आन्दोलन गर्न बोलाएपछि वर्षमानमाथि आलोचनाको वर्षा

११ चैत , काठमााण्डौ ।

काँधमा चढेर टाउकोमा हान्ने दिन आईसके
जिल्ला जिल्लामा गाडी पठाउनुस नेता ज्यु हामी राष्ट्र र राष्ट्रियताका लागि यो ज्यान आहुती दिन तयार छौं।
नारा चाँही यही हुनुपर्छ
गणतन्त्र मुर्दावाद
राजतन्त्र जिन्दावाद ।

Advertisement

हो यस्तै एआई फोटो बनाउनु अनि हाम्रो गणे आन्दोलनमा २÷३ अरब मान्छे सहभागी थिए भनेर अफवाह फैलाउनु है ।

 

Advertisement

गणतन्त्र मुर्दावाद भन्ने बेला आयो पब्लिकले अब तिमीहरू ले बसमा हालेर लगेको मानिस नै राजतन्त्र जिन्दावाद भन्न बेर लाग्दैन है

                                       गाउँ गाउँ बाट उठौं सहर बस्तीबाट उठौं काँग्रेस, एमाले माओवादीलाई इतिहास बाटै लखेटौं ।राजा ल्याउँ देश बचाऔं

कोही पनि न जानू होला माओवादी सामन्तवादी ,परिवारवाद र आतंककारी हुन। उसले खुलेआम ५००० मरेको जिम्मा लिएको छ। तैपनि कुनै सजाय पाएको छैन। हरेक देशमा एक दुई जना यस्ता ब्याक्ती हुन्छ। कि उसलाई देश संग कुनै मतलब हुदैन । उसलाई मात्र पार्टी संग मतलब हुन्छ। त्यही भएर यस्ता आतंककारी गतिविधिमा कोई पनि सहभागिता न जनाउनु होलान् ।

जय देश
जय राष्ट्रवाद
जय नेपाल
जय नेपाली

तपाईहरुको नेतृत्वमा देश सिङ्गापुर बनिसकेको छ अब स्वीट्जरल्याण्ड बन्ने दिशामा छ । हामी सबै नेपाली खुसी छौ । ज्ञात अज्ञात सहिदको सपना पुरा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ! तपाईहरुको कारण नेपाली जनता खुसीले पागल जस्तै छन, अरु जे कुरा गरेपनि नेपाली जनतालाई छोडेर जाने कुरा नगर्नुहोला ।

जाऔ जाऔ, अनि राजा सहितको पुर्ण जनमुखी प्रजातन्त्रको वकालत गरौँ र बिदेशी आयातित, लादिएको जनताको बुइ चढेर जनतालाई नै ठोक्दै बिदेश श्रम गर्न खेद्ने, निषेधको राजनिती – व्यवस्था÷प्रणाली खारेज गरौँ ।

                                        ¥याली एआइमा मात्रै हुन्छ। आतंककारीको मतियार हुन कोहि जाँदैनन्। कति हुन्छन् हेरौंला!

यी तथाकथित नेता भनाउदाहरुले जनताहरुका आधारभुुत आवश्यक्ता, आम समस्या, देश विकास, राष्ट्रिय मुद्दाहरुमा कहिले यसरी दोडधुप गरेको, चिन्तन मनन गरेको पाउनु भयो..? यिनीहरु आज आफुले भ्रष्टाचार गरेर, लुटेको, कमिशन खाएको, दलाली गरेको, देश बेचेर खडा गरेको साम्राज्य बचाउन जोगाउन लागि परेका छन, एक भएका हुन्।“फरक पार्टी फरक झण्डा, देश लुटने एउटै धन्दा“
“कहिले फुटने कहिले जुटने, उद्देश्य एउटै देश लुटने“
एउटा राजाले यी स्याललाई एक ठाँउमा ल्याउन बाध्य पारे। तेरिमा चंडाल, भ्रष्ट, दलालहरु हो..!

यी सबै टिप्पणीहरु सामाजिक संजालबाट लिइएका हुन् । यी माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले यही १५ गते गणतन्त्रका पक्षमा काठमाडौंमा विशाल शक्ति प्रर्दशन गर्ने भन्दै सामाजिक संजालबाट सहभागिताका लागि आहन गरेपछि जनताले दिएका प्रतिक्रियाहरु हुन् ।

माओवादीका उपमहासचिव वर्षमान पुन अन्नतले एआईबाट बनाइएको फोटोमार्फत लङ लाइभ रिपब्लिक नेपालको ब्यानरसहित चैत १५को प्रर्दशनमा सहभागि हुन् सामाजिक संजालमार्फत आह्वान गरेका छन् । जसमा अधिकांशका प्रतिक्रियाहरु नकारात्मक आएका छन् । जहाँबाट केही प्रतिनिधि प्रतिक्रियाहरु मात्रै हामीले यहाँ प्रस्तुत गरेका छौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिले नेपालमा राजनीतिक तरंग ल्याएको छ। गणतन्त्र प्राप्तिको झन्डै दुई दशकपछि, राजावादीहरूको आन्दोलन उच्च बिन्दुमा पुगेकोछ। पूर्वराजाले जनताको साथ मागेपछि यसको प्रतिकारमा गणतन्त्र पक्षधरहरू एकजुट हुँदै चैत १५ गते प्रदर्शनको तयारीमा छन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले यही १५ गते गणतन्त्रका पक्षमा काठमाडौंमा विशाल शक्ति प्रर्दशन गर्ने तय गरेका छन्। प्रर्दशनपूर्व सत्तारुढ दुई दलसहित माओवादीका शीर्ष नेताहरु आज छलफलमा जुट्दैछन् ।

चैत १५ मा शक्ति प्रर्दशन गर्ने तय गरिसकेको माओवादीले हुलाकी राजमार्गकेन्द्रित तराई मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ। माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थागित गरिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् ।

उनले चैत १६ गतेबाट अभियान फेरि अघि बढ्ने बताएका छन् । आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता तय भएको छ।

शीर्ष नेताहरुबीचको भेटवार्ताको लागि प्रचण्ड साँझ काठमाडौँ फर्किन लागेका हुन्। माओवादीको नेतृत्वमा जनप्रर्दशन हुने दिन नै मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा राजतन्त्र समर्थकहरूले तीनकुनेमा शक्ति प्रदर्शन गर्दैछन्।

नेपालमा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधर शक्तिहरूबीचको संघर्ष पछिल्लो समय झन् चर्किएको देखिन्छ। पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिले राजसंस्थाको पुनस्र्थापनाको बहस पुनः ताजा बनाएको छ भने, यसको प्रतिकारमा सत्तारूढ शक्तिहरू संगठित ढंगले प्रदर्शनको तयारीमा छन्।

चैत १५ को दिन गणतन्त्र पक्षधरहरूले काठमाडौंमा विशाल प्रदर्शन गर्ने तयारी गरिरहेका बेला, सोही दिन राजतन्त्र पक्षधरहरूले पनि तीनकुनेमा शक्ति प्रदर्शन गर्दैछन्। यसले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणलाई संकेत गर्दैछ।

पूर्वराजाको सक्रियता गणतन्त्रको भविष्यप्रति चुनौती हो कि जनअपेक्षाको संकेत? यो प्रश्न अहिले तीव्र रूपमा उठिरहेको छ। यसबीच, सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच सिंहदरबारमा हुन लागेको छलफलको परिणाम महत्वपूर्ण हुन सक्छ।

उनीहरूबीचको सहमति र रणनीति राजावादी लहर रोक्नमात्र नभई गणतन्त्रप्रति आमजनताको विश्वास कत्तिको कायम छ भन्ने कुरा स्पष्ट पार्नेछ। अबको परिदृश्यमा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरबीचको प्रतिस्पर्धा सडक प्रदर्शनमा मात्र सीमित रहनेछ कि, यो व्यवस्थागत परिवर्तनतर्फ उन्मुख हुनेछ?

यही प्रश्न अहिले नेपाली राजनीतिक वृत्तमा सबैभन्दा चर्चामा छ। यस्तो अवस्थामा सत्तारूढ दलहरूको निर्णय, नागरिकको मनोविज्ञान र राज्य संयन्त्रको भूमिकाले आगामी दिनमा नेपालको राजनीतिक दिशा तय गर्नेछ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top