NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

आन्दोलन गर्न बोलाएपछि वर्षमानमाथि आलोचनाको वर्षा

सोमवार चैत्र ११ , २०८१
Reading Time: 1 min read
A A
आन्दोलन गर्न बोलाएपछि वर्षमानमाथि आलोचनाको वर्षा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ चैत , काठमााण्डौ ।

काँधमा चढेर टाउकोमा हान्ने दिन आईसके
जिल्ला जिल्लामा गाडी पठाउनुस नेता ज्यु हामी राष्ट्र र राष्ट्रियताका लागि यो ज्यान आहुती दिन तयार छौं।
नारा चाँही यही हुनुपर्छ
गणतन्त्र मुर्दावाद
राजतन्त्र जिन्दावाद ।

हो यस्तै एआई फोटो बनाउनु अनि हाम्रो गणे आन्दोलनमा २÷३ अरब मान्छे सहभागी थिए भनेर अफवाह फैलाउनु है ।

 

गणतन्त्र मुर्दावाद भन्ने बेला आयो पब्लिकले अब तिमीहरू ले बसमा हालेर लगेको मानिस नै राजतन्त्र जिन्दावाद भन्न बेर लाग्दैन है

                                       गाउँ गाउँ बाट उठौं सहर बस्तीबाट उठौं काँग्रेस, एमाले माओवादीलाई इतिहास बाटै लखेटौं ।राजा ल्याउँ देश बचाऔं

कोही पनि न जानू होला माओवादी सामन्तवादी ,परिवारवाद र आतंककारी हुन। उसले खुलेआम ५००० मरेको जिम्मा लिएको छ। तैपनि कुनै सजाय पाएको छैन। हरेक देशमा एक दुई जना यस्ता ब्याक्ती हुन्छ। कि उसलाई देश संग कुनै मतलब हुदैन । उसलाई मात्र पार्टी संग मतलब हुन्छ। त्यही भएर यस्ता आतंककारी गतिविधिमा कोई पनि सहभागिता न जनाउनु होलान् ।

जय देश
जय राष्ट्रवाद
जय नेपाल
जय नेपाली

तपाईहरुको नेतृत्वमा देश सिङ्गापुर बनिसकेको छ अब स्वीट्जरल्याण्ड बन्ने दिशामा छ । हामी सबै नेपाली खुसी छौ । ज्ञात अज्ञात सहिदको सपना पुरा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ! तपाईहरुको कारण नेपाली जनता खुसीले पागल जस्तै छन, अरु जे कुरा गरेपनि नेपाली जनतालाई छोडेर जाने कुरा नगर्नुहोला ।

जाऔ जाऔ, अनि राजा सहितको पुर्ण जनमुखी प्रजातन्त्रको वकालत गरौँ र बिदेशी आयातित, लादिएको जनताको बुइ चढेर जनतालाई नै ठोक्दै बिदेश श्रम गर्न खेद्ने, निषेधको राजनिती – व्यवस्था÷प्रणाली खारेज गरौँ ।

                                        ¥याली एआइमा मात्रै हुन्छ। आतंककारीको मतियार हुन कोहि जाँदैनन्। कति हुन्छन् हेरौंला!

यी तथाकथित नेता भनाउदाहरुले जनताहरुका आधारभुुत आवश्यक्ता, आम समस्या, देश विकास, राष्ट्रिय मुद्दाहरुमा कहिले यसरी दोडधुप गरेको, चिन्तन मनन गरेको पाउनु भयो..? यिनीहरु आज आफुले भ्रष्टाचार गरेर, लुटेको, कमिशन खाएको, दलाली गरेको, देश बेचेर खडा गरेको साम्राज्य बचाउन जोगाउन लागि परेका छन, एक भएका हुन्।“फरक पार्टी फरक झण्डा, देश लुटने एउटै धन्दा“
“कहिले फुटने कहिले जुटने, उद्देश्य एउटै देश लुटने“
एउटा राजाले यी स्याललाई एक ठाँउमा ल्याउन बाध्य पारे। तेरिमा चंडाल, भ्रष्ट, दलालहरु हो..!

यी सबै टिप्पणीहरु सामाजिक संजालबाट लिइएका हुन् । यी माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले यही १५ गते गणतन्त्रका पक्षमा काठमाडौंमा विशाल शक्ति प्रर्दशन गर्ने भन्दै सामाजिक संजालबाट सहभागिताका लागि आहन गरेपछि जनताले दिएका प्रतिक्रियाहरु हुन् ।

माओवादीका उपमहासचिव वर्षमान पुन अन्नतले एआईबाट बनाइएको फोटोमार्फत लङ लाइभ रिपब्लिक नेपालको ब्यानरसहित चैत १५को प्रर्दशनमा सहभागि हुन् सामाजिक संजालमार्फत आह्वान गरेका छन् । जसमा अधिकांशका प्रतिक्रियाहरु नकारात्मक आएका छन् । जहाँबाट केही प्रतिनिधि प्रतिक्रियाहरु मात्रै हामीले यहाँ प्रस्तुत गरेका छौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिले नेपालमा राजनीतिक तरंग ल्याएको छ। गणतन्त्र प्राप्तिको झन्डै दुई दशकपछि, राजावादीहरूको आन्दोलन उच्च बिन्दुमा पुगेकोछ। पूर्वराजाले जनताको साथ मागेपछि यसको प्रतिकारमा गणतन्त्र पक्षधरहरू एकजुट हुँदै चैत १५ गते प्रदर्शनको तयारीमा छन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले यही १५ गते गणतन्त्रका पक्षमा काठमाडौंमा विशाल शक्ति प्रर्दशन गर्ने तय गरेका छन्। प्रर्दशनपूर्व सत्तारुढ दुई दलसहित माओवादीका शीर्ष नेताहरु आज छलफलमा जुट्दैछन् ।

चैत १५ मा शक्ति प्रर्दशन गर्ने तय गरिसकेको माओवादीले हुलाकी राजमार्गकेन्द्रित तराई मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ। माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थागित गरिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् ।

उनले चैत १६ गतेबाट अभियान फेरि अघि बढ्ने बताएका छन् । आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता तय भएको छ।

शीर्ष नेताहरुबीचको भेटवार्ताको लागि प्रचण्ड साँझ काठमाडौँ फर्किन लागेका हुन्। माओवादीको नेतृत्वमा जनप्रर्दशन हुने दिन नै मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा राजतन्त्र समर्थकहरूले तीनकुनेमा शक्ति प्रदर्शन गर्दैछन्।

नेपालमा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधर शक्तिहरूबीचको संघर्ष पछिल्लो समय झन् चर्किएको देखिन्छ। पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिले राजसंस्थाको पुनस्र्थापनाको बहस पुनः ताजा बनाएको छ भने, यसको प्रतिकारमा सत्तारूढ शक्तिहरू संगठित ढंगले प्रदर्शनको तयारीमा छन्।

चैत १५ को दिन गणतन्त्र पक्षधरहरूले काठमाडौंमा विशाल प्रदर्शन गर्ने तयारी गरिरहेका बेला, सोही दिन राजतन्त्र पक्षधरहरूले पनि तीनकुनेमा शक्ति प्रदर्शन गर्दैछन्। यसले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणलाई संकेत गर्दैछ।

पूर्वराजाको सक्रियता गणतन्त्रको भविष्यप्रति चुनौती हो कि जनअपेक्षाको संकेत? यो प्रश्न अहिले तीव्र रूपमा उठिरहेको छ। यसबीच, सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच सिंहदरबारमा हुन लागेको छलफलको परिणाम महत्वपूर्ण हुन सक्छ।

उनीहरूबीचको सहमति र रणनीति राजावादी लहर रोक्नमात्र नभई गणतन्त्रप्रति आमजनताको विश्वास कत्तिको कायम छ भन्ने कुरा स्पष्ट पार्नेछ। अबको परिदृश्यमा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरबीचको प्रतिस्पर्धा सडक प्रदर्शनमा मात्र सीमित रहनेछ कि, यो व्यवस्थागत परिवर्तनतर्फ उन्मुख हुनेछ?

यही प्रश्न अहिले नेपाली राजनीतिक वृत्तमा सबैभन्दा चर्चामा छ। यस्तो अवस्थामा सत्तारूढ दलहरूको निर्णय, नागरिकको मनोविज्ञान र राज्य संयन्त्रको भूमिकाले आगामी दिनमा नेपालको राजनीतिक दिशा तय गर्नेछ।

Tags: #वर्षमानमाथि आलोचनाको वर्षा

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.