र सांसदले समर्थन गरेका थिए । पार्टीभित्र बलियो समर्थनसहित नेता चुनिए पनि उनी कति समयसम्म प्रधानमन्त्री पदमा रहन्छन् भन्ने निश्चित छैन ।

किनकि लिबरल पार्टीसँग एकल बहुमत छैन । प्रधानमन्त्री बनेपछि उनले अक्टोबरभित्रै चुनाव गराउनुपर्नेछ । हाल उनी सांसद पनि नभएका कारण छिटो निर्वाचनमा जान बाटो अपनाउन सक्छन् । मार्क कार्नीको जन्म मार्च १६, १९६५ मा क्यानडाको उत्तर–पश्चिममा रहेको फोर्ट स्मिथमा भएको थियो ।

यद्यपि उनको सुरुवाती जीवन अल्बर्टाको एडमन्टनमा बित्यो । त्यसपछि, उनी अमेरिका गएका थिए र हार्बर्ड विश्वविद्यालयबाट अर्थशास्त्र अध्ययन गरे । पछि, उनी बेलायत गए र अक्सफोर्ड विश्वविद्यालयबाट पहिले मास्टर डिग्री तथा १९९५ मा अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरे ।

कार्नी २००८ मा बैंक अफ क्यानडाको गभर्नर नियुक्त भएपछि उनको नेतृत्वलाई छिट्टै विश्वव्यापी रूपमा चिनिन थालियो । २०१० मा टाइम म्यागजिनले उनलाई विश्वका २५ सबैभन्दा प्रभावशाली नेताहरूको सूचीमा समावेश ग¥यो ।

२०११ मा, रिडर्स डाइजेस्ट क्यानडाले उनलाई ‘सबैभन्दा भरपर्दो क्यानाडेली’ को उपाधि प्रदान ग¥यो । २०१२ मा, युरोमनी म्यागजिनले उनलाई ‘सन् २०१२ को उत्कृष्ट केन्द्रीय बैंक गभर्नर’ घोषित ग¥यो । २०१३ मा, कार्नी बैंक अफ इङ्ल्याण्डका गभर्नर बने र संस्थाको ३०० वर्षको इतिहासमा यस पदमा पुग्ने पहिलो गैरब्रिटिश नागरिक बने ।

हालका वर्षहरूमा, मार्क कार्नी संयुक्त राष्ट्रसंघको जलवायु कार्य तथा वित्तसम्बन्धी विशेष दूत र ब्रुकफिल्ड एसेट म्यानेजमेन्टको ट्रान्जिसन इन्भेस्टिङ प्रमुखका रूपमा कार्यरत थिए। तर, उनले यी पदहरूबाट राजीनामा दिएर क्यानडाको लिबरल पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top