सुनको मूल्य तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ

१ चैत ८१, शुक्रबार
Share this
771shares

१ चैत्र , काठमाण्डौ।

Advertisement

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार मात्र छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको थियो।

तर, शुक्रबार एकैदिन ४ हजार रुपैयाँ बढेर नयाँ उचाइ कायम गरेको छ। यसअघि, नेपाली बजारमा सुनको सर्वाधिक उच्च मूल्य तोलाको १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। तर, पछिल्लो वृद्धि संगै सो रेकर्ड पनि तोडिएको छ।

Advertisement

बजार विश्लेषकहरूका अनुसार सुनको मूल्यवृद्धिको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा सुनको दर वृद्धि हुनु र डलरको भाउ बलियो हुनु हो। पछिल्लो समय अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर घटाउने अनुमान गरिएको छ, जसका कारण सुनमा लगानीकर्ताको आकर्षण बढेको छ।

साथै, विश्व बजारमा देखिएको आर्थिक अनिश्चितता र भूराजनीतिक तनावले पनि सुनको मूल्य वृद्धि गराएको बताइन्छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा २ हजार रुपैयाँ रहेको चाँदी शुक्रबार ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ पुगेको छ।

Advertisement

चाँदीको मूल्य वृद्धिमा पनि अन्तर्राष्ट्रिय बजारको प्रभाव रहेको बताइन्छ। विशेषज्ञहरूका अनुसार सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको छ, किनभने विश्व बजारमा सुनको माग उच्च छ।

लगानीकर्ताहरू सुनलाई सुरक्षित सम्पत्ति मान्ने भएकाले अनिश्चितताका बेला यसको मूल्य आकासिन्छ। नेपालमा समेत यो प्रवृत्ति देखिएको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव अनुसार नेपाली बजारमा सुनको मूल्यमा थप परिवर्तन आउने आँकलन गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top