×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

देउवासहित संसदमा धेरै गयल हुने सांसदहरु को–को हुन् ?

१८ चैत्र २०८१

१९ चैत, काठमाण्डौ।

संघीय संसदको गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरेका छन् ।

Advertisement
Advertisement

यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन् । देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदहरु १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् ।

सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली काँग्रेसकी सांसद मनोरमा शेरचन हुन् । थेरापी चलिरहेको कारण देखाउँदै उनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराए ।

सभामुख घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्यहरु लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन (उनको आज निधन भएको छ) यस्तै शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन् ।

संसदमा गयल हुने सांसदहरुमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरेका छन् । उनले सांसदहरुको विदा स्वीकृत गरेका हुन्, तीनमा सहकारी ठगी प्रकरणमा फरारदेखि विदेश भ्रमणमा रहेका सांसदसम्म छन् ।

सभामुखका अनुसार, कांग्रेसकी सांसद लीलादेवी बोखिम लिम्बु फागुन ११ गतेदेखि पारिवारिक कामले बेलायत भ्रमणमा छिन् । यस्तै, कांग्रेसका सांसद रमेश रिजाल पनि वैदेशिक भ्रमणमा रहेकाले १२ बैठकमा अनुपस्थित रहे ।

शेरबहादुर देउवा भने पार्टीको कार्यक्रममा व्यस्त रहेकाले बैठकमा अनुपस्थित रहेको सूचना सभामुखले सुनाए । सहकारी ठगी प्रकरणको आरोपपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद गीता बस्नेत फरार छिन् ।

प्रहरीले उनलाई फरारको सूचीमा राखेको छ । उनी सदनको हिउँदे अधिवेशनभर अनुपस्थित रहिन् । यस अधिवेशनमा २७ वटा बैठक बसेको थियो । उनी स्वास्थ्य उपचारमा रहेको सूचना सभामुख घिमिरेले प्रस्तुत गरे ।

जबकी हिउँदे अधिवेशनमा प्रतिनिधि सभाका जम्मा २७ वटा बैठक बसेको थियो । अधिवेशनको पुरै अवधि कुनैपनि बैठकमा उपस्थित नरहेकी फरार सांसद बस्नेतको बिदा सभाले स्वीकृत गरेको हो ।

बस्नेत सहकारी ठगीको अनुसन्धानमा छिन् । सहकारी ठगीको आरोप लागेपछि उनी फरार छिन् । संसद् सचिवालयका अनुुसार बस्नेत २०८१ माघ १८ गतेदेखि मंगलबारसम्म बसेका २७ वटै बैठकमा अनुपस्थित रहेकी हुन् ।

यसबीचमा उनले सांसदको रुपमा प्राप्त गर्ने तलबभत्ता र सेवासुविधा लिइरहेकी छन् । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको हिउँदै अधिवेशन आज अध्यरातबाट अन्त्य हुँदैछ । माघ १८ गतेबाट सुरू भएको यो पाँचौ अधिवेशन आजसम्म गरी जम्मा ६१ दिन चालू भएको संसद सचिवालयले जनाएको छ ।

जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारवाहीमा बिताइएको छ । यस अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ ।

Advertisement

जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन छन् । त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकमध्ये २ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top