NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ? बुधबार असार ३२ , २०८२
अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’ बुधबार असार ३२ , २०८२
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ? मङ्लबार असार ३१ , २०८२
सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै मङ्लबार असार ३१ , २०८२
Next
Prev

समाचार

स्वास्थ्य बिमा कार्यक्रमको भुक्तानी कहिले ?

बिहिबार फाल्गुन २९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाण्डौं । स्वास्थ्य बिमा योजनाले नागरिकलाई सहज उपचार सेवा दिने उद्देश्य राखे पनि, सरकारी होस् या निजी अस्पताल, बिमित बिरामीहरूले अनेकौँ कठिनाइ भोगिरहेका छन् ।

उपचारका लागि अस्पताल पुग्दा उनीहरूलाई प्राथमिकता दिइने त परै जाओस्, सामान्य सेवा लिन समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ।

धेरै अस्पतालहरूमा बिमित बिरामीको नाम दर्तादेखि नै समस्या सुरु हुन्छ। अस्पतालको बाहिर टिकट लिन लामो लाइन, भित्र चिकित्सकसँग भेट्न अर्को लाइन, अनि औषधि लिन अर्को लाइन  यस्ता झन्झटले बिरामीहरू थप तनावमा व्यहोर्नु परी रहेको छ ।

Advertisement

निजी क्लिनिकमा पैसा तिरेर गयो भने तुरुन्तै सेवा पाइन्छ, तर बिमाबाट उपचार पाउन निकै सकस व्यहोर्नु पर्छ ।

बिमा योजना अन्तर्गत उपचार गराउनका लागि अस्पतालले तयार पार्ने विल प्रक्रियाले पनि बिरामीलाई हैरान बनाएको छ। कतिपय अस्पतालले बिमित बिरामीलाई अनावश्यक कागजी प्रक्रिया पूरा गर्न बाध्य पार्छन्, जसले गर्दा उनीहरूलाई झन् सास्ती हुन्छ।

नेपाल सरकारले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गर्‍यो ।

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा बोर्डले वर्षौँदेखि भुक्तानी दिन नसक्दा बक्यौता रकम बढेर १७ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा पुगेको छ । एक तर्फ बिरामीले झन्झट पाइ रहेका छन् भने अर्को तर्फ अस्पतालले भुक्तानी नपाउदा झनै समस्या देखिएको छ ।

भुक्तानी दिन नसकेकै कारण चालु आर्थिक वर्षमा सेवा प्रदायक संस्थाले गरेको दाबी रकमको रुजुसमेत हुन सकेको छैन । रुजु भइसकेर बोर्डले तिर्नुपर्ने सेवा प्रदायक संस्थाहरूको गत आर्थिक वर्षको डेढ अर्ब रुपैयाँसमेत पैसा नभएको भन्दै भुक्तानी गरिएको छैन ।

हाल बोर्डको कोषमा ३ अर्ब ७० करोड रुपैयाँ छ । बोर्डको तथ्यांक अनुसार २०७२ मा बोर्ड स्थापना भएदेखि २०७९/८० सम्म प्रिमियमबाट ११ अर्ब ६२ करोड ७७ लाख १० हजार रुपैयाँ सङ्कलन भएको छ । तर यही अवधिसम्म खर्च ४० अर्ब ७ करोड ३६ लाख २३ हजार रुपैयाँ भइसकेको छ ।

बोर्ड प्रत्येक वर्ष घाटामा सञ्चालन भइरहेको छ । बिमामा ४८ निजीसहित ४ सय ८४ वटा स्वास्थ्य संस्था आबद्ध छन् । मुलुकभर ९९ लाख २३ हजार बिमित छन् । बोर्डमा दैनिक २५ देखि ३० हजार बिमितको करिब ३ करोड दाबी आउने गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रमले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवामा पहुँच प्रदान गर्ने उद्देश्य राखेको थियो । कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौतीहरूका कारण जनतामा असन्तुष्टि बढ्न थालेको छ ।

विशेष गरी, सेवा प्रदायक संस्थाहरूले समयमा भुक्तानी नपाउँदा सेवामा अवरोध आउने गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन र जनताको पहुँच वृद्धि गर्नु आवश्यक छ । सेवा प्रदायक संस्थाहरूलाई समयमा भुक्तानी सुनिश्चित गर्न भुक्तानी प्रक्रियालाई सरल र छिटो बनाउनुपर्छ ।

स्वास्थ्य संस्थाहरूको जनशक्ति, भौतिक पूर्वाधार र उपकरणहरूको व्यवस्थापनमा सुधार गरी सेवाको गुणस्तर वृद्धि गर्नुपर्छ । यसले बीमितहरूले गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत पुर्‍याउँछ।

स्वास्थ्य बिमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत सुधार गर्न आवश्यक छ। यसका लागि सम्बन्धित निकायहरूले समन्वय गरी सुधारका कार्य योजना तयार पार्नुपर्छ।

२०७८ को जनगणनाअनुसार हाम्रो देशको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । बिमा कार्यक्रम सुरु भएको ९ वर्षमा जनसङ्ख्याका आधारमा बिमित सङ्ख्या ३४ प्रतिशत मात्र हो ।

पछिल्लो समय बिमा गर्नेहरूको सङ्ख्या खासै छैन । नवीकरण गर्नेको संख्यापनि घट्दो क्रममा छ ।

बिमा कार्यक्रम फेल हुँदै जानुको पछाडि बोर्डमा राजनीतिक हस्तक्षेप, बोर्डसँग बिमा कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरे पनि सेवा प्रदायक संस्थाले पूर्ण रूपमा सेवा नदिनु जस्ता कारण रहेको जानकारहरू बताउँछन् । बोर्डमा हुने अनियमितता, फितलो अनुगमन र बिमासम्बन्धी ऐन नियम कार्यान्वयन नहुनु जस्ता कारणले पनि यस्ता समस्या आएका हुन् ।

झूटो विवरण पेस गरी भुक्तानी दाबी गर्ने परिपाटी समेत पछिल्लो समय मौलाएको छ । गलत प्रतिवेदन पेस गरी बढी भुक्तानी दाबी गर्ने अस्पताललाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

बिमा सुविधा लिएबापत बिमितले उपचार रकमको १० प्रतिशत शुल्क तिरे पुग्छ । सरकारले २०७२ चैत २५ देखि कैलाली जिल्लाबाट सुरु गरेको बिमा कार्यक्रम अहिले ७७ वटा जिल्लामा लागू भइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेपछि स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न प्राथमिकता र कार्य योजना सार्वजनिक गरेका थिए ।

उनले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै यसको दायरा वृद्धि गर्ने योजना अघि सारेका थिए । तर त्यसको कार्यान्वयन भने जनताले महसुस गर्ने गरी भएको देखिँदैन ।

आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरी बिमामा समेट्ने, सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन गर्ने र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गर्ने योजना समेत अलपत्र परेका छन् ।

उल्टै स्वास्थ्य मन्त्रालयमा सचिव पदको नियुक्ति सम्बन्धी विवादमा आएर आलोचित हुन पुगे ।

 

लोकप्रीय

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२

विचार

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२

थप समाचार

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’
अन्तर्राष्ट्रिय

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?
ताजा समाचार

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?
अन्तर्राष्ट्रिय

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.