×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

कुन बैंकको ब्याज कति ?

३० फाल्गुन २०८१

१ चैत्र ,काठमाण्डौ।

नेपालका विभिन्न वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर समायोजन गरेका छन्। करिब एक दर्जन बैंकहरूले नयाँ व्याजदर सार्वजनिक गरेका छन्, जसअनुसार केही बैंकहरूले ब्याजदर बढाएका छन्, केहीले घटाएका छन् भने केही बैंकले अघिल्लो महिनाको दर नै यथावत् राखेका छन्।

Advertisement
Advertisement

बचत खाताको ब्याजदर अधिकांश बैंकहरूले स्थिर राखेका छन्। केवल एभरेष्ट बैंकले ०.०५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ भने ०.०१ प्रतिशत विन्दुले घटाएको छ। अन्य बैंकहरूको बचत खातामा ब्याजदर यथावत् छ।

हाल बचत खातामा सबैभन्दा कम ब्याजदर ३ प्रतिशत तोकिएको छ भने सर्वाधिक ब्याजदर ३.१० प्रतिशत रहेको छ। व्यक्तिगत मुद्दती खाताको ब्याजदरमा भने विभिन्न बैंकहरूले परिवर्तन गरेका छन्।

आठ बैंकले ब्याजदर समायोजन गरेका छन्, जसमा पाँच बैंकले दर बढाएका छन् भने तीन बैंकले घटाएका छन्। ब्याजदर बढाउने बैंकहरूमा कुमारी बैंक (०.१० प्रतिशत विन्दु), एनएमबी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, र नबिल बैंक (समान ०.२५ प्रतिशत विन्दुले वृद्धि) रहेका छन्।

यसले बचतकर्ता तथा लगानीकर्ताका लागि आकर्षक प्रस्ताव ल्याएको देखिन्छ। तर, तीन बैंकले ब्याजदर घटाएका छन्। ती बैंकहरूमा माछापुच्छ्रे बैंक (०.५० प्रतिशत विन्दुले घटाएको), सानिमा बैंक (०.३० प्रतिशत विन्दुले घटाएको), र नेपाल बैंक (०.२० प्रतिशत विन्दुले घटाएको) रहेका छन्।

यी बैंकहरूले निक्षेप संकलनलाई परिमार्जन गर्दै ब्याजदर घटाएका हुन्। संस्थागत मुद्दती निक्षेपतर्फ सात बैंकहरूले आफ्नो ब्याजदर परिवर्तन गरेका छन्। ब्याजदर बढाउने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक (०.२५ प्रतिशत विन्दुले वृद्धि) र कुमारी बैंक (०.२६ प्रतिशत विन्दुले वृद्धि) रहेका छन्।

त्यस्तै, ब्याजदर घटाउने बैंकहरूमा हिमालयन बैंक (०.२५ प्रतिशत विन्दुले घटाएको), लक्ष्मी सनराइज बैंक (०.५० प्रतिशत विन्दुले घटाएको) र सिटिजन्स बैंक (०.६५ प्रतिशत विन्दुले घटाएको) रहेका छन्।

ब्याजदर समायोजनको पछाडि विभिन्न आर्थिक कारकहरू रहेका छन्। बैंकहरूलाई आफ्नो निक्षेप व्यवस्थापन, कर्जाको माग, र नेपाल राष्ट्र बैंकको नीतिहरूलाई मध्यनजर गर्दै ब्याजदर समायोजन गर्नुपर्ने बाध्यता रहन्छ।

यस महिनामा मुद्दती निक्षेपतर्फ केही बैंकले ब्याजदर बढाउनुले बैंकहरूलाई थप निक्षेप आवश्यक परेको देखिन्छ। त्यस्तै, केही बैंकहरूले दर घटाउनुले उनीहरूलाई हालको निक्षेप स्तर पर्याप्त रहेको देखाउँछ।

बचत खातामा स्थिरता रहनुले बैंकहरूले अल्पकालीन निक्षेप संकलन रणनीति परिवर्तन नगरेको संकेत गर्छ। यस्तै, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दतीमा उतारचढाव देखिनुले बैंकहरूको प्रतिस्पर्धा र वित्तीय नीतिको स्पष्ट झल्को दिन्छ।

बैंकहरूको यो समायोजनले निक्षेपकर्ताहरू र कर्जा लिने ग्राहकहरूलाई प्रत्यक्ष असर पार्नेछ। उच्च ब्याजदरले बचतकर्ताहरूलाई आकर्षित गरे पनि कर्जा लिनेहरूलाई केही असर गर्न सक्छ।

ब्याजदर परिवर्तनको थप प्रभाव आउँदा दिनमा देखिने भएकाले बैंकहरू, लगानीकर्ता, र ग्राहकहरू सबैले नियमित रूपमा बजार परिदृश्य अवलोकन गर्नुपर्ने देखिन्छ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top