NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए सोमवार असार २३ , २०८२
रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?   सोमवार असार २३ , २०८२
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी  सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

रविलाई थुन्ने र सन्दीपलाई छाड्ने न्यायाधीश एउटै, आदेश हुबहु

आइतवार चैत्र २४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२४ चैत , काठमाण्डौ।

सहकारी ठगी प्रकरण र सम्पत्ति शुद्धीकरणको अभियोगमा उच्च अदालतको आदेशपछि पूर्वपक्षका लागि जेल चलान गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले प्रहरी हिरासतमा छन् ।

शुक्रबार राति साढे ९ बजे उच्च सक्रियताका साथ काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका रविका लागि २४ घण्टा बितिसक्दा पनि रुपन्देही प्रहरीले कानुनी प्रक्रिया पूरा गर्न सकेको छैन । शनिबारसहित आइतबार पनि सार्वजनिक बिदा परेकाल रविले भोलिसम्म प्रहरी हिरासतमै रहनु पर्नेछ ।

उनलाई सोमबार मात्रै अदालतमा उपस्थित गराइने हो । अदालतको फैसलापछि कारागार चलान गर्नुअघि उनलाई अदालतमा उपस्थित गराउनुपर्छ । तर लगातार २ दिन बिदा भएपछि उनलाई प्रहरीको हिरासतमा नै राखिएको छ । रवि स्वयमले आफूले अदालतको आदेशको सम्मान गर्ने बताइसकेका छन् ।

तर उनलाई अदालतको आदेश लगत्तै निवासबाटै अस्वभाविक रुपमा पक्राउ गरिएको र स्वयम प्रहरीले नै पक्राउ पुर्जी जारी गरिएको विषयमा वरिष्ठ अधिवक्तासहित उनका समर्थकहरुले विरोध गरिरहेका छन् ।

अदालतको आदेश कार्यान्वयनको प्रक्रियाका बारेका वरिष्ठ अधिवक्ता डा भीर्माजुन आचार्यले भनेका छन्, उच्चको आदेश जिल्ला अदालतमा जान्छ, जिल्लाले कार्यान्वयनका लागि सम्वन्धित निकायलाई लेखी पठाउँछ,लेखि पठाएको आदेश लिएर प्रहरीले दिउँंसोको समयमा व्यक्तिलाई कानूनको नियन्त्रणमा लिन्छ वा व्यक्ति आफैले सरेण्डर गर्छ ।

कानून विद्हरु भन्छन् ,मुलुकी फौजदारी कार्यविधि अनुसार पुर्पक्ष जानु भनेको न्यायीक हिरासतमा जानु हो । यो अदालतको आदेशबाट मात्र हुन्छ । बेन्चको आदेशपछि अदालतका अधिकारीले पुर्पक्षका लागि थुनामै राख्नुपर्ने आदेशमा लिइएको आधार÷कारणसहित खुलाएर थुनुवा पूर्जी जारी गर्नुपर्छ ।

यो अदालतले मात्र गर्छ । अनुशन्धानका लागि मात्र जरुरी पक्राउ पूर्जी जारी गर्ने अधिकार प्रहरीमा छ । प्रहरीले लेखेर दिएको कागजका आधारमा कारागार लगिदैन । यही विषयमा अधिवक्ता समेत रहेकी रास्वपा सांसद सोविता गौतमले लामिछानेलाई पक्राउ गर्दा राज्यका संयन्त्रहरूले कानूनको पालना नपरेको बताएकी छन् ।

उनले लेखेकी छन्,‘हाम्रो पार्टी सभापति मा. रवि लामिछानेमाथि भएको व्यवहार र घटना एउटा व्यक्तिमाथिको अन्यायमात्र होइन, संविधान र विधिको शासनमाथिको गम्भीर आक्रमण हो ।’

जब राज्यका संयन्त्रहरू आफैंले कानूनको पालना गर्न छाड्छन्, अनि कसैको पक्राउ कानूनी आवश्यकता नभएर राजनीतिक प्रतिशोध बन्न पुग्छ, त्यहाँ लोकतन्त्रको देहावसान हुन्छ ।

उनले थप भनेकी छन्, पक्राउ पुर्जीविना अर्काको घरआँगनमा टेकेर, तर्साएर, बल देखाएर, चर्को स्वर गरेर गरिएको हो । (भिडियोमा सुनिन्छ पक्राउ पुर्जी त्यही लेखेर दिने भनेको। पक्राउ पुर्जी अर्काको घरमा विनाअनुमति दलबलसहित गएर कागजमा लेखेर दिने विषय हो ? पक्राउ गर्न गएर बल्ल पक्राउ पुर्जी जारी गर्ने अधिकार कसले दियो ?) उच्च अदालतको आदेश जिल्ला अदालतमा त्यति राती पुग्नु अनि ट्रायल कोर्टले बाँकी प्रक्रिया पूरा गर्नु त्यति राति फटाफट कसरी सम्भव छ ? न प्रतिवादीलाई आदेश पढ्न वा कानूनी सल्लाह लिन आवश्यक समय नै दिइयो । यो कुनै त्रुटि हैन । संविधानको धारा २० र न्याय प्रणालीको आधारभूत सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन हो । यो नियोजित बलमिच्याइ हो । कानूनलाई हतियार बनाएर राज्यले एक नागरिकमाथि गरेको अत्याचार हो । कालान्तरमा न्यायको पक्षमा फैसला त होला, तर रातारात घरबाट तानेर लगिएको त्यो क्षण, त्यो डर, अपमान कसरी फिर्ता हुन्छ ? यो मानव अधिकार उल्लंघनको मुद्दा हो । कानूनकै नाममा हुने हिंसा सबैभन्दा खतरनाक हिंसा हो र यो हिंसाको सिकार मा. रवि लामिछाने बन्नुभएको छ । न्याय पर्खिन सक्छ, तर न्यायको हकमा बोल्ने आवाज कहिल्यै ढिलो हुनुहुँदैन । यो बलमिच्याइको घोर भत्र्सना गर्दछु ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले शुक्रबार रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको केही घण्टामै पक्राउ गरेको थियो । एक रात जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेपछि रविलाई शनिबार विमानबाट रुपन्देही ल्याइएको थियो ।

उच्च अदालतको आदेश जिल्ला अदालतले प्राप्त गरेपछि जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयलाई पक्राउ गर्न आदेश दिएपछि मात्रै पक्राउ गर्नुपर्ने प्रक्रिया हुन्छ । तर, उच्चको आदेश आएको केही घण्टामै रविनिवासमा पुगेर प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले सुरुमा मोबाइलमा रहेको आदेश मात्र देखाएको थियो भने पक्राउ पुर्जी मागेपछि प्रहरीले त्यहीँबाट रविसँगै ठेगाना र अन्य विवरण सोधीखोजी गरेर पुर्जी बनाएका थिए ।यसैबीच रविलाई कारागार चलान गर्ने उच्च अदालत तुलसीपुर (बुटवल) इजलासको आदेशसँग उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न दिएको आदेशको व्यवहार हुबहु मिलेको पाइएको छ ।

रविका लागि दिइएको आदेशको चौथो पृष्ठ (बायाँ) र सन्दीपलाई धरौटीमा छाड्न दिएको आदेशको पाँचौँ पृष्ठ (दायाँ)को व्यहोरा हुबहु रहेको समाचार नयाँ पत्रिकामा सार्वजनिक भएको छ ।

रविको मुद्दाको आदेशका पेज नम्बर ४, ५, ६, ७ र ८ मा भएका विषय सन्दीप लामिछानेको मुद्दामा भएको आदेशको पेज नम्बर ५ देखि १५ सम्मका विषयसँग हुबहु मिलेका छन् । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले गरेको १० पेजको आदेशमा उल्लेख आधा विषय सन्दीपलाई रिहा गर्न उच्च अदालत पाटनले ०७९ पुस २८ मा गरेको आदेशसँग हुबहु मिलेको छ ।

जबकि सन्दीप लामिछानेको मुद्दामा आदेश दिने एक न्यायाधीश रमेश ढकाल नै थिए । ढकालसहित न्यायाधीश ध्रुवराज नन्दनको इजलासले आदेश दिएको थियो । सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन दिएको आदेशलाई बदर गर्न प्रयोग गरिएका आधारलाई रविलाई थुनामा पठाउन प्रयोग गरिएको भेटिएको छ  ।

Tags: #‘रविमाथि मध्यरातमा अत्याचार#कानून कार्यान्वयन गर्दा कानून तोडियो’#जेल जैजानु पर्ने रवि प्रहरी हिरासतमा

लोकप्रीय

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२

विचार

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२

थप समाचार

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर
अन्तर्राष्ट्रिय

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.