×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

आप्रवासीमाथि ट्रम्पको झनै कडा नीति

१० चैत्र २०८१

११ चैत , एजेन्सी ।

अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) लेट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयन गर्न अध्यागमन अधिकारीहरूलाई करदाता डाटा प्रयोग गर्न दिने भएको छ । अमेरिकी अध्यागमन एजेन्सी (आईस) सँग प्रस्तावित सम्झौता सफल भएमा कागजात नभएका आप्रवासीहरूको व्यक्तिगत विवरणलाई हस्तान्तरण गर्न सकिने बाटो खुल्नेछ ।

Advertisement
Advertisement

यसले गैरकानुनी रूपमा अमेरिका बसेका आप्रवासीका लागि थप संकट निम्तिने छ । सम्झौताअन्तर्गत, आईआरएसले कागजात नभएका आप्रवासीहरूको नामलाई आफ्नो गोप्य करदाता डाटाबेससँग क्रस–रेफरेन्स गर्नेछ ।

योसँगै आप्रवासीहरूमाथि कारबाहीको जोखिम बढाउनेछ । अमेरिकामा व्यक्तिको कर जानकारी लामो समयदेखि सुरक्षित मानिन्छ । तर आईआरएस र आईएसबीच प्रस्तावित सम्झौता अगाडि बढेमा कर जानकारीको गोपनीयता सम्बन्धी अमेरिका अभ्यास तोडिनेछ ।

यसलाई अमेरिकी कर प्रणालीको ऐतिहासिक मान्यताविरोधी कदम भनेर अधिकारकर्मीहरूले टिप्पणी गरेका छन् । यो सम्झौतासँगै अध्यागमन अधिकारीहरूलाई ट्रम्प प्रशासनको देशनिकाला एजेन्डा समर्थन गर्न करदाता डाटा प्रयोग गर्न अनुमति दिनेछ ।

सीएनएनका अनुसार केही सातादेखिको वार्तापछि, प्रशासनका अधिकारीहरू एक यस्तो सम्झौता नजिक छन्, जसले आईस अधिकारीहरूलाई वैधानिक स्थिति नभएका आप्रवासीहरूका नाम र ठेगाना आईआरएसलाई बुझाउन र ती विवरणहरूलाई गोप्य डाटाबेसमा जाँच गर्न अनुमति दिनेछ ।

यसबारे द वासिङ्टन पोस्टले शनिबार पहिलो पटक समाचार प्रकाशित गरेको थियो । ट्रम्प प्रशासनको अध्यागमन नीतिहरू कार्यान्वयन गर्न संवेदनशील करदाता जानकारी प्रयोग गर्ने विषयले आईआरएसका अनुभवी अधिकारीहरूलाई त्रसित बनाएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् ।

कागजात नभएका आप्रवासीहरूले आफ्नो वैध कागजात नभए पनि आईआरएसलाई कर तिर्दै आएका छन् । उनीहरूले सामाजिक सुरक्षा नम्बर नपाए पनि व्यक्तिगत करदाता नम्बर (आईटीआईएन) को माध्यमबाट आयकर फाइल गर्न सक्छन् ।

तथ्याङ्कअनुसार, अमेरिकामा रहेका करिब एक लाख १० हजार कागजातविहीन आप्रवासीहरूमध्ये आधाभन्दा बढीले हरेक वर्ष सरकारलाई कर तिर्छन् । तर यो प्रस्तावित सम्झौताले उनीहरूले सरकारसँग बाँडेको कर जानकारी अध्यागमन कारबाहीका लागि प्रयोग हुने सम्भावना बढाएको छ ।

यसले गोपनीयता उल्लङ्घनको गम्भीर जोखिम उत्पन्न गरेको भन्दै मानव अधिकारकर्मीहरू र आप्रवासी वकालत समूहहरूले चर्को आलोचना गरेका छन् । अहिलेसम्म आईआरएसको करदाता डाटा प्रायः आपराधिक अनुसन्धानमा सीमित मात्र प्रयोग हुँदै आएको थियो ।

तर, ट्रम्प प्रशासनको यो कदमले उक्त तथ्याङ्कलाई अध्यागमन कारबाहीको हतियारका रूपमा प्रयोग गर्ने नयाँ बाटो खोलेको छ । ट्रम्प प्रशासनले कठोर आप्रवासन नीति लागु गर्नेक्रममा यो कदम अगाडि बढाउन खोजेको हो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै कागजातविहीन आप्रवासीहरूलाई लक्षित गर्दै देशनिकाला नीति कडा पार्दै आएका छन् । आईआरएसको प्रस्तावित डाटा साझेदारी सम्झौताले कागजातविहीन आप्रवासीहरूमा भयको वातावरण सिर्जना गरेको छ । उनीहरूको कर फाइल गर्दा सुरक्षित हुने विश्वास समाप्त हुन सक्ने खतरा छ ।

विश्लेषकहरूले यो कदमले कर प्रणालीप्रतिको विश्वासलाई कमजोर पार्ने चेतावनी दिएका छन् । यसले अमेरिकी कर प्रणालीमा दीर्घकालीन असर पु¥याउन सक्ने देखिएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् ।

यस कदमलाई ट्रम्प प्रशासनको ‘शक्तिको दुरुपयोग’ भन्दै आलोचना गर्नेहरू पनि छन्। गोपनीयता अधिकारका हिमायतीहरूले यसलाई कानुनी र नैतिक मान्यताको उल्लङ्घन भएको आरोप लगाएका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top