×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

इतिहास कोर्दै एमबाप्पे र हालान्ड

२ चैत्र २०८१

३ चैत , एजेन्सी ।

फुटबलमा केही खेलाडीहरू केवल खेल्न मैदानमा आउँदैनन्, उनीहरू इतिहास कोर्न जन्मिन्छन् । शनिबार राति युरोपियन फुटबलमा दुई सुपरस्टारले नयाँ कीर्तिमान बनाए—केलियन एमबाप्पे र एर्लिङ हालान्ड।

Advertisement
Advertisement

स्पेनमा एमबाप्पेले रियल मड्रिडका महान् खेलाडी रोनाल्डोलाई उछिन्दै क्लबका लागि ऐतिहासिक गोल संख्या पार गरे भने इंग्ल्याण्डमा हालान्डले आफ्नो अद्भुत गोलिङ क्षमताको प्रमाण दिँदै प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोल पूरा गर्ने कीर्तिमान तोडेका छन् ।

स्पेनिस क्लब रियल मड्रिडमा आफ्नो करियरको सुस्त सुरूवातका बावजुद केलियन एमबाप्पेले क्लबका महान् खेलाडीमध्ये एकलाई उछिनिसकेका छन् । शनिबार भिल्लारियलविरुद्ध २–१ को जितमा एमबाप्पेले दुई गोल गर्दै यस सिजन सबै प्रतियोगितामा आफ्नो गोल संख्या ३१ पु¥याए ।

यो सन् २००२–०३ सिजनमा ब्राजिली पूर्व स्ट्राइकर रोनाल्डोले रियलका लागि गरेको गोलभन्दा एक बढी हो । यस जितसँगै रियलले ला लिगामा बार्सिलोनासँग तीन अंकको अग्रता लिएको छ । यद्यपि, बार्सिलोनाले दुई खेल कम खेलेको छ । रियलको २८ खेलबाट ६० अंक छ ।

बार्सिलोनाको भने २६ खेलबाट ५७ अंक छ । एमबाप्पेले सुरुका महिनामा भोगेको ‘स्कोरिङ’ समस्या अब हल भइसकेका छन् । रोनाल्डोको सिजनलाई उछिनेसँगै पेरिस सेन्ट–जर्मेन (पिएसजी) पूर्वखेलाडी एमबाप्पे अब क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमाननजिक पनि छन् । त्यो हो पहिलो सिजनमा (२००९–१०) रियलका लागि गरेका ३३ गोल ।

‘उहाँहरू क्लबका युग बनाउने खेलाडी हुन्,’ एमबाप्पेले दुई जना रोनाल्डोबारे भने, ‘बढी गोल गर्नुको अर्थ म उहाँहरूभन्दा राम्रो छु भन्ने होइन, मात्र मेरो पहिलो सिजन उत्कृष्ट भइरहेको छ । गोल गर्नु महत्त्वपूर्ण छ । तर अझ महत्त्वपूर्ण कुरा हामी ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे जित्न सक्छौं कि सक्दैनौं भन्ने हो।’

एमबाप्पेले ला लिगामा २० गोल पु¥याएका छन्, जुन बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्कीभन्दा एक मात्र कम हो । शनिबार भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गर्दा भिल्लाका लागि जुआन फोयथले गोल गरे ।

खेलमा अग्रता भने भिल्लाले लिएको थियो । खेलको सातौं मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई अग्रता दिए । तर, त्यसको १० मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । २३ औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै रियललाई अघि बढाए ।

ला लिगामा शनिवार अन्य खेलमा रियल मार्लोकाले इस्पानुयोललाई २–१ र सेल्टा भिगोले रियल भालाडोलिडलाई १–० ले हरायो । जिरोना र भ्यालेन्सियाले १–१ तथा लस पालमस र अल्भेसले २–२ को बराबरी खेले ।

यता इङ्लिस प्रिमियर लिगमा शनिबार रातिको खेल म्यानचेस्ट सिटीका फरवार्ड एर्लिङ हालान्डका लागि विशेष बनेको छ । प्रिमियर लिगअन्तर्गत गएराति ब्राइटनसँग २–२ को बराबरी गर्दा हालान्डले कीर्तिमान बनाउने अवसर पाएका हुन् ।

खेलको ११औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हालान्ड प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । योसँगै उनले एलन शियररको कीर्तिमान तोडेका छन् । हालान्डले आफ्नो ९४औँ खेलमा ८४ गोल र १६ असिस्ट गर्दै प्रिमियर लिगका लागि सय गोलको योगदान गरेका हुन् ।

एलनले भने यसअघि १०० खेलमा यस्तो कीर्तिमान बनाएका थिए । हालान्डभन्दा अघि ह्यारी केन छन् । केनले ८७ गोल र १३ असिस्ट दिँदै प्रिमियर लिगमा १०० गोल गरेका थिए । सन् २०२२ मा बोरुसिया डर्टमुन्डबाट सिटी पुगेका हालान्डले तेस्रो सिजनमै यो कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।

सर्जियो अगुएरो, थिएरी हेनरी, मिजी फ्लोयड ह्यासलबेंक, लेस फर्डियान्ड र म्याट टिस्सीयरले आफ्नो चौथो सिजनमा यो उपलब्धि हात पारेका थिए ।हालान्डले सन् २०२२÷२३ को सिजनमा ३५ खेलमा ३६ गोल र ८ असिस्ट दिँदै ४४ गोल गरेका थिए ।

सन् २०२३÷२४ मा ३१ खेलमा २७ गोल र ५ असिस्ट प्रदान गर्दै ३२ गोल गरेका थिए । जारी सिजन (२०२४÷२५) को २८ खेलमा उनले २१ गोल र ३ असिस्ट गरी २४ गोलको योगदान गरेका छन् । यस्तै गएराति भएका अन्य खेलहरुमा नटिङ्घम फरेस्टले इपस्विच टाउनलाई ४–२ गोलले हरायो ।

अर्को खेलमा ब्रेन्टफोर्डले बर्नमाउथलाई र उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले पराजित ग¥यो । एभर्टन र वेस्टह्यामले एक÷एक गोलको बराबरी खेले । जीतसँगै नटिङ्घम फरेस्टले दोस्रो स्थानको आर्सनलसँगको अङ्क दूरी एकमा झारेको छ ।

खेल खेलेको आर्सनलको ५५ अङ्क छ । एक खेल बढी खेलेको नटिङ्घमको ५४ अङ्क भएको छ । तर सिटी २९ खेलमा ४८ अङ्कसहित पाँचौं स्थानमा छ । प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ७० अङ्कसहित शीर्ष स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top