NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने मङ्लबार असार १७ , २०८२
सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ? मङ्लबार असार १७ , २०८२
नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

बीपीको शालिकामा बोरा,मोसो दलियो भनेर भ्रम छर्दै कांग्रेस

आइतवार चैत्र २४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
बीपीको शालिकमा कालोमासो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२४ चैत , काठमाण्डौ ।

नेपालगञ्जमा रहेको बीपी कोइरालाको शालिकमा जुटको कपडा बेरिएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । यो तस्विरमा प्रस्टसँग शालिकको मुखाकृतिमा बोराले बेरिएको छ ।

तर बाँके कांग्रेसले भने विज्ञप्ति नै जारी गर्दै बीपीको शालिकमा कालो पोतिएको र कालो कपडाले ढाकिएको भन्दै भ्रम फैलाइरहेको छ । बीपीको शालिकमा जुटको कपडा बेरिएको बास्तविकताबाट बाहिरै रहेर बाँके कांग्रेस सभापति नारायणप्रसाद गौडेलले राजावादीहरुले बीपीको शालिकमा कालो पोतिएको र कालो कपडा बेरिएको भन्दै प्रहरीकै उपस्थितीमा यस्तो निन्दनीय कार्य भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

तर प्रहरी र राँके जुलुकको आयोजक राप्रपाले भने नेपाली कांग्रेसको आरोपको खण्डन गरेको छ । बीपीको शालिकमा मोसो दलेको भन्ने कुरा सही नभएको प्रहरीले बताएको छ। बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले प्रहरीले आगो निभाउने क्रममा उडेर गई कपडाको टुक्रा सालिकमा टाँसिएको विषयलाई लिएर मोसो दलेको भन्नु गलत भएको बताएका छन् ।

उनले सामान्य घटनालाई अतिरन्जित गरिएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवरशम्शेर राणाको गृह नगरमा शनिबार बेलुकी राप्रपाका कार्यकर्ताले राँके जुलुस निकालेका थिए।

राँके जुलुस निकालेका उनीहरूले बालेको आगो निभाउन प्रहरीले भिजेका बोरा प्रयोग गरेको र तिनै उडेर गई सालिकमा टाँसिएको डिएसपी पातलीले बताए। ‘बिपीको सालिकमा मोसो दलेको वा तोडफोडको प्रयास भएको भन्ने कुरा सही होइन,’ डिएसपी पातलीले नेपाल टाइम्ससँग भनेका छन्, ‘ साँझ राप्रपाका कार्यकर्ताले त्यहाँ राँके जुलुस निकालेका थिए , त्यो निभाउने क्रममा एउटा कपडाको टुक्रा सालिकमा टाँसिन पुगेको थियो, भएको यत्ति मात्रै हो, अरू केही होइन।’

नेपाली कांग्रेसका नेता रमेश लेखकले नेतृत्व सम्हालेको गृहमन्त्रालय अन्र्तगत सुरक्षामा खटिएको नेपाल प्रहरीले समेत शालिकमा कालो पोतिएको नभई कपडा मात्रै टासिएको बताइरहदा बाँके कांग्रेसमा सभापति भने अझै त्यो सत्यतालाई स्वीकार गर्न तयार देखिएका छैनन् ।

उनी आफै बीपीको शालिकमा कालोपोतिएकै भ्रम फैलाउन उद्धत देखिएका छन् । उनले भनेका छन्, कालो पोतिएको खबर आएको हो, अहिले प्रहरीले नै झुट बोलिरहेको छ। पार्टीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा इतिहास बनाएका व्यक्तिको शालिकमा कालोमोसो लगाउने, कालो कपडा बेर्ने र तोडफोड गर्न तयार हुने व्यक्तिलाई अविलम्ब कारबाही गर्न उनले माग गरेका छन् ।

बाँके कांग्रेस मात्रै होइन वास्तविता नबुझी घटनालाई अतिरन्जित गराउन र राप्रपा माथि प्रश्न उठाउन एमाले महासचिवपनि कम देखिएका छैनन् । पोखरेलले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बीपीको सालिकमा मोसो दल्ने र तोडफोड गर्ने दृष्टता गरेको आरोप लगाएका छन् ।

राप्रपा नेपालगन्जले पनि आफ्नो तर्फबाट यस्तो नभएको प्रष्टीकरण दिएको छ । नगर अध्यक्ष हुकुम जीसीले इतिहास बनाएका सबै नेताहरुप्रति पार्टीको उच्च सम्मान भएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

राप्रपाका केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि आफ्नो पार्टीको यस्तो नीति नरहेको यदि आन्दोलनमा घुसपैठ भएर यस्तो गरिएको भए छानबिन हुने बताएका छन्।

नेपालगञ्जको यो घटना वास्तविकता नबुझी त्यसलाई असामान्य बनाउन तथा सामान्य घटनालाई कसरी भयानक अवस्थामा पुर्याउन दल र शीर्ष नेताहरुले नै भूमिका खेल्छन् भन्ने उदाहरण बनेको छ ।

शनिबार राति राजावादीहरूको समूहले पार्टीका नेताद्वय रवीन्द्र मिश्र र डा. धवलशमशेर राणाको रिहाइको माग गर्दै राँके जुलुस निकालेका थिए । प्रहरीले प्रदर्शनकारीले बोकेको राँको निभाउन जुटको बोराहरू पानीमा भिजाएर ल्याएका थिए ।

प्रहरीले जुलुसमा हस्तक्षेप गरेर मसाल खोस्न खोज्दा जुटको बोरा तानातान भयो । यही क्रममा बोरा फुत्किएर शालिकको टाउकोमा पुगेको प्रहरीले बताएको छ । प्रहरीले तत्कालै शालिकमा चढेर उक्त बोरा निकालेको थियो । त्यसमा प्रदर्शनकारीले कुनै अवरोध गरेनन् । प्रहरीले उक्त बोला निकालेको भिडिओ पनि सार्वजनिक भएको छ ।

Tags: #बीपीको शालिक#बीपीको शालिकामा बोरा

लोकप्रीय

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

मङ्लबार असार १७ , २०८२
पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता

सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन
खेलकुद

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने
आर्थिक

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

मङ्लबार असार १७ , २०८२
पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता
ताजा समाचार

सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?
नेपाल टाइम्स स्पेशल

कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

मङ्लबार असार १७ , २०८२
पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता

सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.