×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

प्रसाईंँ खोज्न हिँडेको प्रहरीले गाडी भेट्यो ?उनको स्टाटस कसले हटायो ?

२१ चैत्र २०८१

२२ चैत , काठमाण्डौ।

काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीको सर्वाधिक खोजीमा रहेका राजसंस्था पुर्नस्थापना समितिका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं अझै फरार छन् । प्रसाईँको ब्यापक खोजीमा रहेको प्रहरीले प्रसाईँलाई नभई उनी चढेर भागेको भनिएको गाडी चाँही नियन्त्रणमा लिएको छ। प्रहरीले इटहरीबाट बिएबी ४२०८ नम्बरको एसयुभी नियन्त्रणमा लिएको हो। सो गाडी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement

गाडी अहिले कार्यालयकै परिसरमा राखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी टेक तामाङले बताएका छन् । इटहरीबाट नियन्त्रणमा लिइएको गाडी काठमाडौं पुर्याइपनि प्रसाईँका विषयमा भने प्रहरी अहिलेसम्म बेखबर रहेको छ ।

’यहाँ काठमाडौंबाट भाग्नका लागि चढेको जुन गाडी हो, त्यही गाडी इटहरीमा फेला परेको हो। उनले भनेका छन्, अहिले गाडी काठमाडौं ल्याइसकिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गाडी धनीलाई पनि पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तीनकुनेबाट प्रसाईं सवार गाडी ईश्वर विकले हाँकेका थिए । प्रसाईंलाई झापास्थित बिएण्डसी अस्पतालमा लगेर छाडेको चालकले प्रहरीलाई बताएका छन् ।

गाडीमा चढ्नुअघि प्रसाईं सटरभित्र लुकेको र पछि उनका सहयोगीहरूले गाडीमा पु¥याइदिएका भिडिओहरू पनि सामाजिक सञ्जालमा देखिएका थिए। इटहरीमा गाडी फेला परेसँगै प्रसाईं भारत भागेको आशंका छ।

प्रसाईं तीनकुनेबाट प्रहरीको घेरा तोड्दै भागेका उनी पहिले धर्मगुरू भनिने पुष्कर खतिवडाको इमाडोलस्थित घरमा पुगेका थिए। त्यहाँ फलफूल खाएर, त्यही गाडी चढेर प्रसाईं काठमाडौं उपत्यका बाहिर निस्किएको प्रहरीले जनाएको छ।

चैत १६ गते प्रहरीले खतिवडालाई पनि पक्राउ गरेको थियो भने प्रसाई अझैसम्म प्रहरीको हात लाग्न सकेका छैनन् । यसअघि प्रसाईको महाअभियान संस्थापक सचिवालयको नाम रहेको फेसबुक पेजबाट उनको भिडिओ सार्वजनिक भएको थियो ।

जहाँ उनले आफूलाई देख्नै वित्तिकै गोली हान्ने आदेश दिइएको भन्दै ज्यान जोगाउनमा मन्दिरमा शरण लिएर बसेको बताएका छन् । उनको आधिकारिक फेसबुक पेज निष्क्रिय देखिएपनि उनको नामसहितको महाअभियान संस्थापक सचिवालयको पेज भने सक्रिय रहेको छ ।

जहाँ हिजो मात्रै केही समाचार र भिडिओ लिङहरु शेयर गरिएको छ । यस्तै त्याहा आफ्नो स्टाटस सरकारले हटाएको उल्लेख गरेका छन् । सरकारले हटाएको भनिएको स्टाटसमा उनले आफू नेपालमै रहेको दाबी गरेका छन् ।

उनले आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको दाबी गरेका छन् । उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै तर नेताहरुले भविष्यमा त्यस्तो ठाउँ भेट्न नसक्ने बताएका छन्

उनले भनेका छन्, ‘सिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ ! दुर्गा प्रसाई सिंह नै हो ,अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो ! मैले त लुक्ने ठाउँ भेटेको छु, नेपाल मै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख !’

गएको शुक्रबार तीनकुनको प्रर्दशनका क्रममा भएको हिंसात्मक गतिविधिका लागि प्रमुख अभियुक्तका रुपमा प्रहरीले उनको खोजी गरिरहेको छ । तर पछिल्लो समय यस घटनाको न्यायिक छानविन गर्नुपर्ने माग बढ्दै गएको छ ।

Advertisement

सत्तापक्षका सांसदहरुले समेत खुलेर तीनकुनेमा राजावादीहरुको आन्दोृलन बिथोल्न प्रहरीले भूमिका खेलेको भन्दै यसको दोष सरकारले लिनु पर्ने बताउन थालेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top