कस्तो हुनेछ आज देशभरको मौसम, कहाँ पर्छ पानी ?

१६ चैत ८१, सोमबार

१८ चैत, काठमाण्डौ।

Advertisement

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ।

सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Advertisement

दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई बाँकी प्रदेशका भूभागहरुमा मौसम सफा रहने पूर्वानुमान छ। महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने प्रक्षेपण गरेको छ।

सोमबार राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले राति भने वर्षाको सम्भावना देखाएको छैन।

Advertisement

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top