NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार बिहिबार अशोज ३० , २०८२
२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ? बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ? बिहिबार अशोज ३० , २०८२
रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ? बिहिबार अशोज ३० , २०८२
जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान बिहिबार अशोज ३० , २०८२
Next
Prev

समाचार

३१ औं प्रहरी प्रमुख को ? ४ दिनपछि बिदा हुँदै आईजी कुँबर

शुक्रबार चैत्र १ , २०८१
Reading Time: 1 min read
A A
नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ चैत्र , काठमाण्डौ ।

यही चैत ४ गतेबाट वर्तमान आइजीपी बसन्त कुँवर अनिवार्य अवकाशमा जाने भएका छन् । नेपाल प्रहरी ३० वर्षे सेवा अवधि नहटेपछि उनी अवकासमा जाने निश्चित भएसँगै नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक (आईजीपी)को दौड सुरु भएको छ।

आईजीपी कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराईले अवकाश पाउनेछन्। आइजीपीमा एक जना एआइजीको नियुक्ति हुनेसाथ ६ वटा दरवन्दी खाली हुनेछ।

अहिलेसम्म आइजीपी को हुन्छ भन्ने निश्चित नभएपनि यसको तयारी भने सुरु भइसकेको छ । नयाँ आइजीपीमा दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मध्ये एक जना हुने निश्चित छ।

थापा, तामाङ र गिरी मध्ये एक जना आइजीपी हुने भएकाले तीनै जना आफू हुनका लागि दौडधुप गरिरहेका छन्। थापा, गिरी र तामाङ २०५२ भदौ १९ गते एकैदिन सेवा प्रवेश गरेका अधिकारीहरू हुन् ।

अहिले थापा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, गिरी प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयको प्रमुख छन् । सत्तारुढ दलबीच नेपाल प्रहरीको प्रमुख र राष्ट्र बैंकको गर्भनरका लागि भागबण्डा भएको चर्चा छ ।

जसअनुसार नेपाल प्रहरीको प्रमुख नेपाली कांग्रेस र गर्भनर एमालेले लिने सहमति भएको दाबी गरिन्छ । अहिले सरकारमा नेपाली कांग्रेससँग गृह र एमालेसँग अर्थ मन्त्रालयको बागडोर छ ।

नेपाल प्रहरीमा हालका तीनै जना प्रतिस्पर्धी एकै ब्याचमा भर्ना भए पनि एआईजी थापा एआईजी पदमा बढुवा हुँदा हालका प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका हुन् । वरियतामा थापा १ नम्बरमा छन् ।

यद्यपि पटक पटक वरियता मिचिएका उदाहरणहरु पनि रहेका छन् । यसैले अहिले पनि केही भन्न सकिने अवस्था रहदैन । प्रतिस्पर्धी एआईजी गिरीको सत्तारुढ नेपाली कांग्रेससँग बलियो सम्बन्ध रहेको बताइन्छ ।

गिरीलाई आईजीपी बनाउनुपर्ने भन्दै कांग्रेसकै प्रभावशाली नेताहरू अहिले लविङमा छन् । अर्का एआईजी तामाङको पनि झापा ससुराली हुनुका साथै अख्तियार प्रमुख प्रेम राईसँग समेत सुमधुर सम्बन्ध भएकाले उनको समेत सम्भावना भएको चर्चा छ ।

आईजीपी बढुवाको सम्पूर्ण अधिकार प्रहरी नियमावलीले नेपाल सरकारलाई दिएको छ । वरीयताक्रम तथा कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमका आधारमा १ जना आईजीपीमा बढुवा हुने व्यवस्था छ ।

आईजीपी पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूमध्येबाट र एआईजीहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था छ ।

अब उनीहरु मध्ये एक जना आइपीपी भएपछि ६ एआइजी पद रिक्त हुनेछ। सो पदका लागि दौडधुप उनीहरुभन्दा बढी दौडधुप शुरु भएको छ। अब हुने ६ एआइजीमध्येबाट ३२ औं र ३३ औं आईजीपी हुने भएपछि उनीहरुसमेत दौडमा रहेका छन् ।

४ चैतमा बस्ने वा त्यो भन्दा अघि बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्नेछ । अन्य दुई भन्दा थापा एकमहिनाअघि नै एआईजीमा बढुवा भएका थिए भने केही दिन यता वालुवाटार स्थित प्रधानमन्त्रीलाई नियमित रुपमा ब्रिफिङ गर्ने काम उनले गर्दै आएका छन्।

सिनियर ब्याचबाट चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा छन्। नेपाल प्रहरीको ऐन संसदबाट पास हुन ढिला भएमा यो ब्याचबाट दुई महिनाका लागि आईजीपी हुने सम्भावना समेत छ।

प्रहरी महानिरीक्षक कुँवर ब्याचका अधिकृतसँगै इन्सपेक्टर भर्नाको परीक्षामा सहभागी भएकोमा नियुक्ति भने ०५२ साल कात्तिक २७ गते दिइएको थियो। कुँवरपछि नियुक्त हुने ३१ औं आईजीपीको कार्यकाल नथपिएमा १९ भदौमा अवकाश पाउनेछन्।

२०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरीमा प्रवेश गरेका कुँवर संगठनको नेतृत्व गर्ने भाग्यमानीमध्येका एक हुन् । तर उनी विभिन्न विवाद बोकेर बाहिरिनु परेको छ । सबैभन्दा बढी उनी राजनीति हस्तक्षेपबाट मुक्त हुने नसकेको विषय हो ।

सहकारी प्रकरणमा तत्कालीन गृहमन्त्रीविरुद्ध कुनै प्रमाण नरहेको सार्वजनिक अभिब्यम्ति दिनु र पछि सरकार परिवर्तन पछि नै तिनै रविलाई पक्राउ गर्नु आईजीपी कुबँर राजनीतिक हस्तक्षेपबाट मुक्त हुन् नसकेको बलियो उदाहरण हो ।

यस्तै मानव तस्करीमा जोडिएका एमाले नेता एवं कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीको गिरफ्तारीमा देखाएको अनुदार व्यवहारका कारण समेत उनले आलोचना खेप्नु परेको छ ।

भीआईपीहरुलाई पक्राउ गर्ने विषयमा भने उनी सबैभन्दा अगाडि देखिएका छन् । वालकृष्ण खाँण गृहमन्त्री रहेकै अवस्थामा डीआईजी बढुवा भएका उनले पूर्व गृहमन्त्रीद्वय लामिछाने र खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल व्यक्तिलाई पक्राउ परेर कानूनी दायरामा ल्याएका छन् ।

आईजीपीमा नियुक्त भएर दज्र्यानी चिह्न लगाएपछि गृह मन्त्रालयमा कुँवरले भनेका थिए, ‘प्रहरीमा सुधारको आवश्यकता छ । दिन गनेर बस्ने छुट छैन ।’समग्रमा, बसन्त कुँवरको प्रहरी नेतृत्व मिश्रित मूल्यांकनसहित टुंगिँदैछ।

राजनीतिक हस्तक्षेपको छायाबाट उम्किन नसकेको आरोप खेपेका उनले भीआईपी पक्राउ लगायतका कदममार्फत आफ्नो सक्रियता देखाए। आईजीपीका रूपमा सुधारको प्रतिबद्धता व्यक्त गरेका कुँवरको कार्यकालले प्रहरी संगठनलाई कति प्रभावशाली रूपमा अघि बढायो भन्ने विषय भने समयले नै मूल्यांकन गर्नेछ।

Tags: #३१ औं प्रहरी प्रमुख#नयाँ प्रहरी प्रमुख

लोकप्रीय

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२

विचार

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२

थप समाचार

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने
खेलकुद

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा
खेलकुद

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?
ताजा समाचार

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ?

बिहिबार अशोज ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.