×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौं महानगरमा गुरागाईं आए, बालेनसहितलाई तलब खुवाए

२४ चैत्र २०८१

२५ चैत , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाका कर्मचारीले तीनदेखि ६ महिनासम्म रोकिराखेको तलब पाएका छन् । महानगरपालिकाका प्रमुख बालेन्द्र साहसहित कुचीकारसम्मका सबै कर्मचारीले तलब पाएका छन् ।

Advertisement
Advertisement

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मेयर बालेन्द्र शाहदेखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब हालिएको हो ।

महानगरमा ३ महिनादेखि ६ महिनासम्मको तलब कर्मचारीले पाउन बाँकी थियो । बाँकी तलब सबैले पाएको मानन्धरको भनाइ छ । महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको उनको भनाइ छ ।

उनका अनुसार महानगरका २९ सय कर्मचारी १ अर्ब १३ करोड भुक्तानी भएको हो । लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब पाउन सकेका थिएनन् ।

चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो । काठमाडौं टावरको नक्साका विषयमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बीच विवाद भएको थियो ।

बालेनले समिति गठन गरि अनुसन्धाान गराएका थिए भने गुरागाईंलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् । तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए ।

यसमा महानगरकी उपमेयर सुनिता डंगोलले ‘समन्वयकारी’ भूमिका निर्वाह गरेकी थिइन् । महानगर वडा नम्बर २८ पुरानो बसपार्कस्थित कित्ता नम्बर १३७३ र क्षेत्रफल २३–५–३–३ रहेको जमिनमा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले निर्माण गरिरहेको काठमाडौं टावरको तला थप गर्ने अनुमति दिएको आरोपमा गुरागाईं छानबिनमा तानिएका थिए ।

कार्यपालिका बैठकबिनै बालेनकै निर्देशनमा तीनवटा छानबिन समिति बन्यो । तर, तीनैवटा समितिले गुरागाईंमाथिको आरोप पुष्टि गर्न सकेन । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई महानगरमा हाजिर गराउन पटक–पटक ताकेता गर्दै आएको थियो ।

यसबीच विहीबार नगरप्रहरीको अवरोध तोड्दै कार्यपालिका सदस्य र कर्मचारीहरूले गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतको कुर्सीका ‘कमब्याक’ गराएका हुन् । महानगरमा उत्पन्न प्रमुख प्रशासकीय अधिकृतको विवाद उत्कर्षमा पुग्दा बालेन विदामा थिए ।

Advertisement

उनी आफ्नो ‘कोर टीम’का सदस्य कुमार व्यञ्जनकार र अर्जुन घिमिरेसहित दोलखाको भिमसेन मन्दिर पुगेका थिए । बालेनको सचिवालयका अनुसार, मेयर बालेन बिदामा थिए । उनी हिजोसम्म बिदामा रहेर आज कार्यालय जाने तयारी थियो । तर उनी आज पनि कार्यालय गएका छैनन् । यसबीच उपमेयर डंगोल वैदेशिक भ्रमणमा बेल्जियम गएकी छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top