×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

मजाक बनिरहेको नेपालको संसद्

२ चैत्र २०८१

३ चैत , काठमाण्डौ।

संसदलाई जनताको सर्वोच्च थलो भनिन्छ । जहाँ कानून निर्माण हुन्छ, नीति तय गरिन्छ र जनताको आवाज बुलन्द गरिन्छ। यो सरकारको जन्मदाता मात्र होइन, सल्लाहकार र मार्गनिर्देशक पनि हो। तर संसदको बैठक हेर्दा हामी के देख्छौँ?

Advertisement
Advertisement

सांसदहरू बहसमा भन्दा होहल्ला गर्न, एकअर्कालाई आरोप–प्रत्यारोप गर्न, वेल घेर्ने, सभामुखलाई चिच्याएर रोक्न, मोबाइलमा मस्त हुन, कहिले झप्की मारेर सुत्न, त कहिले आफ्नै दुनो सोझ्याउन व्यस्त देखिन्छन्।

संसद नीति निर्माणको थलो हो, तर यहाँ कतिपय सांसदको भाषण सुन्दा बोल्नु र नबोल्नुमा खासै अन्तर नदेखिने अवस्था छ। धेरै सांसदहरू दलभित्रको आन्तरिक सन्तुलन मिलाउनकै लागि बोल्छन ।

सत्ता फेरिना साथ सांसदहरुको बोली फेरिन्छ । जुन दलको आन्तरिक कलहभन्दा बाहिर केही होइन। केही सीमित सांसदहरू मात्रै प्रभावकारी बहस गर्छन्, राष्ट्रिय मुद्दा उठाउँछन्। बाँकीले संसदलाई आरोपको जुहारी बनाउने, एकअर्कालाई खेदो खन्ने, सतही बहस गर्ने थलो बनाइरहेका छन्।

आज पनि संसदमा यही नाटक दोहोरियो । नेकपा (एमाले)का सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले संसद्मा हुने गरेको भनाभनलाई निरन्तरता दिए । आजको प्रतिनिधिसभा बैठकमा पन्तले राजतन्त्रकालका घटनाका विषयमा धारणा राख्दा शाहीले नियमापत्ति भन्दै समय मागेका थिए ।

तत्कालीन राजा वीरेन्द्र शाहले भारतको कोलकातामा विभिन्न स्त्रीसँग सम्बन्ध राखेको पन्तले उल्लेख गरे । त्यसबारे भारतीय प्रधानमन्त्रीले नेपालको राजाको तरिका ठीक नभएको बताएको उनले सुनाए । त्यसपछि शाहीले बोल्न सभामुख देवराज घिमिरेसँग समय मागे ।

पन्तले आफ्नो समयमा बोल्नुस् भन्ने जवाफ फर्काए । ’म इतिहासबाट साबित गर्न सक्छु । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने मिस्टर माननीय,’ पन्तले भने, ’जुम्लामा हाउ गरेर आएको जस्तो होइन।’ शाहीले पन्तले गलत इतिहास सुनाएको जिकिर गरे । पन्तले आफ्नो बोल्ने समयमा ‘डिटर्ब’ नगर्न आग्रह गरे । शाहीले जे पायो त्यही भन्न मिल्छ ? भन्दै प्रश्न गरे । “मैले बोलेको इतिहास गलत हो भने इतिहासको पुस्तक पढाएर साबित गरौँ,” उनले भने ।

त्यसपछि सभामुख घिमिरेले आफ्नो समयमा बोल्न आग्रह गर्दै पन्तको काटिएको समय थप गरे । थप समयमा पन्तले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाए । उनले सत्तापक्ष पनि सडकमा आउन नपरोस् भन्दै चेतावनी दिए ।

यता राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? भन्दै प्रश्न गरे । रघुजी पन्तले राजतन्त्रकालका हत्याको शृंखला सम्झाएपछि उनले त्यस्तो जवाफ फर्काएका हुन् ।

“यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नुभएको थियो, मदन भण्डारीको हत्या कसले ग¥यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ,” शाहीले भने, “मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? यसको जवाफ यस संसद्लाई चाहिन्छ ।

”उनले दुईतिहाइको सरकार भएका बेला त्यो हत्याको याद आएन ? भन्दै थप प्रश्न गरे । “हत्याको कुरा गर्नुहुन्छ ? राष्ट्रपति तपाईंहरूकै थिए । प्रधानमन्त्री तपाईंहरू नै हुनुहुन्थ्यो । संसद्मा दुईतिहाइ थियो । अनि, मदन भण्डारीको हत्याको याद आएन ?,” उनले प्रश्न गरे ।

काण्ड सम्झाइदिऊँ ? भन्ने पन्तको भनाइमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगायौँ ? भन्दै प्रश्न गरे । उनले थपे “बाँदरमुडे घटना याद छ । निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन ?,” उनले भने, “लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू यही संसद्मा सांसद बनेर हिँडिरहेका छन् ।

यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?”उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति पनि खनिए । “खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो ।

भारतको दिल्लीमा नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम हो ?,” उनले भने । उनले राजासहितको प्रजातन्त्र चाहिने भन्दै खुला बहस गर्न तयार रहेको बताए ।

संसदमा यति जवाफ दिएर पछि चित्त नबुझेपछि शाहीले सामाजिक संजालबाट पनि पन्तलाई कडा ब्यङग प्रहार गरेका छन् । उनले लेखेका छन्, जुम्लाबाट हाहा हो हो गरेर आएको होइन जनताबाट चुनाव जितेर जुम्ली जनताको आशिर्वाद थापेर आएको हो माननीय ज्यू तपाईं जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन।

सांसदहरुको यो चर्काचर्की सुनिरहँदा पक्कै पनि तपाइको मनमा जिब्रोको राग मेट्ने थलो हैन संसद जस्तो लाग्दो हो । र यो विल्कुलै सही हो । वास्तावमा संसद विधिको थलो हो, जिद्दीको होइन । विगतको समीक्षा, भविष्यको कल्पना र गन्तब्यको आँखिझ्याल देखाउने ठाउँ पनि हो । तर हाम्रा संसदमा यस्ता चर्काचर्कीका को शृङ्खला निरन्तर चलिरहेको छ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top