बीपीको शालिकामा बोरा,मोसो दलियो भनेर भ्रम छर्दै कांग्रेस

२२ चैत ८१, आइतबार

२४ चैत , काठमाण्डौ ।

नेपालगञ्जमा रहेको बीपी कोइरालाको शालिकमा जुटको कपडा बेरिएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । यो तस्विरमा प्रस्टसँग शालिकको मुखाकृतिमा बोराले बेरिएको छ ।

तर बाँके कांग्रेसले भने विज्ञप्ति नै जारी गर्दै बीपीको शालिकमा कालो पोतिएको र कालो कपडाले ढाकिएको भन्दै भ्रम फैलाइरहेको छ । बीपीको शालिकमा जुटको कपडा बेरिएको बास्तविकताबाट बाहिरै रहेर बाँके कांग्रेस सभापति नारायणप्रसाद गौडेलले राजावादीहरुले बीपीको शालिकमा कालो पोतिएको र कालो कपडा बेरिएको भन्दै प्रहरीकै उपस्थितीमा यस्तो निन्दनीय कार्य भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

Advertisement

तर प्रहरी र राँके जुलुकको आयोजक राप्रपाले भने नेपाली कांग्रेसको आरोपको खण्डन गरेको छ । बीपीको शालिकमा मोसो दलेको भन्ने कुरा सही नभएको प्रहरीले बताएको छ। बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले प्रहरीले आगो निभाउने क्रममा उडेर गई कपडाको टुक्रा सालिकमा टाँसिएको विषयलाई लिएर मोसो दलेको भन्नु गलत भएको बताएका छन् ।

उनले सामान्य घटनालाई अतिरन्जित गरिएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवरशम्शेर राणाको गृह नगरमा शनिबार बेलुकी राप्रपाका कार्यकर्ताले राँके जुलुस निकालेका थिए।

Advertisement

राँके जुलुस निकालेका उनीहरूले बालेको आगो निभाउन प्रहरीले भिजेका बोरा प्रयोग गरेको र तिनै उडेर गई सालिकमा टाँसिएको डिएसपी पातलीले बताए। ‘बिपीको सालिकमा मोसो दलेको वा तोडफोडको प्रयास भएको भन्ने कुरा सही होइन,’ डिएसपी पातलीले नेपाल टाइम्ससँग भनेका छन्, ‘ साँझ राप्रपाका कार्यकर्ताले त्यहाँ राँके जुलुस निकालेका थिए , त्यो निभाउने क्रममा एउटा कपडाको टुक्रा सालिकमा टाँसिन पुगेको थियो, भएको यत्ति मात्रै हो, अरू केही होइन।’

नेपाली कांग्रेसका नेता रमेश लेखकले नेतृत्व सम्हालेको गृहमन्त्रालय अन्र्तगत सुरक्षामा खटिएको नेपाल प्रहरीले समेत शालिकमा कालो पोतिएको नभई कपडा मात्रै टासिएको बताइरहदा बाँके कांग्रेसमा सभापति भने अझै त्यो सत्यतालाई स्वीकार गर्न तयार देखिएका छैनन् ।

उनी आफै बीपीको शालिकमा कालोपोतिएकै भ्रम फैलाउन उद्धत देखिएका छन् । उनले भनेका छन्, कालो पोतिएको खबर आएको हो, अहिले प्रहरीले नै झुट बोलिरहेको छ। पार्टीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा इतिहास बनाएका व्यक्तिको शालिकमा कालोमोसो लगाउने, कालो कपडा बेर्ने र तोडफोड गर्न तयार हुने व्यक्तिलाई अविलम्ब कारबाही गर्न उनले माग गरेका छन् ।

बाँके कांग्रेस मात्रै होइन वास्तविता नबुझी घटनालाई अतिरन्जित गराउन र राप्रपा माथि प्रश्न उठाउन एमाले महासचिवपनि कम देखिएका छैनन् । पोखरेलले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बीपीको सालिकमा मोसो दल्ने र तोडफोड गर्ने दृष्टता गरेको आरोप लगाएका छन् ।

राप्रपा नेपालगन्जले पनि आफ्नो तर्फबाट यस्तो नभएको प्रष्टीकरण दिएको छ । नगर अध्यक्ष हुकुम जीसीले इतिहास बनाएका सबै नेताहरुप्रति पार्टीको उच्च सम्मान भएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

राप्रपाका केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि आफ्नो पार्टीको यस्तो नीति नरहेको यदि आन्दोलनमा घुसपैठ भएर यस्तो गरिएको भए छानबिन हुने बताएका छन्।

नेपालगञ्जको यो घटना वास्तविकता नबुझी त्यसलाई असामान्य बनाउन तथा सामान्य घटनालाई कसरी भयानक अवस्थामा पुर्याउन दल र शीर्ष नेताहरुले नै भूमिका खेल्छन् भन्ने उदाहरण बनेको छ ।

शनिबार राति राजावादीहरूको समूहले पार्टीका नेताद्वय रवीन्द्र मिश्र र डा. धवलशमशेर राणाको रिहाइको माग गर्दै राँके जुलुस निकालेका थिए । प्रहरीले प्रदर्शनकारीले बोकेको राँको निभाउन जुटको बोराहरू पानीमा भिजाएर ल्याएका थिए ।

प्रहरीले जुलुसमा हस्तक्षेप गरेर मसाल खोस्न खोज्दा जुटको बोरा तानातान भयो । यही क्रममा बोरा फुत्किएर शालिकको टाउकोमा पुगेको प्रहरीले बताएको छ । प्रहरीले तत्कालै शालिकमा चढेर उक्त बोरा निकालेको थियो । त्यसमा प्रदर्शनकारीले कुनै अवरोध गरेनन् । प्रहरीले उक्त बोला निकालेको भिडिओ पनि सार्वजनिक भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top