×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

प्रचण्डको परिवारविरुद्ध बोल्नै नहुने, साइबर ब्युरोमा उजुरी

२ चैत्र २०८१

३ चैत , काठमाण्डौ ।

प्रधानमन्त्री र संघीय सरकारलाई नै सिधा चुनौती दिने बालेन्द्र शाह, हर्क साम्पाङ, रवि लामिछाने नेपाली गणतन्त्रका फूलहरु हुन् । यी फूलहरुले देशमा स्वतन्त्रपूर्वक फुल्न पाउनु पर्छ र सुवास छर्न पाउनु पर्छ भन्ने आशयसहितको अभिव्यक्ति पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्त गर्दै आएका छन् ।

Advertisement
Advertisement

तर अहिलेको सरकार विशेषगरी केपी शर्मा ओलीले यस्ता फूलहरुलाई निमोठ्न प्रयास गरिरहेको आशयसहितको आरोप उनको छ । ओली नेतृत्वको सरकारले जनताको अभिब्यक्तिको अधिकार खोस्नेदेखि चरम निराशा बढाएकाले अहिले देशमा व्यवस्था उल्ट्याउने प्रयास बढेको आरोप पनि प्रचण्डले लगाएका छन् ।

तर ओलीमाथि यस्ता आरोप लगाइरहँदा उनी स्वयंपनि सोही बाटोमा हिडेको देखिएका छन् । एकातिर प्रचण्डको अभिब्यक्तिको विरोध गर्दै उनको तस्बिर जलाएकै आरोपमा एक स्थानीय नेता पक्राउ परेका छन् भने अर्कातिर उनको परिवारमाथि टिप्पणी गरेको आरोपमा साइबर ब्युरोमा उजुरी समेत परेको छ ।

प्रचण्ड’ माथि सामाजिक सञ्जालबाट आपत्तिजनक प्रकारका टिप्पणी बढेपछि साइबर ब्युरोमा उजुरी परेको बताइएको छ । प्रचण्डले राजसंस्थाविरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि पछिल्ला तीन दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडेर राजावादीहरूले सामाजिक सञ्जालमा प्रचण्डको तीव्र विरोध गरिरहेका छन् ।

विभिन्न फेसबुकलगायत सामाजिक सञ्जालका प्लेटफर्ममा फेक आईडीसमेत बनाएर प्रचण्ड परिवारको चरित्रहत्या गर्ने खालका सामग्री राख्नेदेखि अत्यन्त आपत्तिजनक कुराहरू समेत पोष्ट गरिएपछि माओवादी कार्यकर्ताले साइबर ब्युरो गुहारेका हुन् ।

मेचीमहाकाली अभियान, विकास महर्जन दीपु, सविना मोक्तान, कुलबहादुर थापाजस्ता आईडीहरूबाट प्रचण्ड तथा उनको परिवारका छोरी बुहारीहरूको बारेमा आपत्तिजनक पोष्टहरू गरिएका छन् ।

वाईसीएल नेपालका केन्द्रीय सचिव हरि ढकालले आपत्तिजनक र घृणित सामग्रीहरु पोष्ट गर्ने आईडीको पहिचान गरी त्यस्ता व्यक्तिमाथि कानूनबमोजिम कारवाही गर्न प्रमाणसहित केही साथीले साइबर ब्युरोमा जाहेरी दिएको बताएका छन् ।

साइबर ब्युरोले केही आईडी पहिचान भएको र कानूनबमोजिम अनुसन्धान भइरहेको जनाएको छ । उता ‘प्रचण्ड’को फोटो जलाउने राप्रपा निकट युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुरबाट पक्राउ परेका बमलाई हेटौंडा लगिएको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताएका छन् । बमले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनका क्रममा प्रचण्डको तस्बिर जलाएका थिए ।

अधिवेशनको सम्बोधनका क्रममा उनले लाइटर बालेर फोटो जलाएका थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । पक्राउ परेपछि बमले सामाजिक सञ्जालमार्फत आफूलाई चितवन जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जानकारी गराएका छन्।

उनले “गणतन्त्र मुर्दाबाद, राजसंस्था जिन्दावाद“ भन्दै आफ्नो अभिव्यक्ति दोहो¥याएका छन्। शनिबार प्रचण्डको फोटो जलाएपछि बमले सामाजिक सञ्जालमा लेखेका थिए कि प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसातर्फ धकेल्न खोजेको छ ।

उनले दरबार हत्याकाण्ड, १७ हजार मानिसको हत्या, तथा भ्रष्टाचारको विषय उठाउँदै प्रचण्डलाई प्रश्न गरेका थिए ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top