×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भरतमोहन अधिकारीको नागरिक अभिनन्दन गरिने

१६ आश्विन २०७५

विराटनगर, १६ असोज ।
बरिष्ठ राजनीतिक तथा सामाजिक ब्याक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फवाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उनलाई नागरिकको तर्फवाट अभिनन्दन गर्न लागिएको हो ।

यस सम्वन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेषप्रसाद धमलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिमा उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ, पत्रकार महासंघ, जिल्ला सहकारी संघ, मनमोहन स्मृती प्रतिष्ठान, जेष्ठ नागरिकसंग सम्वन्धित संघ÷संगठनहरु, प्याब्सन लगायत बिभिन्न संघ÷संगठन, सभासद, सामाजिक ब्यक्तित्वहरु सदस्य रहेका छन् ।

Advertisement

त्यसैगरी डा. धमलाकै सयोजकत्वमा ३१ सदस्यीय कार्य सम्पादन समिति समेत गठन गरिएको छ । कार्यसम्पादन समितिको सम्पन्न बैठकले बिभिन्न आठवटा उपसमितिहरु गठन गरेको छ । पवन सारडाको संयोजकत्वमा कार्यस्थल ब्यवस्थापन, भिम घिमिरेको संयोजकत्वमा आर्थिक, डा. भेष प्रसाद धमला स्वागत सत्कार, कविराज न्यौपानको संयोजकत्वमा अभिनन्दनपत्र तयारी एवम कार्यपुस्तिका प्रकाशन, रमेश चन्द्र पौडेलको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरिएको छ ।त्यसैगरी डिल्ली पोखरेलको संयोजकत्वमा प्रचारप्रसार, भिखमचन शरणको संयोजकत्वमा जलपान ब्यवस्थापन र स्वास्थ्य महाशाखाका प्रमुख ज्ञान व. बस्नेतको संयोजकत्वमा स्वास्थ्य उपसमिति रहेका छन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको समय लिएर मिति तय गर्ने मूल समारोह समितिका संयोजक डा. भेषप्रसाद धमलाले बताए । उनका अनुसार १ नं. प्रदेशका मूख्यमन्त्री शेरधन राई संयोजक र सामाजिक विकास मन्त्री जिवन घिमिरे सहसंयोजक रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

Advertisement

पूर्व उपप्रधानमन्त्री समेत रहेका बरिष्ठ राजनितिज्ञ भरत मोहन अधिकारीले सामाजिक तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो । अधिकारी १ नं. प्रदेश अन्तर्गत विराटनगरका स्थायी बासिन्दा हुन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top