हालान्ड घाइते, म्यानचेस्टर सिटी तनावमा

१७ चैत ८१, मंगलबार

१९ चैत, एजेन्सी।

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड लामो समय मैदानबाहिर रहने भएका छन् । हालान्ड आइतबारको एफए कपमा बोर्नमाउथ विरुद्धको जितमा खुट्टाको चोट बोकेपछि गम्भिर घाइते भएका थिए । यद्यपि स्वास्थ्य विशेषज्ञले उनको चोटका बारेमा अध्ययन गरेपछि क्लबले उनले यो सिजन फेरि खेल्न सक्ने आशा ब्यक्त गरेको छ ।

नर्वेजियन खेलाडीले ६१ औं मिनेटमा बराबरी गोल गरेपछि सिटीले चेरीलाई २–१ ले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो । २४ वर्षीय खेलाडी घाइते भएको सामाजिक सञ्जालमा एक भिडियो देखिएको थियो, जहाँ भिटालिटी स्टेडियममा उनी बैसाखी र सुरक्षात्मक बुटलगाएर बायाँ खुट्टा उचालेर हिडेको देखिएको थियो ।

Advertisement

सिटीले सोमबार भन्यो, ‘हालान्ड यस गर्मीको फिफा क्लब विश्वकपसहित यस सिजनको बाँकी भाग खेल्नका लागि फिट हुनेछन् भन्ने आशा राखेको छ।’ यो सिजन ४० खेलमा ३० गोल गरेका हालान्डले चोटको पूर्ण अवस्था बुझ्न विशेषज्ञकहाँ पठाउनु अघि उनको खुट्टाको सोमबार परीक्षण गरेकोसमेत क्लबले बताएको छ ।

जसका कारण हालान्डले आइतवार पेनाल्टी र दुई ठूला अवसर गुमाएका थिए । तर उनले निको ओरेलीको क्रसमा गोल गर्दै खेल बराबरीमा पु¥याउन भने सफल भएका थिए । म्यानेजर गार्डिओलाले अभियानभर प्रमुख खेलाडीको चोटको सामना गर्नु परेको छ ।

Advertisement

उनको टोली प्रिमियर लिगमा पाँचौं स्थानमा छ भने च्याम्पियन्स लिगमा चेल्सीभन्दा एक अंकले पछि रहेको छ । सिटी यस सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन संघर्षरत छ। लिगमा पाँचौं स्थानमा रहँदा शीर्ष चारभित्र पर्न नौ खेल बाँकी छन् ।

साथै एफए कपको सेमिफाइनल अप्रिल २६ मा वेम्ब्लीमा नटिङ्घम फरेस्टविरुद्ध खेल्नुपर्नेछ । ‘चोटको थप मूल्यांकन भइरहेको छ,’सिटीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ,‘हालान्ड सिजनको बाँकी खेलहरूमा सहभागिता जनाउन फिट हुने अपेक्षा गरिएको छ, जसमा यस समरको फिफा क्लब विश्वकप पनि समावेश छ।’

यता बायर्न म्युनिखका स्टार खेलाडी थोमस मुलरले पनि आफ्नो करिअर अन्त्य गर्ने संकेत गरेका छन् । ३५ वर्षीय मुलरको सम्झौता जुन महिनासम्म मात्र बाँकी छ तर, क्लबले उनको सम्झौता नवीकरण नगर्ने खबर बाहिरिएको छ ।

बायर्नले ठूलो तलब बचत गर्न उनीसँग नयाँ सम्झौता नगर्ने निर्णय गरेको हो । मुलरले सन् २००८ मा बायर्नबाट डेब्यू गरेका थिए, जुनर्गेन क्लिन्समनको प्रशिक्षणमा । उनको ब्रेक थ्रु सिजन लुइस भान गालको नेतृत्वमा सन् २००९–१० मा भएको थियो ।

त्यसपछि उनले क्लबको लागि ७४२ खेल खेल्दै २४७ गोल गरिसकेका छन् । मुलरले कीर्तिमानी १२ बुन्डेसलिगा उपाधि र दुई च्याम्पियन्स लिग जितेका छन् । उनी अझै पनि थप उपाधि जित्न सक्छन् ।

बायर्न बुन्डेसलिगामा ६ अंकको अग्रता लिएर शीर्ष स्थानमा छ । साथै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इन्टर मिलानसँग खेल्ने तयारी गरिरहेको छ । मुलरले यो सिजन बुन्डेसलिगामा २३ खेल खेलेका छन् ।

तर, १५ पटक उनी वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका छन् । च्याम्पियन्स लिगमा १० खेलमा मात्र तीन पटक सुरुआत गर्न पाए । पछिल्ला खेलहरूमा उनी मैदानमा अन्तिम केही मिनेट मात्र खेल्ने गरेका छन्।

सेन्ट पाउलीविरुद्ध उनी ८५औं मिनेटमा र स्टुटगार्टविरुद्ध ८७औं मिनेटमा मैदान छिरेका थिए । बायर्नका स्पोर्टिङ डाइरेक्टर म्याक्स एबरलले दुई हप्ता अघि मुलरका एजेन्टलाई क्लबले सम्झौता नथप्ने निर्णय गरेको जानकारी गराएका थिए ।

तर, म्यानुएल नोयर, अल्फोन्सो डेभिस, जमाल मुसियाला र जोसुआ किमिखले भने नयाँ सम्झौता गरिसकेका छन् । मुलर अझै एक सिजन खेल्न चाहन्थे। तर, क्लबले छोटो अवधि सम्झौता दिए मात्र उनी यस समरमा अमेरिकामा आयोजना हुने क्लब विश्वकप खेल्न सक्नेछन् ।

मुलरले २०२३ को युरोपियन च्याम्पियनसिपपछि जर्मनीको राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले १३ नम्बरको जर्सी लगाउँदै जर्मनीका लागि १३१ खेल खेलेका थिए, जुन उनले आफ्नो भाग्यशाली नम्बर भनेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top