×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बैंगलुरुको जितको बेगलाई आज गुजरातले रोक्ला ?

१९ चैत्र २०८१

२० चैत , एजेन्सी ।

इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स बीचमा खेल हुँदैछ । एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । लगातार दुई जित निकालेको बेंगलुरु सिजनमा घरेलु मैदानमा पहिलो खेल खेल्दैछ ।

Advertisement

बेंगलुरुले प्रतियोगिताको पहिलो खेलमा कोलकातालाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो । दोस्रो खेलमा चेन्नईलाई १७ वर्ष पछि उसको घरेलु मैदान चेपकमा पराजित गरेको थियो । बेंगलुरु ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यस्तै, गुजरातले खेलेको २ खेल मध्ये १ मा जित र १ मा हारका साथ अंक तालिकाको चौथो स्थानमा छ । गुजरात पहिलो खेलमा पञ्जाब किंग्ससँग पराजित हुँदा दोस्रो खेलमा भने मुम्बई इण्डियन्सलाई हराएको थियो । बेंगलुरु र गुजरातबीच आइपिएलमा हालसम्म ५ खेल भएको छ ।

जसमा बेंगलुरु ३ खेलमा विजयी हुँदा २ खेलमा गुजरातले बाजी मारेको छ । आईपीएलमा बैंगलुरुले सधैं उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर बैंगलुरुले हालसम्म एक पटक पनि उपाधि जित्न सकेको छैन । बैंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ ।

बैंगलुरु सन सन २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बैंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन २०११ को फाइनलमा बैंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो ।

सन २०१६ को फाइनलमा बैंगलुरुको टोली सनराइजर्स हैदरावादसंग ८ विकेटले पराजित भएको थियो । गुजरात टाइटन्सले भने हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन २०२२ मा उपाधि जितेको थियो ।

त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।यस्तै हिजो भएको खेलमा भने पञ्जाब किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ । मंगलबार राति पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई २२ बल बाँकी हुँदै ८ विकेटले पराजित गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १सय ७१ रन बनाएको थियो । उसका लागि एइडन माक्र्रमले २८ रन बनाउँदा निकोलस पुरनले ४४ रन बनाएका थिए ।

त्यस्तै आयुस बाडोनीले ४१ रन बनाउँदा अब्दुल समादले २७ तथा डेभिड मिलरले १९ रन बनाएका थिए । पञ्जाबका लागि अर्सदीप सिंहले ३ विकेट लिए । १ सय ७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले उक्त लक्ष्य १६.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो ।

Advertisement

उसका लागि प्रभसिम्रन सिंहले ६९ रन बनाउँदा कप्तान श्रेयस अय्यरले ५२ रनको अविजित इनिङ खेले। त्यस्तै नेहल वाधेराले ४३ रनको अविजित इनिङ खेल्दै टिमको जित निश्चित गरेका थिए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top