×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

ट्रम्प–नेतन्याहु भेट, ह्वाइट हाउसमा के भयो सहमति रु

२५ चैत्र २०८१

२६ चैत , एजेन्सी ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । सोमबार ह्वाइट हाउसमा दुई नेताबीच भएको भेटमा इरान, भन्सार शुल्क ९ट्यारिफ० र हमासद्वारा बन्धक बनाएका इजरायली नागरिकका विषयमा छलफल भएको बीबीसीले उल्लेख गरेको छ ।

Advertisement
Advertisement

यसैबीच जब राष्ट्रपति ट्रम्पलाई सोधियो कि त्यहाँ ट्यारिफ लगाउन कुनै रोक छ रु जवाफमा उनले भने, ‘हामी यस्तो सोचिरहेका छैनौँ । हामीसँग व्यापार सम्झौता गर्न धेरै देश आउँदै छन्, तर यी सम्झौता निष्पक्ष हुनेछन्।’ यस विषयमा प्रधानमन्त्री नेतन्याहुले भने, ‘हामी अमेरिकासँगको व्यापार घाटा हटाउनेछौँ । हामी छिट्टै यो गर्न चाहन्छौँ। हामीलाई लाग्छ– यो सही कदम हो र हामी व्यापारका अवरोध पनि हटाउनेछौँ।’

इजरायलका प्रधानमन्त्री नेतन्याहु अमेरिकाले विश्वका विभिन्न देशलाई भन्सार शुल्क तोकेपछि राष्ट्रपति ट्रम्प भेट्ने पहिलो अन्तर्राष्ट्रिय नेता हुन् । यता अमेरिका र इरानबीच पनि शनिबार परमाणु सम्झौताका लागि प्रत्यक्ष वार्ता हुने सम्भावना छ ।

राष्ट्रपति ट्रम्पले सोमबार अमेरिका र इरानबीच यसबारेमा उच्चस्तरमा छलफल भइरहेको बताएको बीबीसीले जनाएको छ । उनले सहमति नभए इरानका लागि त्यो धेरै नराम्रो दिन हुने चेतावनी दिएका छन् । गत महिना इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले प्रत्यक्ष वार्ताको प्रस्ताव खारेज गरेपछि ट्रम्पले सैन्य कारबाहीको चेतावनी दिएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ह्वाइट हाउसमा भेटपछि ट्रम्पले यो वार्ताको बारेमा खुलासा गरे । नेतन्याहूले पनि इरानले परमाणु हतियार बनाएमा इरानमाथि आक्रमणको धम्की दिँदै आएका छन् । “हामी शनिबार इरानसँग ठूलो छलफल गर्दै छौँ । प्रत्यक्षरूपमा कुरा गरिरहेका छौँ । सम्झौता हुनसक्छ, जुन राम्रो हुनेछ,” अमेरिकी राष्ट्रपतिले ओभल अफिसमा भने ।

ट्रम्पले वार्ता सफल नभए इरान ठूलो खतरा पर्ने पनि बताए । “इरानसँग परमाणु हतियार हुनै हुँदैन । वार्ता असफल भए यो इरानको लागि निकै नराम्रो दिन हुनेछ,” ट्रम्पले बताए । यसबीच इजरायलले गत महिना हमासविरुद्ध पुनः युद्ध सुरु भएपछि गाजापट्टीमा आफ्नो उपस्थितिलाई नाटकीय रूपमा विस्तार गरेको खुलेको छ ।

हाल गाजा क्षेत्रको ५० प्रतिशतभन्दा बढी भूभाग इजरायलको नियन्त्रणमा आएको र प्यालेस्टिनीहरूलाई सानो भूभागमा सीमित गरिदिएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ । इजरायली सेनाले इजरायल र गाजा सीमानजिकैको ठूलो भूभाग नियन्त्रण गरेको बताइएको छ ।

यहाँ इजरायली सेनाले प्यालेस्टिनीहरूका घर, कृषि योग्य जमिन र आधारभूत संरचनाहरू नष्ट गरेका कारण यो क्षेत्र अब बस्न योग्य नरहेको बताइएको छ । साथै, सैनिक बफर जोनको आकार पनि हालका हप्ताहरूमा दोब्बर भएको छ ।

इजरायलले आफ्नो यो कदमलाई २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणपछि उसले बन्धक बनाएका बाँकी बन्दीहरू छोड्न बाध्य बनाउन आवश्यक अस्थायी कदम भनेर चित्रण गरेको छ । तर, मानवअधिकार समूहहरूले यसलाई इजरायलको दीर्घकालीन रूपमा गाजा कब्जा गर्ने एक कदम भनेका छन् ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top