×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

सेमिफाइनलः फ्रान्स भर्सेस स्पेन, जर्मनी भर्सेस पोर्चुगल

१० चैत्र २०८१

११ चैत , एजेन्सी ।

फिफा विश्वकप २०२२ को साविक उपविजेता समेत रहेको फ्रान्स दोस्रो लेगमा क्रोएसियाविरुद्ध ‘सडन डेथ’मा जित निकाल्दै यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति दोस्रो लेगको निर्धारित र अतिरिक्त समयसम्म फ्रान्सले २–० को अग्रता बनाएपछि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो ।

Advertisement
Advertisement

पहिलो लेगमा क्रोएसियाले घरेलु मैदानमा विश्वकप उपविजेताविरुद्ध २–० कै जित निकालेको थियो । पेनाल्टीमा फ्रान्सका किलियन एमबाप्पे, अरेलिएन चुवामेनी, रान्डाल कोलो मुआनी, डिजायर डोए र डायोट उपामेकानोले गोल गरे ।

फ्रान्सका जुलेस काउन्डे र थियो हर्नान्डेज पेनाल्टीमा असफल बने । पाहुना टिमका निकोला मोरो, मारियो पासालिच, क्रिस्टियन जाकिच र डुज कालेटा–कारले गोल गरे । क्रोएसियाका मार्टिन बटुरिना, फ्रान्जो इभानोभिच र जोसेप स्टानिसिच गोल गर्न असफल रहे ।

त्यसअघि, फ्रान्सलाई दोस्रो लेगको निर्धारित समयसम्म जित दिलाउन माइकल ओलिस र ओस्मान डेम्बेलेले गोल गरेका थिए । यी दुवै गोल दोस्रो हाफमा भएका थिए । फ्रान्सले अब फाइनल प्रवेशका निम्ति युरो च्याम्पियन स्पेनविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

स्पेनले आइतबारै भएको अर्को खेलमा नेदरल्यान्ड्सविरुद्ध ‘सडन डेथ’मै जित निकाल्दै अन्तिम–४ को यात्रा तय गरेको छ । आइतबार राति घरेलु मैदानमा स्पेनलाई जित दिलाउन ‘सडन डेथ’मा मिकेल मारिनो, फेरान टोरेस, एलेक्स गार्सिया, एलेक्स बाइना र पेड्रीले गोल गरे ।

स्पेनका युवा फरवार्ड लामिन यमलले भने प्रहारलाई जाली चुमाउन सकेनन् । डच टिमका भर्जिल भान डाइक, टेउन कुम्पमेनर्स, जाभी सिमोन्स र केनेथ टेलरले गोल गरे । पाहुना टिमका नाओ लाङ र डोन्यल मालेन पेनाल्टीमा चुकेका थिए ।

त्यसअघि, १२० मिनेटसम्म पुगेको खेलमा स्पेनबाट मिकेल आयार्जाबालले दुई र लामिन यमलले एक गोल गरेका थिए । नेदरल्यान्ड्सबाट मेम्फिस डिपे, लान माटसेन र जाभी सिमोन्सले गोल गरेका थिए । यी दुई टिमबीचको पहिलो लेग पनि २–२ को बराबरीमा सकिएको थियो ।

उता रोमाञ्चक दोस्रो लेगमा ३–३ को बराबरी खेले पनि इटालीविरुद्ध समग्रमा ५–४ को जित निकाल्दै जर्मनी यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सिग्न इदुना पार्कमा घरेलु टिमका जोसुवा किमिच, जमल मुसियाला र टिम क्लेनडेन्स्टले गोल गरे ।

पाहुना टिमका मोइस किन र जियाकोमो रास्पाडोरीले गोल गरे पनि पहिलो लेगमा व्यहोरेको हारका कारण इटालीलाई अघि बढाउन सकेनन् । यी दुई टिमबीचको पहिलो लेगमा जर्मनीले इटालीलाई उसैको मैदानमा २–१ ले पराजित गरेको थियो ।

आइतबार राति ३–० ले पछि परेको स्थिति उल्ट्याउँदै इटाली खेलमा फर्किएको थियो । जर्मनीका किमिचले ३०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ३६औँ मिनेटमा मुसियालाले घरेलु टिमको अग्रता दोब्बर बनाए ।

४५औँ मिनेटमा क्लिेनडेन्स्टले गोल गरेपछि घरेलु टिम पहिलो हाफसम्म ३–० ले अगाडि थियो । दोस्रो हाफमा इटालीले तीन गोल फर्कायो । ४९औँ मिनेटमा किनले पहिलो र ६९औँ मिनेटमा दोस्रो गोल गरे । इन्ज्युरी समयमा रास्पाडोरीले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने इटालीको आशा कायम राखेका थिए ।

तर, यसपछि गोल नहुँदा जर्मनी पहिलो लेगको नतिजाका कारण सेमिफाइनलमा प्रवेश गरेको हो । जर्मनीले अब अन्तिम–४ मा पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पोर्चुगलले आइतबारै राति भएको अर्को खेलमा डेनमार्कलाई समग्रमा ५–३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ ।

आइतबार राति घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले दुई गोल गरे । कप्तान क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले एक÷एक गोल थपे । पोर्चुगलले अर्को गोल भने आत्मघाती उपहार पाएको थियो ।

पाहुना टिमका रास्मस क्रिस्टेन्सन र क्रिस्टियन एरिकसनले गोल गरे पनि टिमको हार टार्न सकेनन् । योसँगै पोर्चुगलले समग्रमा ५–३ को जित निकाल्दै सेमिफाइन यात्रा तय गरेको हो । पहिलो लेगमा पोर्चुगल डेनमार्कको मैदानमा १–० ले पराजित भएको थियो । पोर्चुगलले अब फाइनल प्रवेशका निम्ति जर्मनीसँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top