×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

अमेरिकामा रातारात सरकारी कर्मचारीकै जागिर चट

१९ चैत्र २०८१

२० चैत ,एजेन्सी ।

अमेरिकामा डोनाल्ड ट्रम्पको प्रशासनले विद्यार्थीहरुका लागि र अन्य भिसा आवेदकहरुका लागि पाइला पाइलामा नजर राख्न थालेको छ । अमेरिकाविरुद्ध नारा लगाउने वा सामाजिक संजालमा पोष्ट गर्ने विदेशी विद्यार्थीहरुलाई देश छाड्न निर्देशन दिइसकेको अमेरिकाले अब विद्यार्थी भिसा आवेदक र अन्य आवेदकहरूको सामाजिक सञ्जाल खाता पनि जाँच गर्न निर्देशन दिएको छ ।

Advertisement
Advertisement

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका र इजरायलको आलोचना गरेका व्यक्तिहरूलाई देशमा प्रवेश गर्न रोक लगाउने उद्देश्यले सम्बन्धित देशका राजदूतहरूलाई ती देशका विद्यार्थी र अन्य प्रकारका भिसा आवेदकहरूको सामाजिक सञ्जाल खाताहरूलाई गहनरूपमा जाँच गर्न आदेश दिएका हुन् ।

विदेशमन्त्री रुबियोले मार्च २५ मा विभिन्न राजदूतावासहरूलाई पठाएको पत्रमा यी निर्देशनहरू उल्लेख गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ । विदेशमन्त्री रुबियोको यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले केही विदेशी नागरिकहरू विशेष गरी अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा स्थापित सिद्धान्तप्रति आलोचना गर्नेहरूलाई निकाल्ने अभियान सुरु गर्ने सम्बन्धमा जारी गरिएको एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको लगभग नौ हप्ता पछि आएको हो ।

ट्रम्पले यहुदी विरोधी भनेर चिनाएका कार्यविरुद्ध कारबाही सुरु गर्न पनि कार्यकारी आदेश जारी गरेका थिए । यसअन्तर्गत गाजामा इजरायलको हमलाविरुद्ध अमेरिकाका विश्वविद्यालयहरूमा भएका प्रदर्शनमा सहभागी भएका विदेशी विद्यार्थीलाई निकाल्ने व्यवस्था पनि समावेश छ ।

विदेश मन्त्रीको निर्देशनबारे जानकार दुई अमेरिकी अधिकारीहरूका अनुसार सम्बन्धित देशका कन्सुलर अधिकारीहरूलाई तत्काल निर्देशन कार्यान्वयन गर्न भनिएको छ । विद्यार्थी र एक्सचेन्ज भिसा आवेदकहरूलाई अपराध रोकथाम एकाइमा पठाएर अनिवार्य रूपमा सामाजिक सञ्जाल खाताहरू जाँच गराउनु भन्ने निर्देशन दिइएको छ ।

यसबीच अमेरिकामा संघीय स्वास्थ्यकर्मीहरूलाई कामबाट निकाल्न सुरु भएको छ । कर्मचारीहरूलाई मंगलबार कार्यालयको गेटमै रोकिएपछि यसबारे खुलासा भएको हो । यसरी जागिर गुमाउनेमा कयौँ शीर्ष अधिकारीहरू पनि छन् ।

अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीहरूलाई बर्खास्त गरिने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिको कार्यालयले गत हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए)का ३ हजार ५०० कर्मचारीहरूलाई हटाउने योजना रहेको बताएको थियो ।

साथै, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)बाट पनि २ हजार ४०० कर्मचारीहरूलाई बर्खास्त गरिने भएको छ । यसबाहेक, प्रशासनले राष्ट्रिय स्वास्थ्य संस्थानबाट १ हजार २०० कर्मचारीहरूलाई हटाउनुपर्ने बताएको थियो ।

समग्रमा सङ्क्रामक रोगहरूको अनुगमन गर्ने,खाद्यान्न र अस्पतालहरूको निरीक्षण गर्ने र देशको लगभग आधा भागका लागि स्वास्थ्य बीमा कार्यक्रमहरूको निरीक्षण गर्ने मन्त्रालयले ठूलो पुनर्संरचना योजनाको हिस्साका रूपमा १० हजार रोजगारी कटौती गर्न लागेको हो ।

Advertisement

यो योजनामा १० हजार बर्खास्तीका साथै अन्य १० हजार कामदारले राष्ट्रपति ट्रम्पको प्रशासनले सबै सङ्घीय कर्मचारीलाई दिएको प्रारम्भिक अवकाश वा खरिद प्रस्तावहरू लिँदैछन्।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top