११ चैत , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे विशाखापट्टनममा हुनेछ। आईपीएलमा आज एक खेल मात्र हुनेछ ।
अघिल्लो सिजन प्लेअफमा स्थान बनाउन नसकेका दुवै टोली यो पटक सुरुवातबाट नै रणनितिक रुपमा मैदान उत्रने देखिएको छ । यो पटक आईपीइलमा खेलाडीहरुले आफ्नो पुराना टिमसँग भेट हुँदैछन् ।
जसले आईपीएल समर्थकमा केही उत्साह थपिएको छ । लखनउका पूर्व कप्तान केएल राउल यो पटक देल्लीको कप्तानको रुपमा छन् । रिषभ पन्त पनि आफ्नो पुरानो क्लबसँग भिड्दै यो सिजनको आइपीएलको सुरुवात गर्दैछन् ।
यस खेलमा हुन लागेको पुर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको छ । ऋषभको दिल्लीबाट बहिर्गमनपछि अक्षर पटेललाई कप्तानको जिम्मेवारी रहेको छ । कप्तानको रुपमा अक्षरको यो पहिलो आइपिएल खेल हुनेछ ।
लखनउले आफ्ना तीव्र गतिका बलरहरू घाइते हुँदा चुनौतीहरूको सामना गरिरहेको छ । भने, दिल्लीले मिचेल स्टार्क, मोहित शर्मा र टी नटराजनसँग आफ्नो तीव्र गतीको बलिङ आक्रमणलाई झनै बलियो बनाएको छ ।
राहुल विशाखापट्टनममा खेलको पूर्वसन्ध्यामा टोलीमा सामेल भएका थिए । तर, व्यक्तिगत कारणले खेलका लागि भने राहुल उपलब्ध नहुन पनि सक्छन् । लखनउले मोहसिन खान घाइते भएपछि उनको स्थानमा शार्दुल ठाकुरलाई टोलीमा ल्याएको छ ।
हिजोको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले हरायो । यस्तै दोश्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई चार विकेटले हरायो । हैदरावदले दिएको दुई सय ८७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ४२ रन मात्रै बनाउन सक्यो ।
राजस्थानका धुर्व जिरेलले सर्वाधिक ७० रन बनाए । सन्जु साम्सनले ६६ रन बनाए । हैदराबादका हर्षल पटेल र सिमरजित सिंहले समान दुई विकेट लिए । त्यसअघि राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको थियो ।
हैदराबादले आईपीएल इतिहासमा बनाएको यो सबैभन्दा दोस्रो ठूलो लक्ष्य हो । गत वर्ष पनि हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध दुई सय ८७ रनको कीर्तिमान बनाएको थियो । हैदराबादका इशान किशनले अविजित रहँदै सर्वाधिक एक सय छ रन बनाए ।
आईपएलमा उनको यो पहिलो शतक हो । उनी यसै सिजन मुम्बई इन्डियन्सबाट हैदरावाद पुगेका हुन् । राजस्थानका तुषार देशपाण्डेले तीन विकेट लिए । जीतसँगै हैदराबादले पनि दुई अङ्क जोडेको छ ।
यस्तै दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी शुरुआत गरेको छ । जीतको लागि एक सय ५६ रनको लक्ष्य पाएको चेन्नईले १९ ओभर एक बलमा छ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नइको जीतमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रले अर्धशतक बनाए । बलिङमा भिगनेश पुथुरले तीन विकेट लिए । त्यसअघि पहिले व्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो ।
मुम्बईका तिलक बर्माले सर्वाधिक ३१ रन बनाए । चेन्नईका नूर अहमदले चार विकेट लिए । यस्तै खालिद मोहम्मदले तीन विकेट लिए । जीतसँगै चेन्नइले दुई अङ्क जोडेको छ । मुम्बइले भने हारबाट लिगको शुरुआत गरेको छ ।
आईपीएलमा लिग चरणको तिन खेल सकिदा सनराइर्जस हैदरावाद, रोयल च्यालेन्जर्स बैग्लोर र चेन्नइ सुपर किंग्सले विजयी सुरुवात गरेका छन् ।