चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

८ चैत ८१, आइतबार

११ चैत, काठमाण्डौ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिले नेपालमा राजनीतिक तरंग ल्याएको छ। गणतन्त्र प्राप्तिको झन्डै दुई दशकपछि, राजावादीहरूको आन्दोलन उच्च बिन्दुमा पुगेको देखिन्छ। पूर्वराजाले जनताको साथ मागेपछि गणतन्त्रको भविष्यबारे बहस पुनः उत्कर्षमा पुगेको छ।

यसको प्रतिकारमा गणतन्त्र पक्षधरहरू एकजुट हुँदै चैत १५ गते प्रदर्शनको तयारीमा छन्।एकातिर, समाजवादी मोर्चा छ । जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा छन् ।

Advertisement

यसले भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन्। अर्कोतर्फ, मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा राजतन्त्र समर्थकहरूले तीनकुनेमा शक्ति प्रदर्शन गर्दैछन्। गृह मन्त्रालयले यी प्रदर्शनहरूलाई संवेदनशील सुरक्षाको चुनौती ठानेर सुरक्षा योजना निर्माण गरिसकेको छ।

तर गणतन्त्रको पक्षमा हुने प्रर्दशनका विषयमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भने अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन । यद्यपि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने राजतन्त्र पुनस्र्थापनाको कुनै सम्भावना नभएको स्पष्ट पार्दै, पार्टीका नेता–कार्यकर्तालाई गणतन्त्रको पक्षमा सशक्त रूपमा उभिन निर्देशन दिएका छन् ।

Advertisement

देउवाले पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको र हनु पनि नसक्ने बताए।

उनले भनेका छन्, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’

उनले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला नभएको भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । गणतन्त्र पक्षधर दलहरूले प्रदर्शनमार्फत आफ्ना कार्यकर्ता सक्रिय पार्ने प्रयास गरिरहेका छन्।

पूर्वराजा पक्षधरहरूको प्रदर्शनमा सहभागी हुनेहरूमा संख्यात्मक वृद्धि देखिएको छ, जसले सत्ता पक्षका दलहरूलाई थप चिन्तित बनाएको छ। यसैबीच, सरकारका उच्च सुरक्षा अधिकारीहरू दुवै प्रदर्शन शान्तिपूर्ण बनाउन रणनीति बनाइरहेका छन्।

अर्कोतर्फ, पछिल्लो समय चर्चामा रहेको स्वर्गद्वारी गुठी पीडितहरूको आन्दोलन समेत राजनीतिक विवादको अर्को पाटो बनेको छ। उनीहरूको आन्दोलनलाई पनि सुरक्षा निकायले चुनौतीको रूपमा लिएको छ।

चैत १५ को प्रदर्शनलाई लिएर नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू छलफलको तयारीमा छन्। नेताहरूले यो बैठकलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बहानामा राखे पनि, यसमा पूर्वराजा समर्थकहरूको आन्दोलनबारे विस्तृत छलफल हुने आकलन गरिएको छ।

अहिले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानमा रहेका प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्केपछि तीन दलका शीर्ष नेताबीच छलफल हुने भनिएको छ । नेपालमा गणतन्त्रप्रति उठेका प्रश्नहरुले राजतन्त्र पक्षधरहरूको आत्मबललाई बलियो बनाइरहेको छ।

यसैले मुख्यधारका राजनीतिक दलहरूले गणतन्त्र जोगाउन संयोजनात्मक तयारी गरिरहेका छन्। चैत १५ को प्रदर्शन नेपालका लागि राजनीतिक शक्ति सन्तुलन मापन गर्ने महत्वपूर्ण मोड बन्न सक्ने विश्लेषकहरु बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top