×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत ,उत्पादन क्षेत्रमा विस्तार हुने अपेक्षा

२६ चैत्र २०८१

२६ चैत , काठमाण्डौ।

एसियाली विकास बैंक (एडिबी) ले २०२५ का लागि नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने अनुमान गरेको खबरका साथ हामी उपस्थित भएका छौं । आज सार्वजनिक गरेको एसियाली विकास परिदृश्य ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एडिओ) अप्रिल २०२५ प्रतिवेदनअनुसार आर्थिक वर्ष सन् २०२५ मा नेपालले ४.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ ।

Advertisement
Advertisement

यो वृद्धिदर आर्थिक वर्ष २०२६ मा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । प्रतिवेदनले सबै प्रमुख उत्पादन क्षेत्रमा विस्तार हुने अपेक्षा गरेको छ ।एडीबीकाअनुसार अहिले पनि सरकारी खर्च बढ्न सकिरहेको छैन, निर्माण क्षेत्र चलायमान हुन सकिरहेको छैन ।

त्यसैकारण यो आर्थिक वर्षमा सरकारी लक्ष्य भेट्न मुस्किल पर्नेछ । यद्यपि गत वर्षमा भन्दा नेपालको अर्थतन्त्रले केही गति लिएको एडीबीको ठहर छ । एडीबीकाअनुसार गत आर्थिक वर्ष नेपालमा जलविद्युत उत्पादनमा वृद्धि, गहुँ उत्पादन बढेको छ भने सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुनेछ ।

एडीबीले आफ्नो प्रतिवेदनमा भनेको छ– ‘ब्याजदरमा आएको गिरावटले औद्योगिक लागतमा कमी आएको र उत्पादनमा भएको वृद्धि भएको छ । जलविद्युत उत्पादन बढेको र निर्माण क्षेत्रसमेत सकारात्मक हुनेछ । पर्यटक आगमनमा वृद्धिले होटल तथा यातायात क्षेत्र पनि चलायमान हुनेछ ।’

दातृ निकायहरुले आर्थिक वृद्धि लक्ष्यअनुसार हाँसिल नहुनुका कारण प्राकृतिक विपत्तिदेखि राजनीतिक अस्थीरतासम्मलाई मानेका छन् । गत साता मात्रै विश्व बैंक चालु आर्थिक वर्ष २०८१÷८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको थियो ।

‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक आघातबीच नेपालको अर्थतन्त्र उत्थानशील रहने समेत विश्व बैंकले भनेको थियो । अघिल्लो आव नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंक थियो ।

सन् २०२४ अन्त्यतिर नेपालले ठूला प्राकृतिक विपत्ति सामना गर्नुपरेको थियो । कृषि मन्त्रालयले यो आर्थिक वर्षमा धान उत्पादनमा ४ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ । सामान्य अवस्थाभन्दा राम्रो मनसुन रहने, समयमै मलखादको उपलब्धता र उच्च उत्पादन दिने बिउबिजनको उपलब्धतालाई यसको कारण मानिएको छ ।

यद्यपि, हिउँदे वर्षाको कमीले हिउँदे बालीमा असर पर्न सक्ने भएकाले कृषि क्षेत्रको समग्र वृद्धि गत वर्षको ३ प्रतिशतबाट घटेर २.८ प्रतिशमा झर्ने अनुमान छ । उद्योग क्षेत्रमा पनि सुधार हुने देखिन्छ ।

गत वर्ष संकुचनमा रहेका उत्पादन र निर्माण क्षेत्र यो वर्ष स्थिर पेट्रोलियम र कच्चा पदार्थको मूल्य, तरलतामा वृद्धि र ब्याजदरमा कमीका कारण विस्तार हुने अपेक्षा छ । यी कारणले सबै उत्पादन क्षेत्रमा कर्जा प्रवाह बढेको छ ।

सरकारले पुँजीगत खर्चलाई तीव्रता दिने लक्ष्य राखेको छ । सरकारले ८५ प्रतिशत खर्च गर्ने सरकारी योजना छ । जलविद्युत् आयोजनाहरूको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । कर्जामा पहुँच वृद्धि, प्रत्यक्ष वैदेशिक लगानीमा उच्च प्रतिबद्धता र अन्तर्राष्ट्रिय पर्यटक आगमनमा पुनरुत्थानका कारण सेवा क्षेत्रको वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण छ।

आन्तरिक माग बढ्दा थोक र खुद्रा क्षेत्र बलियो हुने अपेक्षा छ । सडक सञ्जालको सुधार र पर्यटकको बढ्दो आगमनले यातायात र लजिस्टिक क्षेत्रमा पनि लाभ पुग्ने एडिबीको अनुमान छ । प्रतिवेदनअनुसार सूचना र सञ्चार सेवा क्षेत्र पनि सुदृढ हुँदै छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा यो क्षेत्रको निर्यात २९ प्रतिशतले बढेको छ, जुन गत वर्ष ४.९ प्रतिशत मात्र थियो । हालै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन तथा कम्पनी ऐनमा गरिएको संशोधनले नेपालको सूचना प्रविधि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीलाई खुला गरिएको छ, जसले थप वृद्धिलाई टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

गत जेठ १५ मा चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउँदै तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशतको आर्थिक वृद्धिदर यस वर्ष हुने लक्ष्य राखेका थिए । महत्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्यसहित ल्याइएको बजेट भने उनले कार्यान्वयन नै गर्न पाएनन् ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top