×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

थाइ समकक्षीसंग आज प्रधानमन्त्री ओलीको भेटवार्ता

१९ चैत्र २०८१

२० चैत ,एजेन्सी ।

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पाइतोङतार्न सिनावात्राबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावात्राले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।

Advertisement
Advertisement

यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ ।

यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावात्राले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् ।

प्रधानन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली मङ्गलबार अपराह्न थाइल्याण्ड पुगेका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा पनि भाग लिनेछन् । प्रधानमन्त्री कार्यालयका अनुसार मंगलबार साँझ स्थानीय समयअनुसार सवा ६ बजे ओली नेतृत्वको टोली बैंकक पुगेको हो ।

बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री र संस्कृति तथा खेलकुदमन्त्री, थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितका अधिकारीहरूले स्वागत गरेका थिए ।

थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । नेपाल र थाइल्यान्डबीच ६५ वर्षअघि नै कूटनीतिक सम्बन्ध स्थापना भए पनि प्रधानमन्त्री तहमा औपचारिक भ्रमण भएको थिएन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण ढकालले थाइल्यान्डको भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा. सहभागिता प्रधानमन्त्री ओलीको भ्रमणको दुई उद्देश्य रहेको बताए । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भएकाले यसबाट दुई देशबीच आर्थिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास राखिएको उनले जनाए ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान थाइल्यान्डका व्यवसायीहरूसँग भेट्ने र दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन साँझ बिमस्टेक शिखर सम्मेलनका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई दिइने रात्रिभोजमा ओली सहभागी हुनेछन् ।

शुक्रबार बिहान प्रधानमन्त्री ओली ‘मेरी टाइम ट्रान्सपोर्ट कोअपरेसन’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुने र बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । शिखर सम्मेलनमा भाग लिने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷प्रधानमन्त्रीसँग ओलीले ‘साइडलाइन’ बैठक गर्नेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठक बहुप्रतीक्षित मानिएको छ । सम्मेलनको समापनपछि शुक्रबार मोदीसँग भेटको सम्भावना छ । त्यसका लागि कूटनीतिक तहबाट प्रयास गरिए पनि अहिलेसम्म भेट हुने तय भइसकेको छैन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले विभिन्न सरकार र राष्ट्र प्रमुखसँग द्विपक्षीय भेटको सम्भावना रहेको बताए । उनले को–कोसँग भेटघाट तय भएकोबारे अहिले स्पष्ट नभएको बताए । सोमबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलगत्तै सम्भव भएसम्म विभिन्न मुलुकका नेताहरूसँग साइडलाइन वार्ताको तयारी रहेको बताएका थिए ।

समयको चाप रहेकाले सम्भव भएसम्मका साइडलाइन भेटघाट हुने उनले उल्लेख गरेका थिए । उनले पनि को–कोसँग भेट हुने खुलाएनन् । ओली प्रधानमन्त्री भएको साढे ८ महिना पुगेको छ । यस अवधिमा उनले भारत भ्रमणको निम्तो पाएका छैनन् ।

त्यसलाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा ओलीको भारतसँग सम्बन्ध चिसो रहेको रूपमा अथ्र्याइने गरेको छ । त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीबीच छुट्टै भेट हुने÷नहुने विषयलाई चासोका साथ हेरिएको छ ।

Advertisement

यसअघि, गत असोजमा न्युयोर्कमा ओली र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । त्यतिबेला संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान साइडलाइन भेटवार्ता भएको थियो । त्यसयता ओली र मोदी बिमस्टेकको मञ्चमा भेट्दै छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top