म्याराडोनाको निधनका लागि ७ चिकित्सकविरुद्ध मुद्दा

२८ फागुन , एजेन्सी ।

विश्वका महान् फुटबलर अर्जेन्टिनी स्टार डिएगो म्याराडोनाको निधनको मामिलामा उनको मेडिकल टोलीका ७ जना चिकित्सकविरुद्ध मुद्दा चलाइने भएको छ । चिकित्सकहरूको लापर्बाहीका कारण म्याराडोनाको असमायिक निधन भएको दाबीसहित सात जना चिकित्सकविरुद्ध मुद्दा दायर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्जेन्टिनाको ब्युनस आयर्समा आजदेखि यो मुद्दाको कारबाही अघि बढ्ने भएको छ । दोषी ठहरिएमा सात जना प्रतिवादीहरूलाई ८ देखि २५ वर्षसम्मको जेल सजाय हुन सक्ने खबरमा उल्लेख छ । विश्व फुटबलका सर्वकालीन खेलाडीमध्ये एक म्याराडोनाको ६० वर्षको उमेरमा सन् २०२० को नोभेम्बर २५ तारिखमा उपचारका क्रममा निधन भएको थियो ।

Advertisement

म्याराडोनाको मस्तिष्कमा ‘ब्लड क्लट’ अर्थात् रगत जमेकाले चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्ने जनाएका थिए । शल्यक्रियाकै क्रममा हृदयाघात भएपछि उनको निधन भएको चिकित्सकहरूले बताएका थिए । तर अब उनको असामयिक निधनको करिब पाँच वर्षपछि उनको उपचारमा संलग्न चिकित्सकहरुविरुद्ध मुद्या चलाइएको हो ।

अब उपचारमा संलग्न चिकित्सकहरुको लापरबाहीले म्याराडोनाको निधन भएको हो वा होइन भन्ने विष्यामा न्यायलयमा बहस हुनेछ । यस विषय छानविन गर्न विभिन्न समयमा समितिहरु पनि गठन गरिएको थियो ।

Advertisement

त्यसैमध्येको एक छानविन समितिले समयमै सहि उपचार पाएको भए म्याराडोनालाई बचाउन सकिने दाबी गरेको थियो । त्यसैले लामो समयको छलफलपछि म्याराडोनाको उपचारमा संलग्न चिकित्सक र उनको रेखदेखमा संलग्न व्यक्तिहरुविरुद्ध कानूनी कारबाही अगाडि बढाउने निर्णय लिइएको हो ।

म्याराडोनाको उपचारमा संलग्न चिकित्सक, नर्स र सम्बन्धित क्षेत्रका विशेषज्ञ गरी सातजनाविरुद्ध कानूनी कारबाही अघि बढेको हो । परिवारका सदस्यहरुले मस्तिष्कको शल्यक्रियापछि पूर्णरुपमा स्वस्थ हुनुअघि नै म्याराडोनालाई अस्पतालबाट घर पठाइएको आरोप लगाएका छन् ।

घर फर्किएपछि पनि चिकित्सकहरुले उनको राम्ररी उपचार नगरेको आरोप परिवारका सदस्यको छ । शल्यक्रियापछि उनलाई अस्पतालबाट छिट्टै घ पठाइए पनि घरमा डिफिब्रिलेटर र अक्सिन आपूर्तिको राम्रो प्रबन्ध नगरिएको दाबी परिवारका सदस्यको छ ।

यता उनको उपचारमा संलग्न मेडिकल टीमले भने उनको निधन अप्रत्यासित रुपमा भएको दाबी गरेका छन् । यद्यपि यसअघि पनि नशालु पदार्थको अत्याधिक सेवन र अनावस्यक मोटोपनाका कारण उनको स्वास्थ्यमा पटक पटक समस्या देखा पर्ने गरेको थियो ।

डिएगो म्याराडोना फुटबल इतिहासका महानतम खेलाडीहरू मध्ये एक हुन्। उनको असाधारण प्रतिभा, बल नियन्त्रण र खेललाई एक्लैले बदल्न सक्ने क्षमताले उनलाई फुटबलका लेजेन्ड बनायो। अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताउन उनले ऐतिहासिक भूमिका खेले।

इंग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा ‘ह्यान्ड अफ गड’ गोल र ‘गोल अफ द सेन्चुरी’ गर्दै उनले फुटबल इतिहासकै सबैभन्दा चर्चित प्रदर्शन गरे। आफ्नो देशको प्रमुख क्लब बोका जुनियर्स अर्जेन्टिनामा उनी छोटो समयमै स्टार बनेका थिए ।

ला लिगामा उत्कृष्ट प्रदर्शन गरे तापनि बार्सिलोनामा चोट र विवादले उनको समय छोटो रह्यो। उनले दुई पटक सिरी ए (१९८६–८७, १९८९–९०) जिताउँदै नापोली क्लबलाई इतिहासमै पहिलो पटक इटालियन लिग विजेता बनाएका थिए ।

उनी १९८६ विश्वकप गोल्डेन बल विजेता सर्वश्रेष्ठ खेलाडी बनेका थिए । उनी २००० मा फिफा प्लेयर अफ द सेन्चुरी बने । उनी पेलेसँगै संयुक्त रूपमा फुटबल शताब्दीका महान खेलाडी घोषित भए । नापोली क्लबले उनको जर्सी नम्बर १० स्थायी रूपमा रिटायर गरेको थियो ।

कुनै पनि कमजोर टोलीलाई जित दिलाउने अद्वितीय नेतृत्व क्षमता उनमा थियो । ५ फिट ५ इन्च जस्तो होचो कद भए पनि बल नियन्त्रणमा उनी असाधारण थिए। अर्जेन्टिनामा उनलाई भगवानसरह मानिन्छ।

म्याराडोना केवल खेलाडी मात्र होइनन्, फुटबल संस्कृति र इतिहासका अभिन्न पात्र हुन्। उनको योगदान, स्टाइल र मैदानमा देखाएको जादूले उनलाई सधैं फुटबल प्रेमीहरूको हृदयमा जिवन्त राखेको छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top