NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ? आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ? आइतवार पुस १३ , २०८२
Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık शनिबार पुस १२ , २०८२
Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar शनिबार पुस १२ , २०८२
Next
Prev

समाचार

हालान्ड घाइते, म्यानचेस्टर सिटी तनावमा

मङ्लबार चैत्र १९ , २०८१
Reading Time: 1 min read
A A
हालान्ड घाइते, म्यानचेस्टर सिटी तनावमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ चैत, एजेन्सी।

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड लामो समय मैदानबाहिर रहने भएका छन् । हालान्ड आइतबारको एफए कपमा बोर्नमाउथ विरुद्धको जितमा खुट्टाको चोट बोकेपछि गम्भिर घाइते भएका थिए । यद्यपि स्वास्थ्य विशेषज्ञले उनको चोटका बारेमा अध्ययन गरेपछि क्लबले उनले यो सिजन फेरि खेल्न सक्ने आशा ब्यक्त गरेको छ ।

नर्वेजियन खेलाडीले ६१ औं मिनेटमा बराबरी गोल गरेपछि सिटीले चेरीलाई २–१ ले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो । २४ वर्षीय खेलाडी घाइते भएको सामाजिक सञ्जालमा एक भिडियो देखिएको थियो, जहाँ भिटालिटी स्टेडियममा उनी बैसाखी र सुरक्षात्मक बुटलगाएर बायाँ खुट्टा उचालेर हिडेको देखिएको थियो ।

सिटीले सोमबार भन्यो, ‘हालान्ड यस गर्मीको फिफा क्लब विश्वकपसहित यस सिजनको बाँकी भाग खेल्नका लागि फिट हुनेछन् भन्ने आशा राखेको छ।’ यो सिजन ४० खेलमा ३० गोल गरेका हालान्डले चोटको पूर्ण अवस्था बुझ्न विशेषज्ञकहाँ पठाउनु अघि उनको खुट्टाको सोमबार परीक्षण गरेकोसमेत क्लबले बताएको छ ।

जसका कारण हालान्डले आइतवार पेनाल्टी र दुई ठूला अवसर गुमाएका थिए । तर उनले निको ओरेलीको क्रसमा गोल गर्दै खेल बराबरीमा पु¥याउन भने सफल भएका थिए । म्यानेजर गार्डिओलाले अभियानभर प्रमुख खेलाडीको चोटको सामना गर्नु परेको छ ।

उनको टोली प्रिमियर लिगमा पाँचौं स्थानमा छ भने च्याम्पियन्स लिगमा चेल्सीभन्दा एक अंकले पछि रहेको छ । सिटी यस सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन संघर्षरत छ। लिगमा पाँचौं स्थानमा रहँदा शीर्ष चारभित्र पर्न नौ खेल बाँकी छन् ।

साथै एफए कपको सेमिफाइनल अप्रिल २६ मा वेम्ब्लीमा नटिङ्घम फरेस्टविरुद्ध खेल्नुपर्नेछ । ‘चोटको थप मूल्यांकन भइरहेको छ,’सिटीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ,‘हालान्ड सिजनको बाँकी खेलहरूमा सहभागिता जनाउन फिट हुने अपेक्षा गरिएको छ, जसमा यस समरको फिफा क्लब विश्वकप पनि समावेश छ।’

यता बायर्न म्युनिखका स्टार खेलाडी थोमस मुलरले पनि आफ्नो करिअर अन्त्य गर्ने संकेत गरेका छन् । ३५ वर्षीय मुलरको सम्झौता जुन महिनासम्म मात्र बाँकी छ तर, क्लबले उनको सम्झौता नवीकरण नगर्ने खबर बाहिरिएको छ ।

बायर्नले ठूलो तलब बचत गर्न उनीसँग नयाँ सम्झौता नगर्ने निर्णय गरेको हो । मुलरले सन् २००८ मा बायर्नबाट डेब्यू गरेका थिए, जुनर्गेन क्लिन्समनको प्रशिक्षणमा । उनको ब्रेक थ्रु सिजन लुइस भान गालको नेतृत्वमा सन् २००९–१० मा भएको थियो ।

त्यसपछि उनले क्लबको लागि ७४२ खेल खेल्दै २४७ गोल गरिसकेका छन् । मुलरले कीर्तिमानी १२ बुन्डेसलिगा उपाधि र दुई च्याम्पियन्स लिग जितेका छन् । उनी अझै पनि थप उपाधि जित्न सक्छन् ।

बायर्न बुन्डेसलिगामा ६ अंकको अग्रता लिएर शीर्ष स्थानमा छ । साथै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इन्टर मिलानसँग खेल्ने तयारी गरिरहेको छ । मुलरले यो सिजन बुन्डेसलिगामा २३ खेल खेलेका छन् ।

तर, १५ पटक उनी वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका छन् । च्याम्पियन्स लिगमा १० खेलमा मात्र तीन पटक सुरुआत गर्न पाए । पछिल्ला खेलहरूमा उनी मैदानमा अन्तिम केही मिनेट मात्र खेल्ने गरेका छन्।

सेन्ट पाउलीविरुद्ध उनी ८५औं मिनेटमा र स्टुटगार्टविरुद्ध ८७औं मिनेटमा मैदान छिरेका थिए । बायर्नका स्पोर्टिङ डाइरेक्टर म्याक्स एबरलले दुई हप्ता अघि मुलरका एजेन्टलाई क्लबले सम्झौता नथप्ने निर्णय गरेको जानकारी गराएका थिए ।

तर, म्यानुएल नोयर, अल्फोन्सो डेभिस, जमाल मुसियाला र जोसुआ किमिखले भने नयाँ सम्झौता गरिसकेका छन् । मुलर अझै एक सिजन खेल्न चाहन्थे। तर, क्लबले छोटो अवधि सम्झौता दिए मात्र उनी यस समरमा अमेरिकामा आयोजना हुने क्लब विश्वकप खेल्न सक्नेछन् ।

मुलरले २०२३ को युरोपियन च्याम्पियनसिपपछि जर्मनीको राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले १३ नम्बरको जर्सी लगाउँदै जर्मनीका लागि १३१ खेल खेलेका थिए, जुन उनले आफ्नो भाग्यशाली नम्बर भनेका थिए ।

Tags: #मुलरको करिअर अन्त्य नजिक#हालान्ड घाइते#म्यानचेस्टर सिटी तनावमा

लोकप्रीय

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२

विचार

थप समाचार

Etiler Escort

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.