NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो आइतवार भदौ ८ , २०८२
सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

ज्ञानेन्द्र नालायक भन्दै देउवाले गरे राजतन्त्रको च्याप्टरक्लोज

आइतवार चैत्र १० , २०८१
Reading Time: 1 min read
A A
नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरियोः पूर्वराजा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ चैत, काठमाण्डौ ।

नारायणहिटीमा पुनः फर्किएर बन्द बाकसमा रहेको श्रीपेच धारण गर्ने आफ्नो अभिलाषा पूरा गर्न जनताको साथ मागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् ।

पूर्वराजालाई राजगद्यीमा फर्किने दिवा सपना नदेख्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सुझाव छ । नेसपा(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि राजतन्त्र भूत भइसकेको लगायतका प्रतिक्रिया दिइनै रहेका छन् ।

माधव नेपाल, झलनाथ खनाल, विप्लव लगायतले पनि निरंकुश इतिहास नफर्किने दाबी गरिरहेका छन् । सभापति, महामन्त्रीसहितका केही काँग्रेसका नेताहरुले पनि पूर्वराजालाई चुनावी बाटोबाट सत्तामा आउन सुझाएकै छन् ।

यद्यपि, कम्युनिष्टहरुको जस्तो चेतावनी र आक्रामक शैलीमा काँग्रेसीका मुखबाट पूर्वराजाका लागि सुझावहरु त्यति सुनिएन । बरु शेखर कोइराला लगायतका केहीले त पूर्व होइन राजा नै भन्नु पर्ने धारणा राखे । र जनताले चाहे भने राजतन्त्र फर्किन सक्ने बयान पनि दिए ।

यद्यपि यो काँग्रेसको आधिकारिक धारणा भने होइन । काँग्रेसमा जति गुटहरु छन्, त्यति नै थरीका धारणा आउने गरेका छन् । तर यसबीच आज सभापति देउवाले भने पूर्वराजा ज्ञानेन्द्र शाहकाबारेमा अहिलेसम्मकै कडा टिप्पणी गरेका छन् ।

आज देउवाको बोली सुन्दा लाग्थ्यो, उनले २०६१ माघ १९ गतेको बदला लिए । सो बेला आफूलाई असक्षम प्रधानमन्त्री भन्ने ज्ञानेन्द्र शाहलाई देउवाले पनि आज राजा बन्न अयोग्य करार गरेका छन् ।

कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताएका हुन् । उनले भने, ‘संवैधानिक राजा हुन लायक पनि छैनन् ।

संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ ।’ उनले पूर्वराजा शाहलाई राजनीतिमा आउन लागेको भए पार्टी खोलेर आउन आह्वान गरे ।

तर, उक्त पार्टीका मान्छेहरूले दुःख पाउने देउवाको भनाइ छ । ‘राजनीति गर्नु छ भने पार्टी खोलेर गरे हुन्छ, त्यो पार्टीका पनि दुःख पाउँछन् विचराहरूले । राप्रपाले पनि दुख पाउँछ,’ देउवाले भने ।

ज्ञानेन्द्र जहाँ गयो त्यहिँ जनताले वा कार्यकर्ताहरुले दुख्ख पाउँने टिप्पणी देउवाले गरे । अर्थात ज्ञानेन्द्र शाह नारायणहिटीमा आए जनताले फेरि दुःख पाउँने उनको आशय थियो । देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको स्मण पनि गरे ।

त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको देउवाको भनाइ थियो । ‘मैले यीनै कुरा गर्दागर्दै मलाई नै लगेर जेलमा हालिदियो । एउटा सक्षम अदालत छ, त्यो अदालतका कारणले म छुटेको हो । कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट छैन । बन्नेवाला पनि छैनन्,’ देउवाले भने ।

देउवाले पार्टीका नेता, कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह पनि गरेका छन् । देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले राम्रोसँग चिनेको उल्लेख गरे । खासमा देउवालाई जीवनमै कसैले लगाउन नसकेको दाग तत्कालीन राजा ज्ञानेन्द्रले लगाइदिएका थिए ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेका थिए । आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए ।

त्यसैको बदला लिदै देउवाले पनि अहिले ज्ञानेन्द्र शाहलाई राजा बन्न नालायक पात्र घोषणा गरेका हुन् । देउवाको यो भनाई यस्तो बेला आएको छ जतिबेला भर्खरै उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा दिल्लीबाट फर्किएकी छन् ।

उनलाई दिल्लीले राजतन्त्र वा हिन्दुराज्यको म्यान्डेड थमाएर पठाएको हुनसक्ने चर्चा पनि भएका छन् । यसबीच अहिलेको राजावादीहरुलाई भारतले उचालेको आरोप लागिरहेको छ । यो आरोप स्वयं सरकार संचालन गरिरहेको दल नेकपा एमालेले लगाएको छ ।

उसले पार्टी बैठकबाट नै यस्तो आरोप लगाएको हो । यसमा योगी आदित्यनाथको ब्यानरले आगोमा ध्यु थपेको हो । यद्यपि दिल्लीमा रहँदा यसबारे आरजुले आफ्ना समकक्षी एस जयशंकरलाई यसबारे सोध्दा भारतले त्यस्तो केही नगरेको जवाफ दिएको आरजुले सुनाएकी छन् ।

यद्यपि, डिप्लोमेसीमा भन्ने र गर्ने कुरा फरक हुने गरेका छन् । यस्तोमा राजा र हिन्दुराज्यका लागि काँग्रेसमा दिल्लीको दबाब बढेको चर्चा भइरहँदा आज स्वयं सभापति देउवाले नै यसको जवाफ दिएका छन् । जसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

देउवाले ज्ञानेन्द्रलाई राजा हुनै अयोग्य भनेर हाललाई राजतन्त्र काँग्रेसको एजेण्डामा नरहेको स्पष्ट पारेका छन् । हिन्दु राज्याका बारेमा भने उनले केही बोलेका छैनन् । उनी हिन्दु राज्यका विषयमा छलफल गर्न सकिने पक्षमा छन् ।

Tags: #देउवाका नजरमा ज्ञानेन्द्र नालायक#पूर्वराजासंग देउवाले लिए बदला

लोकप्रीय

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

विचार

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

थप समाचार

विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
अन्तर्राष्ट्रिय

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो
आर्थिक

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.