अभिनेता सुशान्तको केस सधैका लागि बन्द

८ चैत ८१, आइतबार

११ चैत, एजेन्सी ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा ४ वर्ष ६ महिना १५ दिनपछि सीबीआईले अन्तिम क्लोजर रिपोर्ट दायर गरेको छ । जसमा अनुसन्धान एजेन्सीले सुशान्तलाई आत्महत्या गर्न उक्साएको कुनै प्रमाण नभेटिएको बताएको छ ।

सुशान्त जुन १४, २०२० मा बान्द्रास्थित आफ्नै घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । मिडिया र विपक्षी दलहरूको दबाबका कारण यस मुद्दाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । अब सीबीआईको अन्तिम रिपोर्टमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको छ ।

Advertisement

यस मुद्दामा रिया चक्रवर्ती २७ दिन जेलमा बस्नुपरेको थियो । सीबीआईको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि रियाका वकिल सतीश मानेशिन्देले एक विज्ञप्ति जारी गर्दै यस मुद्दामा धेरै झूटा कथाहरू बनाइएको बताएका छन् ।

सुशान्तका बुबा केके सिंहले रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन, ठगी र मनी लान्ड्रिङको आरोप लगाउँदै उजुरी दिएका थिए । रियाविरुद्धको उजुरी, जसमा उनले सुशान्तको परिवारमाथि मानसिक उत्पीडनको आरोप लागेको थियो ।

Advertisement

सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि जुन ८, २०२० मा उनकी म्यानेजर दिशा सालियनको मुम्बईको मलाडमा रहेको एक भवनको १४औं तलाबाट खसेर मृत्यु भएको थियो । यी दुवै मृत्युलाई शङ्कास्पद मानिएको थियो ।

राजपूतको मृत्यु १४ जून २०२० मा मुम्बईको बान्द्रा अपार्टमेन्टमा शंकास्पद अवस्थामा भएको थियो। उनको शव झुन्डिएको अवस्थामा फेला परेपछि यसलाई प्रारम्भमा आत्महत्या भनेर व्याख्या गरियो, तर घटनापछि उठेका सवालहरूले यसलाई हत्या वा गम्भीर षड्यन्त्रको रूपमा पनि हेरियो।

घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरे पनि, सुशान्तका परिवार र उनका समर्थकहरूले हत्या भएको दाबी गर्दै सीबीआई अनुसन्धानको माग गरे। यसक्रममा बिहार प्रहरीले अनुसन्धान सुरु ग¥यो, किनकि सुशान्त बिहारका थिए।

सीबीआई, ईडी र एनसीबीले केस हातमा लिए। सुशान्तकी प्रेमिका रिया चक्रवर्तीमाथि आर्थिक अनियमितता र ड्रग्स मामिलामा अनुसन्धान भयो। बलिउडमा ड्रग्स नेटवर्क र नेपोटिज्म विवाद उठ्यो।

अनुसन्धान क्रममा सुशान्तको म्यानेजर रिया चक्रवर्ती तथा अन्य कलाकारको ड्रग्स कारोबारसँग सम्बन्ध रहेको खुलासा भयो। एम्सले आफ्नो रिपोर्टमा हत्या नभएर आत्महत्या भएको बतायो, तर धेरै मानिसहरूले रिपोर्टमाथि प्रश्न उठाएका थिए ।

यसपछि सुशान्तलाई बलिउडमा भेदभाव गरिएको थियो भन्ने बहस सुरु भयो, करण जोहर लगायत केही ठूला फिल्म निर्माता विवादमा तानिएका थिए । सुशान्तको बैंक खाताबाट ठूलो मात्रामा रकम निकालिएको दाबी गरियो, जसमा रियामाथि आरोप लागेको थियो ।

तर अब सीबीआईले अन्तिम क्लोजर रिपोर्ट दायर गरेको छ । जब कुनै अनुसन्धान निकाय (पुलिस वा सिबिआई) ले कुनै मुद्दाको अनुसन्धान पूरा गर्छ र अनुसन्धान गर्नका लागि पर्याप्त प्रमाणहरू फेला नपरेको ठहर गर्छ, त्यसपछि अदालतसमक्ष पेश गरिने प्रतिवेदनलाई ’क्लोजर रिपोर्ट’ भनिन्छ।

भारतीय दण्ड प्रक्रिया संहिता (सीआरपीसी) को दफा १६९ अन्तर्गत यस्तो रिपोर्टको व्यवस्था गरिएको छ। यस रिपोर्टमा अनुसन्धान अधिकारीहरूले प्रमाण र सोधपुछका आधारमा प्राप्त निष्कर्षहरू प्रस्तुत गर्छन् र घटनाको पछाडिको कारण उल्लेख गर्छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top