इमरान खान नोबेल शान्ति पुरस्कारका लागि मनोनित

१९ चैत, एजेन्सी।

लामो समयदेखि पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ । राष्ट्रिय कोष हिनामिना गरेको आरोपमा इमरान खान २०२३ देखि जेलमा छन् ।

नर्वेको राजनीतिक दल पार्टीट सेन्ट्रमसँग सम्बन्धित पाकिस्तान वल्र्ड एलायन्सले पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको प्रवद्र्धन गर्ने कार्य गरेको हुनाले इमरान खानको मनोनयनको घोषणा गरेको जनाइएको छ ।

Advertisement

पार्टीट सेन्ट्रमले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, ’पार्टीट सेन्ट्रमको तर्फबाट हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि हामीले मनोनयन गर्ने अधिकार भएका जो कोहीसँग मिलेर पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरेका छौं।’

इमरान खानलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कारको लागि पनि मनोनयन गरिएको थियो । यो मनोनयन भारतसँगको तनाव कम गर्न २०१९ मा गरिएको थियो । उनको समर्थनमा पाकिस्तान संसदमा एक प्रस्ताव पेश गरिएको थियो जसमा इमरान खानले बालाकोट हवाई आक्रमण पछि भारतसँगको तनाव कम गर्ने प्रयास गरेका जनाइएको थियो ।

Advertisement

२०२५ को नोबेल शान्ति पुरस्कारको लागि ३३८ मनोनयनहरू छन् । यी मध्ये २४४ जना व्यक्ति र ९४ संस्थाहरू छन् । गत वर्ष यस पुरस्कारका लागि २८६ जना मनोनित भएका थिए । २०१६ मा सबैभन्दा धेरै ३७६ मनोनयनहरू आएका थिए ।

२०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१ सम्म रहेको थियो । नोबेल शान्ति पुरस्कार विश्व शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय सहयोग, र द्वन्द्व समाधानका क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ।

यो पुरस्कार नर्वेजियन नोबेल कमिटीले प्रदान गर्छ। अन्य नोबेल पुरस्कारहरू स्वीडेनमा प्रदान गरिए पनि शान्ति पुरस्कार भने नर्वेको संसदद्वारा नियुक्त कमिटीले निर्णय गर्छ । नोबेल शान्ति पुरस्कार प्राप्त गर्न व्यक्ति वा संस्थाले मानवताका लागि उल्लेखनीय योगदान पुर्याउनुपर्छ।

युद्ध रोक्ने, मानवअधिकार रक्षा गर्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने, गरिबी हटाउने वा शान्ति स्थापना गर्ने जुनसुकै क्षेत्रमा पनि यो पुरस्कार प्रदान गरिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top