NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो आइतवार भदौ ८ , २०८२
सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

रवि लामिछानेले पनि क्रान्तिका लागि मुख खोले

शुक्रबार चैत्र ८ , २०८१
Reading Time: 1 min read
A A
रविले कांग्रेसलाई मैदानमा बोलाए, तयार छन् गगन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

८ चैत ,काठमाण्डौ।

गणतन्त्रविरुद्ध राजावादीहरुले सडक तताईरहेको अवस्थामा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन चेतावनी दिएका छन् ।

सहकारी प्रकरणमा सरकारले मुद्धा दर्ता गरेपछि ८४ दिन प्रहरी हिरासतमा कटाएर पछिल्लो समय कानूनी लडाइँका लागि जिल्ला जिल्ला दौडिरहेका लामिछानेले क्रान्तिका लागि तयार रहन मुख्य दलहरूलाई चेतावनी दिएका हुन् ।

आज उच्च अदालत पाटनमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेपश्चात लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले आफूले बोल्दा धेरैको बोली बन्द हुने समेत उनले बताएका छन् ।

रविले भनेका छन्, ‘मैले बोल्ने समय नजिक आउँदैछ । अहिले नै म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला, त्यसैले मलाई बोल्न नलगाउनुस । जब म बोल्ने समय आउँछ, त्यसपछि धेरैको बोली बन्द हुन्छ ।’

सञ्चारकर्मीले राजावादी आन्दोलनबारे पनि लामिछानेलाई जिज्ञासा राखेका थिए । यसमा लामिछानेले प्रतिक्रिया दिन चाहेनन् । आफू आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा नरहेको रविले बताएका छन् ।

उनले भने, ‘म आवेग उत्तेजनामा छैन । मुलुकमा गम्भीर अवस्थामा आएको छ । जिम्मेवार दलका हिसाबले, जनताले आशा र भरोसाले हेरेको दलको नेतृत्वकर्ताका हिसाबले म आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा छैन । मलाई तपाईंहरूको प्रश्नको आशय थाहा छ । यसले कुन अर्थ लाग्छ भन्नेमा जानकार छु । यो देशको भविष्य तपाईं हाम्रो पुस्ताको हातमा आउँदैछ । एकदमै गम्भीर हुने समय हो । म तपाईँलाई हेडलाइन दिन्न, म लाइफलाइनको कुरा गर्दैछु, तपाईं हेडलाइनको चिन्ता गर्दै हुनुहुन्छ । यो हेडलाइनमा चिन्ता गर्ने बेला होइन । यो पक्ष–विपक्षमा बाँड्ने कुरा होइन । अहिले सरकार नांगिएको हुँदा सरकारको लाज छोप्न अदालतहरुमा पुगिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्ने छ । समय आउँदैछ चाँडै नै । सबैलाई तयार रहन आग्रह गर्दैछु । गेट रेडी फर द रिभोलुसन ।’ तर उनले क्रान्तिको प्रारुपबारे भने केही खुलाएका छैनन् ।

त्यस्तै रविले यो देशको भविष्य युवाहरुको हातमा आउँदै गरेको र यो गम्भिर हुने समय रहेको बताए । ‘यो देशको भविष्य, मेरो पुस्ताको, तपाईँ हाम्रो पुस्ताको हातमा आउँदै छ । त्यही भएर यो एकदमै गम्भिर हुने बेला हो ।

यो २ तिहाईको सरकारले देशका तमाम समस्या समाधान गर्नुपर्ने थियो नि त । उसले के बाचा गरेको थियो ?’, लामिछानेले थपे, ‘म एउटै कुरा स्मरण गराउँछु, मैले संसदमा के भनेको थिएँ भने, जब २ वटा ठूला राजनीतिक दलहरु बिना कुनै विषम परिस्थितिबिना मिल्छन् भने यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ भन्ने तपाईँहरुलाई थाहा छ भने मैले भनेको थिएँ नि, अहिले म तपाईँलाई त्यही स्मरण गर्न अनुरोध गर्छु ।’

लामिछानेले आज काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गएको माघ ३ गते काठमाडौं अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो ।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएको थियो । उक्त आदेश चित्त नबुझेको र त्यो बदरको माग गर्दै दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनेर लामिछानेले निवेदन दर्ता गराएका हुन् ।

अब उनले चितवनको सहारा सहकारीसम्बन्धी मुद्दामा त्यहाँको जिल्ला अदालतले गरेको ५४ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्र उच्चमा निवेदन दिन बाँकी छ । लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् ।

पर्साको सानो पाइला सहकारीको बचत अपचलनबारे लामिछानेविरुद्ध अनुसन्धान गरिए पनि हालसम्म मुद्दा दर्ता गरिएको छैन । हिजो मात्रै रवि पुनरावदेनको सुनुवाईका लागि वुटवल पुगेका थिए ।

गोलाप्रथाबाट उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीश जगतबहादुर थापाको इजलासमा लामिछानेको मुद्दा परेपछि सुप्रिम सहकारीसम्बन्धी जिल्लाबाट आएको सोही प्रकृतिको मुद्दा यसअघि पनि हेरेकाले यो मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले अब अर्को हप्ता यो मुद्दा अन्य न्यायाधीशले हेर्ने बताएका छन् । अदालतका अनुसार पूर्वडीआईजी छविलाल जोशी, उच्च सरकारी वकिलको कार्यालय बुटवल र लामिछानेले दिएको निवेदनलाई एकैठाउँ राखेर हेर्ने यसअघिको आदेशअनुसार एउटै पेसीमा राखिएको थियो ।

लामिछानेको तर्फबाट बहस गर्न आधा दर्जन कानुन व्यवसायी उच्च अदालत तुलसीपुर बुटवलमा पुगेका थिए । बिहीबार बुटवल पुगेका लामिछाने करिब आधा घण्टा उच्च अदालतमा बसेका थिए ।

Tags: ‘गेट रेडी फर द रेभोलुशन’#अब रविले पनि क्रान्ति गर्ने#रवि लामिछानेले पनि क्रान्तिका लागि मुख खोले#रविले भने

लोकप्रीय

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

विचार

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

थप समाचार

विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
अन्तर्राष्ट्रिय

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो
आर्थिक

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.