×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

सुनिता र बुच अन्तरिक्षबाट फर्किए पृथ्वी

५ चैत्र २०८१

६ चैत , एजेन्सी ।

अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका हुन् ।

Advertisement
Advertisement

नेपाली समयानुसार आज बिहान ३ बजेर ३९ मिनेट जाँदा सुनिता र बुचसहित चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रको तटमा अवतरण गरेको थियो । जब उनीहरू दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो ।

उनीहरुलाई जमिनमा आइपुग्न १७ घण्टा लागेको बताइएको छ । गत आइतबार संयुक्त राज्य अमेरिका, जापान र रुसको प्रतिनिधित्व गर्दै चार नयाँ अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगेका थिए ।

उनीहरुमध्ये दुई जनाले सुनिता र बुचको स्थान लिदै अन्तरिक्ष स्टेशनमै रहेका छन् । अन्तरिक्षयान द्रूत गतिमा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्यो, त्यसपछि चार प्यारासुटहरू खुले र उनीहरूलाई फ्लोरिडाको तटमा बिस्तारै अवतरण गरियो ।

नासाको कमर्सियल क्रू प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले चालक दलका सदस्यहरूको प्रशंसा गरे । सुनिता विलियम्स र बुच विल्मोर ५ जुन २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए ।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तयारी थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण फर्किन पाएका थिएनन् । सुनीता र बुचको अनपेक्षित लामो अन्तरिक्ष बसाइँका कारण विश्वभरका मानिसहरूमा चासो बढेको थियो ।

विशेष गरी उनीहरूको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिएको थियो । उनीहरूको अन्तरिक्षयान फ्लोरिडाको समुद्रमा अवतरण गर्दा उत्सुक डल्फिनहरूले त्यसलाई घेरेका थिए । उनीहरूको आगमनसँगै नासा र स्पेस एक्सले पत्रकार सम्मेलन पनि गरेको थियो ।

अन्तरिक्षयात्रीहरू भने सम्मेलनमा उपस्थित भएनन् । नासाका अनुसार उनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षणमा पुनः अभ्यस्त हुन केही समय लाग्नेछ । परिवारसँग भेट गर्नुअघि उनीहरूको स्वास्थ्य परीक्षण हुनेछ ।

मतदान, क्रिस्मस डिनरको आनन्द र शून्य गुरुत्वाकर्षणमा शारीरिक अभ्यासजस्ता कुराहरूले बुच विल्मोर र सुनीता विलिअम्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा लामो समयको बसाइँमा व्यस्त राखेको थियो ।

५९ वर्षीया सुनीता र ६२ वर्षीय बुचले स्टेशनमा कार्यरत मिशनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै ’स्पेशवाक’हरू समेत गरेका थिए । ज्यानुअरी मध्यतिर सुनीता आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किइन् ।

त्यसै महिनाको अन्त्यतिर उनी र बुच सँगै बाहिर निस्किए । उनीहरूले गरेका मुख्य काममा स्टेशनको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स–रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्नेलगायत थिए ।

Advertisement
Advertisement

उनीहरूले कैयौँ सूर्योदय र सूर्यास्त देख्न पाए । स्पेश स्टेशनले प्रत्येक २४ घण्टामा १६ पटक पृथ्वीको फन्को लगाउने क्रममा १६ सूर्योदय र सूर्यास्त देख्छ । उक्त स्टेशनमा हुनेहरूले प्रत्येक ४५ मिनेटमा सूर्योदय वा सूर्यास्त देख्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top