×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

ट्रम्पलाई पुटिनले उल्टै सुनाए, पूर्ण युद्धविराम अस्वीकार

५ चैत्र २०८१

६ चैत , एजेन्सी ।

युक्रेनमा जारी युद्ध रोक्ने संदर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार महत्वपूर्ण फोनवार्ता भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले बताएअनुसार दुई नेताबीच कम्तीमा ९० मिनेट कुराकानी भएको हो ।

Advertisement
Advertisement

रुसले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पुटिनले ट्रम्पसँगको फोन वार्तापछि युक्रेनको ऊर्जा लक्ष्यमा ३० दिनसम्म आक्रमण नगर्ने सहमति गरेको जनाएको छ । राष्ट्रपति पुटिनले युक्रेन र रुसले ऊर्जा पूर्वाधारमा ३० दिनका लागि आक्रमण रोक्न ट्रम्पको सुझावलाई समर्थन गरेका छन्, विज्ञप्तिमा भनिएको छ ।

यससंगै पुटिनले युक्रेनमा तत्काल पूर्ण युद्धविराम अस्विकार गरेका हुन् । ट्रम्पसँगको संवादका क्रममा उनले केवल उर्जा प्रणाली तथा संरचनामाथिको आक्रमण रोक्ने सन्दर्भमा मात्रै सहमति जनाएका छन् ।

पुटिनले दीर्घकालीन युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरेका हुन् । यस्तै उनीहरुंण् बीच सहमतिअनुसार मार्च १९ मा रुस र युक्रेनले १७५ युद्धबन्दी साटासाट गर्नेछन्। साथै रुसमा उपचाररत २३ गम्भीर घाइते युक्रेनी सैनिकलाई युक्रेन पठाइने छ ।

रुसले ३० दिने युद्धविरामको अवधिमा युक्रेनमा सेनाको आवागमन रोक्न माग गरेको छ । ट्रम्प र पुटिनबीच फोनवार्ता हुनुअघि अमेरिकी अधिकारीहरूले साउदी अरेबियमा युक्रेनसँग वार्ता गरी ३० दिनको अस्थायी युद्धविरामका लागि समझदारी बनाएको थियो ।

यसमा केही सर्तसहित पुटिन सहमत भए पनि अब युक्रेनले के गर्छ भनेर हेर्न भने बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यता वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले पनि जनाएको छ ।

यो सम्झौताले शान्ति स्थापनाको पहिलो चरणको संकेत गरे पनि युक्रेनले यस योजनामा साथ दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट भएको छैन । पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त अघि सारे, जबकि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रस्तावलाई ‘मात्रै कुरा गर्ने’ प्रयास भएको बताए ।

ट्रम्पले रूससँग ‘केही सम्पत्ति बाँडफाँड’ को विषयमा कुराकानी भइरहेको संकेत गरेपछि युरोपेली राष्ट्रहरू चिन्तित छन् । वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता महत्त्वपूर्ण चरणमा पुगेको बताए, तर अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको बताए ।

यता, पुटिनले आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान दोहो¥याए । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने सैन्य सहायताका लागि वार्ता गर्न फिनल्यान्ड पुगेका छन् ।

उनले टेलिग्राममा आफू फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबलाई भेट्न जाँदै गरेको लेखेका छन् । उनले त्यहाँ प्रधानमन्त्री पेट्री ओर्पो र रक्षा उद्योगका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछन् ।

फिनल्यान्डको राष्ट्रपति कार्यालयले बुधबार राष्ट्रपति भवनमा वार्ता हुने पुष्टि गरेको छ । रक्षा सहायतासहित बैठकको मुख्य एजेन्डा युक्रेनमा हतियार उत्पादनमा लगानी र युक्रेन युरोपमा प्रवेश पनि हो ।

यता पुटिनले भने वृहत ढाँचाको युद्धविराम त्यति बेला मात्रै काम गर्ने छ, जब युक्रेनले पाइरहेको सैन्य सहायता र गोप्य सूचना आदान प्रदान बन्द हुन्छ भनेका छन् । युक्रेनका युरोपेली सहयोगीहरुले भने पहिल्यै यस्ता शर्त अस्विकार गरेका छन् ।

यद्यपि, पुटिन र ट्रम्प मध्यपूर्वमा आगामी शान्ति वार्ता तुरुन्त गर्नेमा भने सहमत भएका छन् । गएको मंगलबार मात्रै अमेरिकी प्रतिनिधिमण्डल र युक्रेनी समकक्षीबीच भएको वार्तामा तत्काल ३० दिने युद्धविराम गर्न सकिने सहमति जुटेको थियो ।

Advertisement

तर, त्यसमा पुटिन सहमत हुन सकेका छैनन् । उनले केबल उर्जा पूर्वाधारमा मात्रै आक्रमण रोक्ने भनेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top