×

NEPAL TIMES UPDATES

Playing
रास्वपाले संसद्मा कसरी सुरक्षित बनायो सभापतिलाई?|| Nepal Times
May 12, 2026
Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026
Playing
एसईईमा ६५.९८ प्रतिशत ग्रेडेड,कति विद्यार्थीले कुन जीपीए ल्याए ? असारमा पूरक || Nepal Times
May 12, 2026
Playing
स्कटल्यान्डविरुद्ध आज जित लक्ष्यमा नेपाल || Nepal Times
May 12, 2026
Playing
ट्रेड युनियन र विद्यार्थी संगठन खारेज नहुने,न्यायाशीश विभाजित|| Nepal Times
May 11, 2026
Playing
नीति तथा कार्यक्रममा के आए नयाँ विषय? पानी ब्रान्डिङ, एआईदेखि रेलसम्म || Nepal Times
May 11, 2026
Playing
बालेन एक्सन लिने अनि रवि काँध थाप्ने|| Nepal Times
May 11, 2026
Playing
सुकुम्बासी र सहकारीपीडितका लागि सरकारको नीति कस्तो ?|| Nepal Times
May 11, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-28-2083 || Nepal Times
May 11, 2026

उर्जामन्त्रीका लागि हितेन्द्र ‘एसियाकै उत्कृष्ट इन्जिनियर’

२६ चैत्र २०८१

२६ चैत , काठमाण्डौ।

कुलमान घिसिङलाई हटाएर आफैले रोजेको पात्रलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख बनाएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का पुलकित भएका छन् । कुलमान प्राधिकरणमा हुँदासम्म अब फेरि लोडसेडिंग हुने ठोकुवा गरेका उनी अहिले हितेन्द्र आएपछि भने उर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताउन थालेका छन् ।

Advertisement
Advertisement

साथै उनले नयाँ प्रवन्ध निर्देशकको प्रशंसामा लामै पुल बाँधिरहेका छन् । आज पनि एक कार्यक्रममा उर्जामन्त्रीले शाक्य एसियाकै उत्कृष्ट इन्जिनियर रहेको भन्दै प्रशंसा गरेका छन्। यस्तै उनले अब देशले उर्जाविकासमा थप उचाईमा पुग्ने पनि बताएका छन् ।

सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्दै उनले १० वर्षभित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले कामहरु अघि बढाइरहेको बताए । दुई ठूला छिमेकी देशहरुसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको उर्जा क्षेत्रको विकास गर्ने खड्काले बताए ।

पछिल्लो समय जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै मन्त्री खड्काले खुशी व्यक्त गरे । विद्युत क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महशुस गरेर सबैले लगानी बढाइरहेको उनको भनाइ छ ।

अहिले उर्जा क्षेत्रले छिमेकीहरुको बीचमा सम्बन्ध प्रगाढ बनाएको उनले बताए । १० वर्षभित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहे पनि जलस्रोतको भरपूर प्रयोग गर्न नेपालले चाहेको बताए ।

‘उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने विश्वासका साथ अहिले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राख्दै गर्दा हाम्रा छिमेकी मित्रहरु चीन, भारत जस्ता देशहरुले दुई ठूला मुलुकहरु हुन्, आर्थिक हिसावले सम्पन्न मुलुकहरुले हामीलाई पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छु ।

हामी सँगसँगै यहाँहरुसँग हिँड्न चाहन्छौँ,’ उनले भने, ‘ दुई वटा छिमेकी मुलुकहरु भन्दा पर नबसिकन कदममा कदम मिलाएर हिँड्न नेपाल चाहन्छ । १० वर्ष पहिला यस क्षेत्रमा धेरै लगानी गर्न इच्छुक नहुने परिस्थित थियो । वित्तीय क्षेत्रहरु पनि आँट गरेर अघि बढ्न नसकेको स्थिति थियो ।

१० वर्ष यता अत्यन्त ठूलो शाहसका साथ यस क्षेत्रको विकासले मात्रै आर्थिक समृद्धि आउँछ भन्ने कुरा सबैले महशुस गरेर ठूला लगानी यस क्षेत्रमा आउन थालेका छन् । छिमेकी राष्ट्रहरुको पनि सहयोग मिल्न थालेको छ, यो गर्वको विषय हो ।’

मन्त्री खड्काले नागरिकको घरमा लोडसेडिङ नहुने बताए । विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यत्ति राम्रो नरहेको भए पनि प्रचुर मात्रामा सुधार गर्नसक्ने ठाउँहरु रहेको उनको भनाइ छ । एशियाकै उत्कृष्ट दक्ष इन्जिनियर विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेको भन्दै उनले हितेन्द्र देव शाक्यको प्रशंसा गरे ।

आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिइ शाक्यले जलविद्युत क्षेत्रको विकास गर्ने मन्त्री खड्काको विश्वास छ । उर्जामन्त्री र प्राधिकरण प्रमुखबीच यस प्रकारको ट्युनिंग मिलिरहँदा यसैबीच ऊर्जाविज्ञ प्रवल अधिकारीले भने पदबाट राजीनामा दिएका छन् ।

अधिकारीले मंगलबार आफ्नो पदबाट राजीनामाका दिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञका रूपमा नियुक्त भएका अधिकारीले ऊर्जामन्त्री दीपक खड्काको कार्यको चित्त नबुझेको भन्दै राजीनामा दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणबाट उपकार्यकारी निर्देशक अवकाश भएका अधिकारी भदौदेखि मन्त्रालयको ऊर्जा विज्ञको रूपमा कार्यरत थिए । मन्त्रालय विशिष्ट श्रेणीको पद सिर्जना गर्दै उनलाई ऊर्जाविज्ञमा नियुक्ति दिएको थियो ।

उनले कुलमानको बर्खास्ती पछि आफ्नो पालो आउने विश्वास लिएका थिए । उर्जामन्त्रीबाट पनि सोही बमोजिमको आश्वासन पाएका थिए । तर उनका आशा निराशामा बदलिएपछि अन्ततः पदबाट राजीनामा दिएका हुन् ।

यता कुलमान घिसिङलाई गरिएको बर्खास्तीविरुद्ध भने अझै पनि आन्दोलन जारी छ । नागरिक समाजका अगुवा डा. गणेश योञ्जनको नेतृत्वमा कुलमान बर्खास्तीविरुद्धको आन्दोलन भइरहेको छ । उनीहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका थिए ।

Advertisement
Advertisement

आन्दोलनका थप कार्यक्रमबारे यसै साता पत्रकार सम्मेलन गरेर जानकारी दिने उनीहरूको तयारी छ । राजनीतिक प्रतिशोधमा ११ चैतमा सरकारले कुलमानलाई बर्खास्ती गरेपछि समर्थक आन्दोलनमा उत्रेका हुन् ।

भर्खरको समाचार

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

सम्बन्धित खबरहरु

Scroll to Top