×

NEPAL TIMES UPDATES

Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026

बीपीको शालिकमा कालोमासो

२३ चैत्र २०८१

२४ चैत , काठमाण्डौ ।

प्रदर्शनीका नाममा काठमाडौंको तिनकुनेमा हिंसा मच्चाएर सर्वत्र आलोचित भइरहँदा पनि राजावादीहरुले त्यस्तो हर्कत अझै छाडेका छैनन् । अहिलेको व्यवस्था र नेताहरुविरुद्ध जाइलाग्ने कुरालाई उनीहरुको राजनीतिक अभिष्टका लागि सामान्य मान्न सकिए पनि यस लोकमै नरहेका नेपाली जनताले आदर्श मान्ने नेताको शालिकमा उनीहरुले कालोमोसो दलेका छन् ।

Advertisement
Advertisement

यसले राप्रपा र राजावादीहरुभित्र रहेको असंवेदनशीलता र असहिष्णुता पुनः उजागर गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमोसो दलेको हो ।

शनिबार राति नेपालगञ्जको बीपी चोकमा रहेको बीपीको शालिकमा उक्त समूहले कालोमोसो दल्नुको साथै कालो कपडाले छोपेका छन् । शालिक तोडफोडको समेत प्रयास भएको भन्दै कांग्रेस बाँके सचिव सुधांशु कोइरालाले विरोध जनाएका छन् ।

बाँके– २ का सांसद एवं राप्रपा महामन्त्री धवलशमशेर राणाको रिहाइको माग गर्दै राँके जुलुस निकाल्ने क्रममा यो घटना भएको हो । १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेसँगै त्यसका अगुवा रहेको आरोपमा राणासहित रवीन्द्र मिश्रलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त घटनामा मुख्य अभियुक्त बनाइएका दुर्गा प्रसाईं भने फरार छन् । सोही प्रकरणमा पक्राउ परेका राणालाई रिहा गर्न माग गर्दै नेपालगञ्जमा राप्रपाले राँके जुलुस निकालेको थियो । यो घटनाबारे नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि टिप्पणी गरेका छन् ।

उनले नेपाली कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका पक्षधरहरूलाई सन्देश दिएको पनि बताएका छन् । साथै राजतन्त्र नभएर राजसंस्थाको पक्षमा आन्दोलन गरेको बताउने राप्रपाले पनि धृष्टता गरेको पोखरेलले उल्लेख गरेका छन् ।

’राजतन्त्र होइन, राजसंस्था पुनस्थापनाको आन्दोलनमा हो राप्रपा’ भन्नेहरूले नेपालगञ्जजमा बीपीको शालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन् । अब आफैँ बुझ्नुहोस् राजावादीहरू के चाहन्छन् ?’ पोखरेलले फेसबुकमा लेखेका छन्, ’आन्दोलनका संयोजक धवल शमशेरको गृहनगरीबाट दिएको सन्देश हो कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई ।’

नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्छ भन्नेहरूले यो घटनाबाट कुरा बुझ्नुपर्ने उनको भनाइ छ । उनले लेखेका छन्, ’नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्दछ’ भन्नेहरूले बुझ्नु पर्दछ पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नुपरेको भए बीपी पनि गणतनत्रका पक्षमा उभिनुहुन्थ्यो,’ पोखरेलले लेखेका छन्, ’किनकी बीपीको समयमा बीपीभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला ।’

नेपाली काँग्रेसमा केही नेताहरु हिन्दु राज्य त केही राजसंस्थासहितको हिन्दु राज्यका लागि अझै लविङ गरिरहेका छन् । सभापति शेरबहादुर देउवासमक्ष पनि उनीहरुले प्रश्ताव गरेका छन् । जसमा देउवाले राजसंस्था फर्किन नसक्ने तर हिन्दु राज्यका बारेमा भने छलफल गर्न सकिने संकेत गरेका छन् ।

काँग्रेसमा डा. शशांक कोइराला लगायतका नेताहरुले खुलेरै आफू हिन्दु राज्यको पक्षमा रहेको बताइरहेका छन् । तर काँग्रेसले अहिलेको व्यवस्थालाई नै सुधारेर अघि बढ्ने औपचारिक धारणा सार्वजनिक गरिसकेको छ ।

कांग्रेस पदाधिकारी बैठकले राजावादीले गरेको हिंसात्मक घटनाको समीक्षा गरेको छ । चैत १५ का अराजक र हिंसात्मक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको काँग्रेस बैठकको निष्कर्ष छ ।

घटनामा पूर्वराजा जिम्मेवार भइसकेको हुनाले समग्र प्रमाणका आधारमा सरकारले अनुसन्धान गर्नुपर्ने उसले बताएको छ । हिजोमात्रै पनि कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्ष्य गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरेका हुन् । उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरूरी नरहेको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top