२० चैत , विराटनगर ।
आधुनिक जीवनको एक अभिन्न हिस्सा बनेको आइफोन अहिले विश्वमा सबैभन्दा बढी माग गरिएको र महँगो स्मार्टफोन हो। यसको प्रत्येक नयाँ संस्करणको आगमनसँगै, प्रयोगकर्ताहरूको भिडले यसको लोकप्रियता र मूल्यको गहिराईलाई स्पष्ट रूपमा देखाउँछ।
तर, जब यो उत्कृष्टता असुरक्षित बनिदिन्छ, तब हामीले सावधान रहनु पर्छ। आज सुनसरीको दुहबीमा भएको एक घटनाले यस विषयलाई उजागर गरेको छ। चार्जमा राखिएको आइफोन १३ प्रो म्याक्स अचानक पड्किदा, आगलागी भएको छ।
प्रहरीको प्रारम्भिक अनुमानमा, यस आगलागीले ३ लाखभन्दा बढीको क्षति पुर्याएको छ। घरधनी दाहालले भने यसबाट करिब ७ लाखको क्षति भएको दाबी गरेकी छन् । सुनसरीको दुहबीमा आइफोन पड्किदा आगलागी भएको छ ।
सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ५ मा चार्जमा राखिएको आइफोन पड्किएर आज आगलागी भएको हो । बिहान करिब ९ बजेको समयमा दुहबी ५ निवासी उमा दाहालको घरमा आगलागी भएको छ ।
आगलागीको कारण भने आइफोन १३ प्रो म्याक्स चार्जमा राखेको बेला अचानक पड्किएर आगो लागेको घरधनी उमा दाहालले बताएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न तत्काल दुहबी नगरपालिकाको बारुणयन्त्र सहितको टिम र इलाका प्रहरी दुहबीको टिम घट्ना स्थलमा पुगेको थियो ।
घटनास्थल तत्काल नियन्त्रण गर्दा जनधनको ठूलो क्षेति हुन नपाएको स्थानीयले बताएका छन् । यसअघि विभिन्न देशमा आइफोन पड्किएका घटना छन् । भारतमा २०१७ मा, एक आइफोन ७ चार्ज गर्दा अचानक पड्किएको थियो, जसले आगलागी भएको थियो ।
२०१८ मा, चीनमा आइफोन ६ चार्ज गरिराख्दा तापक्रम बढेर विस्फोट भएको थियो । यसबाट एकजनालाई गम्भीर घाइते भएका थिए । दक्षिण कोरियामा २०१६ मा, आइफोन ७ मा ब्याटरी समस्याका कारण आगलागीको घटना भएको थियो ।
अमेरिकामा २०१९ मा, आइफोन चार्जमा राख्दा पड्किएको थियो, जसले घरमा आगलागी भएको थियो । जापानमा २०१६ मा, चार्ज गर्ने क्रममा आइफोन विस्फोट भएको थियो ।