×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

विश्व हल्लाउने ट्रम्पको ट्यारिफको रहस्य

२६ चैत्र २०८१

२६ चैत , काठमाण्डौ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दिनहुँको सरप्राइजिंग, आक्रामक र विस्फोटक ट्यारिफले विश्व हायलकायल बनेको छ । पछिल्लो पटक देशहरुलाई छानी छानी जुन प्रकारले ट्रंपले करहरु बढाएका छन्, खासगरी चीनलाई उनले टार्गेट गरेका छन् । यसले ट्रेड वार त सुरु भइनै सक्यो ।

यसभित्र लुकेका उद्येश्यहरुमा पनि अहिले टिकाटिप्पणी भइरहेका छन् । चीनबाट आयात हुने सामानमा आजदेखि ट्रम्पले १०४ प्रतिशतसम्म ट्यारिफ लगाएका छन् । अमेरिकी राष्ट्रपतिले यसलाई आफ्नो ‘अमेरिका फस्र्ट’ नीतिको हिस्सा भएको बताएका छन् ।

ट्रंपको दाबी छ कि यसले अमेरिकालाई हरेक दिन अर्बौ डलरको फाइदा भइरहेको छ । तर यस नीति पछाडीको विचार कहाँबाट आयो र यसको कस्तो प्रभाव हुनसक्छ यसबारे आज हामी चर्चा गर्दछौं ।

ट्रंपले सोमवार घोषणा गरेका थिए कि यदी चीनले मंगलवारसम्म अमेरिकी सामानहरुमा आफ्नो जवाफी ट्यारिफ हटाएन भने बुधवारदेखि चीनबाट आउने सबै सामानहरुमा १०४% ट्यारिफ लाग्नेछ । यो कदम आजबाट लागू भएको छ, जसका कारण दुवै देशबीच व्यापार युद्ध थप गहिरो बनेको छ ।

अमेरिकी राष्ट्रपतिले मंगलवार व्हाइट हाउसमा भने कि नयाँ ट्यारिफले उनको देशलाई हरेक दिन २ अर्ब डलरको आय भइरहेको छ । यद्यपि, उनले यसका लागि विस्तृत आंकडा भने पेश गरेनन् तर दाबी गरेक कि यो राशिले अमेरिकी उद्योगहरुलाई बलियो बनाउन सहयोग गर्नेछ ।

यस्तै यो ट्यारिफ नीतिका पछाडी ट्रंपका सल्लाहकार पीटर नभारोको ठूलो हात रहेको मानिन्छ । नभारो जनवरी २०२५ देखि ट्रंपको वरिष्ठ व्यापार सल्लाहकार रहेका छन् । उनले एक किताब ‘डेथ बाई चाइना’ लेखेका छन् ।

नभारोले आफ्नो किताबमा एक काल्पनिक अर्थशास्त्री ‘रन भारा’ को चर्चा गरेका छन् जसलाई उनले चीन विरोधी नीतिहरुको समर्थनमा उद्धृत गरेका छन् । वरिष्ठ अमेरिकी पत्रकार रचेल म्याडोले आफ्नो एक शोमा खुलासा गरे कि ‘रन भारा’ असलमा नभारोकै एक काल्पनिक नाम हो, जो उनको उपनाम ‘नभारो’ को एनाग्राम अर्थात उल्टो रहेको छ ।

म्याडोका अनुसार, ट्रंपको ट्यारिफ नीतिको शुरुआत एक ‘फर्जी मेमो’ बाट भयो, जसलाई कथितरुपमा ‘रन भारा’ले लेखेका थिए । यो मेमोमा भनिएको थियो कि ट्रंपले ‘ट्यारिफको सवारी गरेर जीत हासिल गर्न सक्छन्’ । नभारोले पछि यसलाई ‘ठट्टा तरीका’ भनेका थिए ।

नभारोले लामो समयदेखि चीनलाई आर्थिक खतराका रुपमा हेर्दै आएका छन् । जुन उनको किताब ‘डेथ बाई चाइना’ मा ‘रन भारा’ लाई उदृत गर्दै उनले भनेका छन् कि केवल चीनले नै सोफालाई तेजाब, झुलुंगोलाई हतियार र ब्याटरीलाई शस्त्र बनाउन सक्छ’ । उ

नै नभारोको सल्लाहमा चलेका ट्रंपले ट्यारिफलाई अब ‘विस्फोटक’ समेत भन्न थालेका छन् । तर यो जरूरी रहेको उनको भनाइ छ । यसले अमेरिकी उद्योग पुनर्जन्म हुने र थप बढ्ने उनको भनाइ छ । यद्यपि, विशेषज्ञहरुले भने लामो समयसम्म अहिलेको ट्यारिफ रहँदा वैश्विक मंदीको खतरा बढ्ने बताएका छन् ।

यता चीनमाथि लगाएको १०४ प्रतिशतको कर केबल व्यापारको मुद्दा मात्रै होइन यसभित्र धेरै कुरा लुकेको भन्दै विश्लेषकहरुले चर्चा गर्न थालेका छन् । यसमा ट्रंपकै बयानहरु हेर्दा पनि केही कुराको संकेत देखिन्छ ।

उनले स्पष्टरुपमै भन्ने गरेका छन् कि उनको वास्तविक चिन्ता चीनको बढ्दो सैन्य शक्तिलाई लिएर छ । अर्कातर्फ चर्चित एक अमेरिकी अर्थशास्त्री जेफरी स्याक्सले हालै भनेका थिए कि अमेरिका हर हालमा विश्वको नंबर वान रहि रहन चाहान्छ । तर चीनले यो सोचलाई चुनौती दिएको छ ।

उनले चेतावनी पनि दिएका छन् कि यदी भारत पनि अगाडि बढ्छ भने त अमेरिका उविरुद्ध पनि खडा हुनेछ । यसलाई अलि स्पष्टसंग बुझ्नका लागि सोमबार ट्रंपले इजरायली प्रधानमंत्री बेंजामिन नेतन्याहूका अघि एक ठूलै बयान दिएका छन् । त्यो पहिला हेरौं ।

उनले भनेका थिए कि म चाहान्न कि चीनले अमेरिकासंगको व्यापारबाट कमाएको ५००–६०० अर्ब डलरलाई आफ्नो सेनामा खर्च गरोस् । उनी अगाडि भने चीनले अहिले यस्तो गरिरहेको छ र यो वैश्विक स्थिरताका लागि खतरा हो ।

उसले निकै पैसा खर्च गरिरहेको छ । मैले राष्ट्रपति शीसंग भनेको थिए कि यो पैसा सेनामा कहिले पनि प्रयोग गरिनुहुन्न । ट्रंपको भनाई छ कि चीनले व्यापारिक फाइदा उसको सेनालाई बलियो बनाउनका लागि गरिरहेको छ, जुन अमेरिकालाई स्वीकार्य छैन ।

ट्रंपले चीनविरुद्ध १०४% ट्यारिफको हतियार पनि यसैका लागि उठाएका हुन् । उनको यो फैसला चीनको सैन्य शक्तिमा लगाम लगाउनका लागि आएको बुझ्न सकिन्छ । यसैपनि ट्रम्पले बारम्बार चीनसहित रुसलाई पनि आफ्नो सैन्य खर्च घटाउन दबाव दिदै आएका छन् ।

जसमा चीनले पहिला अमेरिकाले नै त्यसो गरेर नेतृत्वदायी भूमिका देखाउनु पर्ने जवाफ दिइसकेको छ । यसैबीच ट्रम्पले अमेरिकाले अब विदेशबाट आयात गरिने औषधि (फार्मास्युटिकल)मा आयात कर लगाउने घोषणा गरेपछि भारतलाई समेट झट्का लागेको छ ।

राजधानी वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले विदेशी कम्पनीलाई औषधि उद्योग अमेरिकामै खोल्न बाध्य पार्ने उद्देश्य राखिएको बताएका छन् । “हामीले यस विषयमा एक आवश्यक कदम चाल्न लागेका छौँ ।

जब हामी औषधिमा आयात कर लगाउँछौँ, अमेरिका संसारकै ठूलो बजार भएकाले विदेशी कम्पनी अमेरिकामै औषधि उद्योग स्थापना गर्न फर्किनेछन्,” ट्रम्पले भनेका छन् । ट्रम्पका अनुसार, आयात करले औषधि कम्पनीलाई एक प्रकारको दबाब सिर्जना गर्नेछ ।

परिणामस्वरूप ती कम्पनीले चीनजस्ता देशबाट आफ्नो उद्योग सारेर अमेरिकामा स्थापना गर्नेछन् । ट्रम्पले गत हप्ता आयात कर घोषणा गर्दा औषधि उद्योगलाई छुट दिएका थिए। तर, उनले पहिले नै औषधिमा पनि छुट्टै आयात कर लगाउने बताउँदै आएका थिए ।

संसारमा सबैभन्दा धेरै औषधि चीन, भारत र युरोपमा उत्पादन हुन्छ । यस निर्णयबाट भारतको फार्मास्युटिकल उद्योगमा ठूलो प्रभाव पर्न सक्ने बताइएको छ । ट्रम्पको ट्यारिफ नीतिले अमेरिकाको ‘अमेरिका फस्र्ट’ दृष्टिकोणलाई प्राथमितामा राखेको छ।

तर यसका प्रभावहरू विश्वव्यापी छन्। एकातर्फ, यसले अमेरिकाको घरेलु उद्योग फस्टाउने अपेक्षा राखिएको छ भने अर्कोतर्फ विश्व अर्थतन्त्रमा अनिश्चितता र अस्थिरता बढाउने खतरा पनि उत्तिकै छ। चीनसँगको व्यापार युद्ध केवल व्यापारमै सीमित छैन, अब यो शक्ति सन्तुलन र भू–राजनीतिक प्रतिस्पर्धाको अभिन्न हिस्सा बन्दै गएको छ।

औषधि जस्ता जीवनका संवेदनशील क्षेत्रलाई समेत ट्यारिफको कठघरामा ल्याउनु ट्रम्प प्रशासनको सबैभन्दा कठोर नीति मानिएको छ । ट्रम्पको ट्यारिफ युद्धले के कसलाई कति लाभ र हानि गर्छ भन्ने समयले बताउनेछ, तर यथार्थ यति मात्र हो, विश्व व्यापारको लय एकपटक फेरि धर्मराएको छ ,जसको कम्पन हरेक देशले महसुस गर्दैछन् । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top