विश्वकै प्रदूषित शहर बन्दापनि सरकार बेखबर

२४ चैत ८१, मंगलबार

२६ चैत ,काठमाण्डौ।

आज पनि काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । आईक्यू एयरले जारी गर्ने सूचीमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा आज पनि पुगेको हो । आज विहान काठमाडौँको एक्यूआई २६२ पुगेको थियो । यसलाई निकै अस्वस्थ मानिन्छ ।

५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ । वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ ।

Advertisement

विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ । काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् ।

त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन् ।

Advertisement

डेढ हप्तायता काठमाण्डौको हावा प्रदूषित बनेको हो । खासगरी पछिल्ला समय विभिन्न ठाउँमा फैलिइरहेको डढेलोले काठमाण्डौको हावा प्रदूषित बनेको वातावरणविदहरुको भनाइ छ ।

ठाउँ–ठाउँमा सडक निर्माणको काम भइरहँदा धुलो धुवाँ उड्दा पनि हावा प्रदूषित भएको छ भने खेतबारीमा गहुँको छ्वाली लगायतका कृषि अवशेष जलाउँदा तथा गाडी र कलकारखानाको धुवाँले पनि प्रदूषण बढाएको छ ।

लगातार काठमाण्डौको हावा प्रदूषित बनिरहँदा यसलाई कम गर्नको लागि सरकारले कुनै योजना बनाएको छैन । वातावरणसँग सम्बन्धित विभिन्न सङ्घरसंस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणको समस्या समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

हरेक वर्षको सुक्खायाममा वन डढेलो लगायतका कारण प्रदूषण बढ्ने तथ्य हुँदाहुँदै समस्या जटिल भएपछि मात्रै समाधानका उपाय खोज्नु व्यावहारिक नहुने विज्ञहरूको भनाइ छ।
वायु प्रदूषण बढेपछि देशैभर श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्याका बिरामी बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र बालबालिका बढी प्रभावित हुने बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले हरेक वर्ष नेपालीहरूको कुल मृत्युको १९ प्रतिशत कारण श्वासप्रश्वाससँग जोडिएको जानकारी दिए ।

प्रदूषण घटाउन यसअघि बनेका नीति, कार्ययोजना कार्यान्वयन नहुँदा, सम्बन्धित निकायहरूबीच समन्वय नहुँदा समस्या जटिल बन्दै गएको उनको भनाइ छ । यस्तै वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषणको समस्या न्यूनीकरण गर्नसम्बन्धित निकायबीच आरोपरप्रत्यारोप लगाउनु भन्दा आ–आफ्नो ठाउँबाट अनुशासित बन्नुपर्ने बताए ।

प्रदूषण रोकथामकै लागि विभागले उद्योग, कलकारखानाको वातावरणीय पक्षको अनुगमन गर्दै कमीकमजोरी गरेकाहरूलाई सुधार गर्न ध्यानाकर्षण गराएको, गाडी प्रदूषण परीक्षण गर्ने गरेको जानकारी उनले दिएका छन् ।

यसबीच पोखराको वायु गुणस्तर सूचकाङ्क रेड जोनमा पुगेको छ । मंगलबार बिहानैदेखि एक्यूआई १५० भन्दा माथि छ । यो चिन्ताजनक तथ्यांक हो । प्रदूषणले घातक हद छुँदासम्म सरकार चुपचाप बसेकोमा नागरिकस्तरमा चिन्ता बढेको छ ।

यस्तो स्वास्थ्यलाई घातक हुने हदसम्म प्रदूषण बढेर स्थिर रहिरहँदा पनि कुनै हतार, व्यग्रता र चिन्ता सरकारलाई नभएको भन्दै सामाजिक संजालमा मानिसहरुले आक्रोस पोखेका छन् । कतिपयले यो तहको वायु प्रदूषण इमर्जेन्सी मानिनुपर्ने बताएका छन् ।

यस्तोमा तुरुन्तै एक्सन लिइ हाल्नु पर्नेमा सरकारले उल्टै विश्वकै प्रदूषित रहेको काठमाडौंमा मानिसहरुको भीडलाई निवार्ध बढ्न दिएको छ । यतिबेलै काठमाडौंमा विभिन्न प्रदर्शन र विरोधका कार्यक्रमहरु दिनहुँजसो आयोजना भइरहेका छन् ।

बाहिर कम प्रदूषित क्षेत्रमा रहेकाहरु पनि आन्दोलनका लागि काठमाडौं पुगेका छन् । यस्तोमा उनीहरुको स्वास्थको समेत ख्याल गर्दै सरकारले या त आन्दोलनकारीको माग सम्बोधन तर्फ लागेर भीडभाड कम गराउनु पथ्र्यो वा केही दिनका लागि उच्च प्रदूषणका कारण निषेधित क्षेत्र नै घोषणा गर्नुपथ्र्यो ।

तर यी सबका बीच सरकार भने गभर्नर नियुक्तिदेखि दुर्गाा प्रसाइँ खोज्न त प्रदेशहरुमा भाषण दिनमै व्यस्त रहेको छ । सरकारले अहिलेको वायु प्रदूषणको जोखिमलाई कम आँकेको देखिन्छ ।

जबकी पाकिस्तान, भारत लगायतका मुलुकले प्रदूषण उच्च भएका बेला सवारीसाधनमा रोकदेखि कलेज–विद्यालय, कार्यालयसमेत बन्द गर्दै सेमिलकडाउनकै स्थिति बनाएर जोखिम कम गर्दै आएका छन ।

तर विश्वकै प्रदूषित शहर बन्दा पनि नेपाल सरकार हाईसञ्चोले बसेको छ । जबकी विज्ञहरुले प्रदूषण नियन्त्रणका लागि डढेलो नियन्त्रण, बढी धुवाँ निकाल्ने कारखाना केही समयलाई बन्द गर्नुपर्ने, जीवाश्म इन्धनका गाडीहरू जोर बिजोर गर्नुपर्ने लगायत सुझाव दिएका छन् ।

नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार व्यक्तिको निधन भएको तथ्यांकले देखाएको छ । यो वर्षदेखि तथ्याङ्क अझै बढ्ने चिकित्सकहरुले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top