×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

अपराधी खोज्ने प्रहरीको गोप्य विधि के हो ?

१९ चैत्र २०८१

२० चैत , काठमाण्डौ।

शुक्रवार दिउँसो राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनेसँगै तोडफोड, आगजनी र लुटपाट समेत मच्चियो । शुक्रवार नै साँझ पर्न नपाउँदै सामाजिक सञ्जालमा आएका धेरै तस्बिर र भिडियो मध्ये केही भाइरल बन्नपुगे ।

Advertisement
Advertisement

प्रदर्शनका क्रममा आयोजकले तोकेका जनकमान्डर दुर्गा प्रसाईँले चलाएको सेतो रङ्गको गाडीले सुरक्षाकर्मीलाई पेल्दै प्रहरीको ब्यारिकेट तोडेर अघि बढेको भिडियो धेरै भाइरल बनेको थियो ।

त्यसपछि सुरक्षाकर्मीको हतियार खोसेकोदेखि भाटभटेनीबाट स्याउ र सुन्तला लगेकासम्मका भिडियोहरु भाइरल बने । आइतबार फेरि सामाजिक सञ्जालमा तिनै शुक्रवार देखिएका तस्बिरहरू भाइरल बने फरक यति थियो पछिल्लो पटक सबैले जिल्लाप्रहरी परिसर काठमाडौँ लेखिएको ज्याकेट लगाएका थिए ।

शुक्रवार प्रहरीको हतियार, ढुङ्गा, इट्टा, बियरका बोतल, स्याउ, सुन्तला, कुर्थासुरुवाल देखि लिबिस्टिकसम्म बोकेका हातमा प्रहरीले आइतबार हतकडी लगाएको थियो ।सामान्य गल्ती गर्दा सामाजिक रूपमा धेरैले बदनामी खेप्नु प¥यो ।

सरकारले प्रहरीको हतियार खोस्ने र एउटा दाना स्याउलिएर जानेलाई पनि उस्तै ब्यवहार गरेको देखिन्छ । सामान्य प्रकृतिका घटनालाई स्थानीय प्रहरी चौकीमा नै कागज गराएर छोड्न सकिन्थ्यो होला । तर त्यसो गरिएन् ।

जसका कारण धेरैलाई पछुतो भएको हुनु पर्छ । तर यसबाट सबैले के चाही सिक्नु पर्छ भने सामान्य होस् वा जघन्य, कुनैपनि गल्तीले बदनामी कमाउँछ अनि हतकडी लगाउँछ । त्यसैले केही गर्नु अघि म के गर्दैछु भन्ने हेक्का राख्न चाँही बिर्सनु हुदैन् ।

प्रहरी हिंसात्मक प्रदर्शनपछि सय भन्दा बढिलाई पक्राउ गर्याे । ती मध्ये केहीलाई छाड्यो भने केहीमाथि अनुसन्धान गरिरहेको छ । आखिर कसरी पक्राउ गर्छ त प्रहरीले ?पक्राउ पर्नेहरू सबै प्रदर्शनमा गएका मात्र छैनन् ।

कतिपय लुटपाट भईरहेको देखेर घर फर्कने बेला म पनि लिएर जान्छु हैं भन्ने सोचले सामान बोकेर हिडेका समेत रहेका छन् । अहिलेको प्रविधिमैत्री समयमा अपराध गरेर लुक्न धेरै कठिन छ । सार्वजनिक स्थलदेखि सामान्य घर पसलमा समेत सिसी क्यामरा जडान भएका छन् ।

सबैका हातहातमा मोबाइल छन् कहीँकतैबाट कसै न कसैले फोटो वा भिडियो खिचिरहेको हुन्छ । चैत्र १५ गतेका भिडिओ र फोटोहरू सबै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । प्रहरीले आफै पनि फोटा र भिडिओहरु माग्यो ।

प्रहरीले जब अभियुक्त ठानेको ब्यक्तिको फोटो भेट्छ अनि पक्राउ गर्ने इच्छाशक्ति राख्यो भने पानीमुनि बसे पनि प्रहरी आइपुग्छ भन्ने सोच्दा हुन्छ । शुक्रबारको घटनामा पनि त्यस्तै भएको हो । लुटपाट गर्ने, तोडफोड गर्नेको मात्र हैन हतियार खोस्नेको समेत फोटो भाइरल भएको थियो ।

प्रहरीले कुनै पनि फोटो राखेर गुगलमा सर्च गर्ने बित्तिकै उसले प्रयोग गर्ने फेसबुकदेखि सबै सामाजिक सञ्जालहरु फेला पर्छ । सँगै उसका सम्पर्क नम्बरहरु । अनि त्यो सामाजिक सञ्जाल कुन ठाउँबाट चलाइरहेको छ भन्ने पत्ता लगाउन प्रहरीलाई कठिन हुदैन ।

त्यसपछि उसको क्षेत्रमा भएका प्रहरी युनिटमा नाम र फोटो सहितको विवरण जान्छ । प्रहरीले सादा पोशाकमा त छाडेकै हुन्छ । सुराकी समेत राखेको हुन्छ । जसका कारण पक्राउ गर्न खोजेका व्यक्तिको घरको ढोकामा नै टुप्लुक्कै पुग्छ सुरक्षाकर्मी ।

यद्यपि प्रहरीको यो अनुशन्धान विधि असफल भएका धेरै अपवादहरु समेत रहेका छन् । तीनकुने घटनाकै प्रमुख आरोपी बनाइएका दुर्गा प्रसाईँ अझै प्रहरीको हात लाग्न सकेका छैनन् । प्रहरीले ब्यापक खोजी सुरु गरिसक्दाको अवस्थामा पनि उनी भारत पुगिसकेको अनुमान गरिएको छ ।

तर प्रसाईँले ललितपुर छाडे लगत्तै उनी बसेको स्थानमा भने प्रहरी पुगेको थियो । नेपाल प्रहरीले अपराधी पहिचान गर्न विभिन्न आधुनिक प्रविधि र परम्परागत अनुसन्धान विधिहरूको प्रयोग गर्ने गर्छ ।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले अपराधी पहिचान गर्न सबै खाले उपायहरू अपनाएको थियो । उसले सिसिटिभी फुटेज र भिडियो विश्लेषण, प्रहरीले सार्वजनिक स्थल,बैङ्क, पसल, ट्राफिक पोस्ट तथा अन्य निजी भवनहरूमा जडान गरिएका सिसी क्यामेरा फुटेज ,सामाजिक सञ्जालमा भाइरल भएका भिडिओ तथा फोटोहरू अध्ययन,विभिन्न मिडियाहरूका प्रकाशन तथा प्रसारण भएका सामग्रीको अध्ययन गरेको थियो ।

भिडिओको आधारमा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग गर्ने गर्छ । प्रत्यक्षदर्शी तथा गोप्य सूचना सङ्कलन, घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूसँग बयान र स्थानीय तथा व्यवसायीहरूसँग छलफल गरी सन्दिग्धहरूको पहिचान गर्नुका साथै मोबाइल ट्र्याकिङ गर्ने गर्छ ।

साइबर अनुसन्धान अपराधमा संलग्नहरूको मोबाइल लोकेसन ट्र्याक प्रहरीले गर्छ । सामाजिक सञ्जालमा हिंसा भड्काउने वा योजना बनाउने पोस्ट तथा च्याटको निगरानी समेत गरी रहेको हुन्छ ।

डिजिटल उपकरण (मोबाइल, कम्प्युटर) बाट डाटा रिकभरी गरी अपराधमा संलग्नताको प्रमाण खोज्छ । नेपाल प्रहरीको अनुसन्धान विधिहरू आधुनिक प्रविधि र परम्परागत शैलीको मिश्रण हो । यस कारण अपराधी जति नै लुक्न खोजे पनि, अन्ततःपक्राउ पर्ने सम्भावना धेरै रहने पूर्व उच्चसुरक्षा अधिकारी बताउँछन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top