×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

१८ चैत्र २०८१

१९ चैत, काठमाण्डौ ।

रास्वपाको सभापतिमा पुनर्वहाली भएका रवि लामिछानेले आफ्नो निलम्बनमा परेको सांसद पद पनि फुकुवा गर्न माग गरेका छन् । यसका लागि आज उनले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । रास्वपाको सांसद टोली लिएर घिमिरेलाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका रविले आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरे ।

Advertisement
Advertisement

निलम्बन फुकुवाका लागि रविले सभामुखसँग गुहाएर लगाएको यो दोस्रो पटक हो । सभामुखसँग लामिछानेले मुद्दा अदालतको ढोकामा पुग्नेबित्तिकै जननिर्वाचित सांसद पद निलम्बन गर्न नमिल्ने बताएको जानकारी दिए ।

सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप पनि लगाए । उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसदबाटै समाधान खोज्नु पर्ने र यसका लागि आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए ।

‘जनप्रतिनिधिका लागि सर्वोच्च निकाय सम्मानित सदन हो । यो अधिवेशन सुरु भएको पहिलो दिन नै प्रक्रियागत रूपमा नै सभामुख देवराज घिमिरेलाई निवेदन दिएको थिएँ । संविधान, कानुनको मक्सद त्यो होइन ।

राजनीतिक प्रतिशोधका कारणले म जन्मनुभन्दा अगाडि, मेरो हजुरबुबाले आर्जन गरेको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाहभन्दा अगाडि श्रीमतीको सम्पत्तिलाई कसुर मानेर खाली सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने कुत्सित मनसाय राखेर मुद्दा दर्ता मात्र गरिएको हो ।

ढोकामा टेकाइएको मुद्दामा आधारमा निलम्बन हुनुहुँदैन भनेर निवेदन राखेको थिएँ,’ उनले भने । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो ।

संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो । रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ ।

सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए । तर पहिलाको जस्तै यस पटक पनि सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न नसकिने बताएका छन् ।

लामिछानेसहित रास्वपाको टोलीलाई उनले फुकुवा गर्ने अधिकार आफूसँग नभएको बताएका छन् । ’सांसद पद सभामुखको हैसियतले मैले निलम्बन गरेको होइन । मैले सूचनामात्रै जारी गरेको हो। कानुनले सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि निलम्बन हुने व्यवस्था गरेको छ ।

मैले निलम्बन फुकुवा गर्न सक्दिनँ’ सभामुखले भने । रविले सभामुखबाटै सांसद पद फुकुवा गर्ने विश्वास भएकाले अहिले अदालत नगएको बताए । यद्यपि, सभामुखले तत्काल लामिछानेको सांसद पद फुकुवा गर्न नसक्ने जवाफ दिएका छन् ।

सभामुखले रविलाई भने, ‘तपाईँसहितको संसद भएको भए राम्रो हुन्थ्यो । तर, मैले नियमावली हेरेर कानूनअनुसार गरेको हुँ । कानूनभन्दा माथि कोही छैन ।’ यता लामिछानेले भने सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाए ।

Advertisement

सभामुखसँगको भेटपछि पर्साको विलम्बलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गरे । उनले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top