काठमाडौंमा सास फेर्नु पनि खतनाक

२२ चैत ८१, आइतबार

२४ चैत , काठमाण्डौ।

आज पनि काठमाडौं उपत्यका ‘विश्वकै’ प्रदूषित बनेको  छ। दुई सातायता काठमाडौं उच्च प्रदूषित हो । वायुको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार, आइतबार बिहान ११ बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको पहिलो नम्बरमा छ ।

यो समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २२६ रहेको छ । यो सूचीको दोस्रो स्थानमा रहेको भियतनामको हानोइ शहरको १९८ र तेस्रो स्थानमा भारतको राजधानी दिल्ली छ जसको एक्यूआई १८९ रहेको छ ।

Advertisement

त्यसपछि प्रदूषित शहरहरुमा पाकिस्तानको लाहोर, भारतको मुम्बई, चीनको सांघाई, बंगलादेशको ढाका, इराकको बगदाद क्रमश रहेका छन् । वातावरण विभागका अनुसार, आज काठमाडौंका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी तथा भक्तपुर उच्च प्रदूषित छ ।

उपत्यका बाहिर दाङको देउखुरी र मुगुको रारा उच्च प्रदूषित छ । सोही समयमा देउखुरीको एक्यूआई १६० र रारा क्षेत्रको १५२ मापन भएको छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ ।

Advertisement

त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाण्डौको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो । वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरु बताउँछन् ।

एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । वायु प्रदुषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन्। यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरीरका अरू अङ्गमा समेत पुगेर जटिलता ल्याउने चिकित्सकहरु बताउँछन् ।

अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ । यस्तै काठमाडौंको वायु प्रदूषण कम गर्न विज्ञहरूले हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सुझाएका छन् ।

स्वास्थ्य मन्त्रालयले समेत काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top