निवारण फाउन्डेसनले ७७ वटै जिल्लामा अस्पताल बनाउने

७ चैत ८१, शनिबार

९ चैत , विराटनगर ।

निवारण फाउन्डेसनले सन्जीवनी परियोजनाअन्तर्गत नेपालका ७७ वटै जिल्लाहरुमा ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । फाउन्डेसनका विकास प्रबन्धक उज्ज्वल सुवेदीले सन् २०३२ सम्ममा अस्पताल बनाइसक्ने बताएका छन् ।

यो फाउन्डसन शिक्षा, स्वास्थ्य, बाल कल्याण, वातावरणीय व्यवस्थापनजस्ता विषयमा काम गरिरहेको गैरसरकारी संस्था हो । फाउन्डेसनले सन् २०२५ देखि २०२७ सम्ममा ५२ जिल्लाका २७५ गाउँपालिकामा स्वास्थ्य शिविर संचालनमा गर्ने, सन् २०२७ देखि २०२९ सम्ममा सात प्रदेशमा ७७ वटा ५० शैयाको समुदायस्तरका स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना पनि राखेको छ ।

Advertisement

२०२७ देखि २०३२ सम्ममा ७०० शैयाको निवारण फाउण्डेशनको केन्द्रीय अस्पताल बनाउने योजना अघि सारेको छ । फाउन्डेसनले प्रथम चरणको कार्यक्रमअन्तर्गत २०८२ जेठ १ गतेबाट सुदूरपश्चिम प्रदेशको बाजुराको छेडेदहबाट सुरु गर्ने योजना अघि सारेको छ ।

Advertisement

शिक्षातर्फ यो संस्थाले विश्वव्यापीरुपमा पहिलो चरणमा १०० वटा डिजिटल सिकाई केन्द्र स्थापना गर्ने, डिजिटल प्रणालीमा आधारित स्मार्ट कक्षा शिक्षण प्रणाली स्थापित गर्ने, कम्तीमा १००० जना शिक्षकहरूलाई तालिम प्रदान गरि प्रविधिमैत्री बनाउने, विद्यालयहरूमा आवश्यक भौतिक पूर्वाधार निर्माण तथा स्तर उन्नति गर्न सहयोग गर्ने घोषणा गरेको छ।

यस्तै वालकल्याण तथा संरक्षणतर्फ विस्वब्यापीरुपमा २०० वटा पोषण केन्द्र स्थापना गर्ने, बालवालिकाहरूको शारीरिक तथा संवेगात्मक विकासका लागि बाल संरक्षण सञ्जालहरू निर्माण तथा क्षमता विकास गर्ने, वालवालिकाहरूका लागि घुम्ती स्वास्थ्य परिक्षण सेवा सँचालन गर्ने, मानसिक स्वास्थ्यमा सहयोग गर्ने आदि क्रियाकलापहरू रहेका छन ।

यस्तै बन संरक्षण सम्वन्धि गतिविधि जस्तै वन्यजन्तु संरक्षण, दीगो उर्जा विकास, फोहर व्यवस्थापन, हरियाली वृद्धि आदि गतिविधिहरूलाई प्राथमिकता दिइएको छ ।

सामुदायिक केन्द्रहरूको निर्माण, आर्थिक शशक्तिकरण, नेतृत्व विकास तथा पूर्वाधार विकाशसहित समुदायमा दिगो आर्थिक प्रणाली निर्माण गर्ने जस्ता क्रियाकलापहरू सँचालन गरिने पनि संस्थाले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top